2024 April 26/ 05:12: 25am

    धुलिखेल/नेकपा माओवादी विप्लप समुहका नेता  यादव ढुंगेल ‘जमिन’लाई सशस्त्र युद्धको मुद्दा लगाईएको छ । सरकारले विप्लव समुहका गतिविधिहरुमा प्रतिवन्ध लगाएसँगै पक्राउ परेका नेता कार्यकर्ताहरु अदालतको आदेशमा छुट्न थालेपछि प्रहरीले पुरानै मुद्दाहरुको पुनरावलोकन गरेको हो ।
    चौरीदेउराली गाउँपालिका माझिफेदा घर भएका यादव ढुंगेल२०५७ साल देखि सशस्त्र युद्धमा सहभागि भई भुमिगत भएका थिए । सशस्त्र युद्धमा उनले कम्पनीको भाईस कमाण्डर हुँदै कमाण्डर समेतको भूमिका निभाएका थिए । केहि समय निश्क्रिय रहेका ढु्ंगेल पुनः क्रान्तिकारी धार समातेको नेकपा माओवादी नेत्र विक्रम चन्द समुहको विप्लव माओवादीमा आवद्ध भएका थिए । पछिल्लो समय उनि रामेछाप जिल्लाको इन्चार्ज भई कार्य गरिरहेका थिए । सोहि क्रममा उनलाई २०७५ चैत्र १५ गते भक्तपुरको सुर्यविनायकबाट साँझ पक्राउ गरी भक्तपुर जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो । २४ दिन भक्तपुर राखिएका ढुंगेललाई २ हजार धरौटीमा छाड्ने आदेश भए सँगै उपचारका लागि लैजाने भन्दै २०७६ बैशाख ८ गते रामेछाप जिल्ला प्रहरी कार्यालयमा पु¥याईयो । रामेछाप जिल्ला प्रहरी कार्यालयमा पनि पुनः २४ दिन हिरासतमा राखियो । उनी शारिरीक रुपमा अस्वस्थ पनि थिए । रामेछाप जिल्ला अदालतले ढुंगेललालई १ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो ।
    रामेछापको २४ दिनको बसाई पछि उनलाई पुनः सिन्धुली जिल्ला पु¥याईयो । २०७६ साल जेष्ठ १ गते सिन्धुली ल्याए सँगै जेष्ठ २ गते ढुंगेललाई सुनसरी जिल्ला कार्यालय धरान पु¥याईएको छ । धराानमा ढुंगेल विरुद्ध २०५८ सालमा  दर्ता भएको हातहतियार तथा खरखजना सम्वन्धी मुद्दा दर्ता गरिएको छ । शशस्त्र युद्धमा उनलाई त्यहि मुद्दा लगाईएको थियो । विप्लव समुहका नाममा उनले गरेका अभियानमा पुष्टि हुन नसकेपछि प्रहरीले शशस्त्र युद्धकै मुद्दाको पुनरावृत्ति गरेको हो । विप्लव समुहका नेताहरुले तत्काल ढुंङ्गेल लगायतका नेताहरुलाई विना शर्त छाड्न माग गरेको छ । युद्धकै मुद्दा ब्यँुत्याएर आफ्ना नेता कार्यकर्ताहरुलाई दुख दिएको भन्दै विप्लव समुहका नेता कार्यकर्ताहरुले आपत्ति जनाएका छन् । कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेपछि विप्लव समुहले रणनीति परिवर्तन गरेको छ । विद्यालय तथा गाउँ र नगर क्षेत्रमा कमिटीहरु निर्माण गर्ने, निर्माण गरिएका कमिटीहरु गोप्य रुपले परिचालन गर्ने, पक्राउ परेका नेता कार्यकर्ताहरुको जिम्मेवारी हस्तान्तरण गर्ने र तालिम तथा प्रशिक्षण दिने कार्य गरिरहेको छ । पार्टी संगठन चलाउन स्थानीय सरकारका प्रतिनिधिहरु तथा उपभोक्ता समितिहरु र शिक्षकहरुसँग चन्दा उठाउने अभियान पनि तिब्र बनाईएको छ ।