2019 June 27/ 04:37: 14pm

    धुलिखेल/३२ किलोमिटर सडक निर्माण गर्न ८ करोड ९६ लाख २३ हजार ४ सय १८ रुपैयाँ मुआब्जा भुक्तानी भएको छ । उक्त सडकका लागि १४ करोड ६८ लाख २२ हजार ३ सय ६ रुपैयाँ मुआब्जा उपलब्ध गराउनु पर्नेछ ।
    भुकम्प पछि पुनर्निर्माण गरिएका दुई सडकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई धुलिखेल मार्फत जिल्लाको खोपासी–च्याम्राङ्गबेसी–मिल्चे, बोराङ्ग सडक १४ किलोमिटर ५५ मिटर र कुन्ताबेसी–नयाँगाउँ–नगरकोट सडक साँढे १७ किलोमिटरमा पर्ने ब्यक्तिको जग्गाको मुआब्जा भुक्तानी गरेको छ । खोपासी–च्याम्राङ्गबेसी–मिल्चे, बोराङ्ग सडकमा पर्ने बेथान्चोक गाउँपालिकाको १ सय ७३ कित्ताको नयाँ सडकमा पर्न आउने २८ हजार २ सय ३४ बर्ग मिटर क्षेत्रफलको १ करोड ५७ लाख ६२ हजार २ सय ८ रुपैयाँ भुक्तानी गरिएको छ । सोहि क्षेत्रमा बैंकमा धितो रहेको १२ कित्ता, सम्पर्कमा नआएका ५१ कित्ता, जग्गा धनी मृत्यु भएका ४ कित्ता, कानुनी प्रकृयाले रोक्का रहेका ४ कित्ता, जग्गा धनी विदेशमा रहेका ३ कित्ता, मालपोत÷नापीमा प्रकृयामा रहेका ११ कित्ता, जग्गा धनी पहिचान हुन नसकेका २८ कित्ता, निवेदन प्राप्त भएका ९ कित्ता समेत गरी २ सय ९५ कित्ताको २ करोड ३२ लाख ८३ हजार ५ सय ८१ रुपैया मुआब्जा दिनुपर्ने तय भएको थियो । सडकमा नपरेका ८ वटा कित्ताको २ लाख ४३ हजार रुपैयाँ मुआब्जा तय गरिएको थियो । उक्त सडक निर्माणका लागि लुम्बिनी–कोशी र न्यौपाने जेभीले सम्झौता गरेको थियो । २०१७ जनवरी ११ मा शुरु भएको उक्त सडक निर्माण कार्य २०१८ जुलाई ४ मा सम्पन्न गर्ने सम्झौता अनुसार निर्माण सम्पन्न भए पनि वर्षातका कारण गएको पहिरोले सडक निर्माण कार्य अधुरै रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली धुलिखेलमा आएको कार्यक्रममा उक्त सडक हस्तान्तरण गरिए पनि निर्माणको कार्य अझै जारी छ । २३ करोड ७१ लाख ३० हजार ४ सय २१ रुपैयाँमा उक्त सडक निर्माण भएको हो ।
    त्यस्तै कुन्ताबेसी–नयाँगाउँ–नगरकोट सडकको १७ किलोमिटर ५ सय मिटरका लागि ५ सय कित्तामा मुआब्जा वितरण गर्नुपर्नेमा २ सय ३ कित्ताको मात्रै भुक्तानी भएको छ । १२ करोड ३५ लाख ३८ हजार ७ सय २५ रुपैयाँ मुआब्जा वितरण गर्नुपर्ने उक्त सडक खण्डमा ७ करोड ३८ लाख ६१ हजार २ सय १० रुपैयाँ भुक्तानी भएको छ । जिल्लाका दुई नमुना सडकले भुकम्प पछि मुआब्जा प्राप्त गरी सडक फराकिलो बन्ने काम भएको छ । यसअघि राष्ट्रिय राजमार्ग सिन्धुली बर्दिवास, अरनिको लगायतका अन्य केहि सडकमा सरकारले मुआब्जा उपलब्ध गराएको थियो । उक्त सडकमा रहेका ५ सय कित्ता मध्ये ५ वटा कित्ता बैंकमा धितो रहेको छ । जसको मुल्य २८ लाख ४८ हजार ९ सय ६५ रुपैया रहेको छ । त्यस्तै सम्पर्कमा नआएका कित्ताहरु १ सय ८ वटा छन् । जसको मुल्य १ करोड ८१ लाख ३ हजार ८ सय ६५ रुपैयाँ रहेको छ । ८ वटा कित्ताका जग्गा धनीहरुको मृत्यु भएका कारण मुआब्जा रोकिएको छ भने कानुनी प्रकृयामा रोक्का रहेका १ वटा कित्ता छ । जग्गाधनी विदेशमा रहेका कारण ३ वटा कित्ता, मालपोत÷नापीमा प्रकृयामा रहेका ८४ कित्ता, जग्गा धनि पहिचान नै हुन नसकेका ५७ कित्ता र पुर्जा निर्माण प्रकृयामा रहेका १४ कित्ता छन् । निवेदन प्राप्त भएका १७ कित्ता र सडकमा नपरेका ४ वटा कित्ता छन् । उक्त सडक निर्माण कार्य भईरहेको छ तर पनि निर्माण कार्य सम्पन्न भएको छैन ।
    त्यस्तै मुआब्जा उपलब्ध गराउनु नपर्ने हिंगुवापाटी–ज्याम्दी–दोलालघाट सडक निर्माण कार्य भईरहेको छ । झण्डै २० किलोमिटर सडक निर्माणका लागि खरिढुंगा÷ब्राईट जे.भी कम्पनीले जिम्मेवारी प्राप्त गरेको छ । २०७५ जेष्ठ २१ गते निर्माण कार्य शुरु भएको उक्त सडक २०७६ मंसिर २० गते हस्तान्तरण गरिसक्नु पर्नेछ । २१ करोड ३२ लाख ४५ हजार रुपैयाँ खर्च हुने उक्त सडकको निर्माण कार्य ५० प्रतिशत सकिएको छ ।