2024 April 27/ 12:55: 51am

    धुलिखेल/राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्र्तगत काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङ्गका १४ सय ६१ विद्यालयमा हात्तीपाईले रोगको परीक्षण शुरु भएको छ । काभ्रेका २७ विद्यालयमा अध्ययन गर्ने कक्षा १ र २ का विद्यार्थीहरुमा हात्तीपाईले रोगको परीक्षण गर्न शुरु गरिएको छ ।
    कक्षा १ र २ मा अध्ययन गर्ने बालबालिकाहरुमा हात्तीपाईले रोगको परीक्षण गरिनेछ । नेपाल सरकारको राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्र्तगत ट्रान्समिसन एसिस्मेन्ट सर्भे (टास) संचालन गरी उक्त रोगको निवारण गरिनेछ । हात्तीपाईले रोगले संसारभरका बहुसंख्यक मानिसहरूमा अण्डकोष सुन्निने, खुट्टा  हात सुन्निने गरेको छ । विश्वमा उक्त रोगले पुरूषहरू २ करोड पचास लाखका अण्डकोष सुन्निएको छ भने १ करोड पचास लाख ब्यक्तिमा खुट्टा तथा हात सुन्निएको छ । तीन प्रजातीका जुका जस्ता परजीवी लामखुट्टेको टोकाईले एक रोगी मानिसवाट निरोगी मानिसमा सर्ने सरुवा रोग हात्तीपाईले हो । हात्तीपाईले रोगको परीक्षणका लागि छनौटमा परेका विद्यालयहरूमा कक्षा १ र २ मा अध्ययन गर्ने विद्यार्थीहरूको शरीरमा रोग भए नभएको एकिन गरिने छ ।
    तीन जिल्लाका १ हजार ४ सय ६१ विद्यालयका ३५ हजार ८ सय ४० विद्यार्थीहरुमा परीक्षण गरिनेछ । ति मध्ये १ हजार ५ सय ५६ जनामा नमुना परीक्षण गरिनेछ । नमुना परीक्षणमा १८ जना भन्दा धेरैमा हात्तीपाईले रोग देखियो भने नेपाललाई हात्तीपाईले निवारण घोषणा अभियानमा धक्का पुग्नेछ । पहिलो र दोश्रो चरणमा तोकिए भन्दा कम ब्यक्तिमा हात्तीपाईले देखाप¥यो । पहिलो चरणमा भन्दा दोश्रो चरणमा कम ब्यक्तिमा देखा प¥यो भने तेश्रो चरणको परीक्षण पछि अभियान अन्र्तगत हात्तीपाईले रोग निवारण भएको घोषणा हुनेछ ।
    राष्ट्रिय अभियानको अन्तिम चरणको परीक्षण जिल्लाका २७ विद्यालयमा शुरु भएको छ । काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङ्गलाई एउटा क्लस्टरमा राखेर सन् २०१५ देखि नमुना परीक्षण भईरहेको छ । सन् २०१५ मा गरिएको पहिलो चरणको परीक्षणमा १४ जनालाई हात्तिपाईले रोग देखा परेको थियो । कक्षा १ र २ मा अध्ययन गर्ने बालबालिकाहरुलाई परीक्षण गरिएको उक्त परीक्षणमा हात्तिपाईले देखिएका बालबालिकाहरुलाई तत्काल उपचार गरिएको थियो । मापदण्ड अनुसार १८ जना भन्दा धेरै बालबालिकाहरुमा उक्त रोग देखा परेको अवस्थामा हात्तिपाईले निवारण जिल्ला घोषणा गर्न मिल्दैन । तेश्रो चरणसम्म नियमित परीक्षण गर्दा तीनवटा जिल्लाका १ हजार ५ सय जना बालबालिकाहरुमा यो परीक्षण गरिएको छ । पहिलो चरणमा गरिएको परीक्षण दोश्रो चरणमा गरिदैन । तीन चरणमा फरक फरक बालबालिकाहरुमा गरिएको परीक्षणबाट हात्तिपाईले रोगको नमुना संकलन गरिन्छ । दोश्रो चरणमा परीक्षण गरिएका बालबालिकाहरु मध्ये तीन जिल्लामा गरिएको सर्बेक्षणमा ७ जनामा मात्रै हात्तिपाईले देखा परेको थियो । तेश्रो चरणमा देखिएका आधारमा जिल्लालाई हात्तिपाईले निवारणको जिल्ला घोषणा गर्न सकिन्छ । हात्तिपाईले रोग लागेपछि निको हुँदैन । त्यसबाट शरीरका अन्य अंगहरु क्षति हुन नदिन अपनाउनु पर्ने सुरक्षा विधी र रोग लाग्नै नदिन गर्ने रोकथामका उपायका बारेमा जानकारी गराउनु पर्ने सरोकारवालाहरुले बताएका छन् । जिल्लाका अधिकांश स्थानीय तहका विद्यालयका बालबालिकाहरुमा उक्त परीक्षण भईरहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नन्दराज अवस्थीले बताए ।