2019 May 23/ 06:23: 39am

    बनेपा/‘सुखी काभ्रेली, समृद्ध काभ्रे’ अभियानमा जुटेको नेकपा नेतृत्वको सरकारले जिल्लामा संचालन गरेका आयोजना तथा भावी योजनाका सन्दर्भमा काभ्रे उद्योग बाणिज्य संघले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा जानकारी गराईएको छ । 
    ‘निर्वाचन अघि उम्मेदवारसँग प्रतिवद्धता लिएका थियौं, निर्वाचित भई मन्त्री समेत भएपछि जिल्लाका लागि के के योजनाहरु संचालन हुन सके ? आगामी दिनमा के के योजना संचालन हुन्छन् र काभ्रे समृद्ध बनाउन सकिन्छ ? भन्ने उदेश्यले अन्तक्र्रिया राखेका हौं’–नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य एवं काभ्रे उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुरकृष्ण बैद्यले भने–‘उद्योगी ब्यवसायी सरकारले लिएका नीति र विकासको जग राख्न शुरु गरेको अभियानमा सहकार्य गर्न तयार रहेका छौं ।’ सरकारले भर्खरै सम्पन्न गरेको लगानी सम्मेलनमा जिल्लाका ८ वटा महत्वपूर्ण आयोजनाहरु समावेश भएकाले त्यसको सफल कार्यान्वयनका लागि उद्योग बाणिज्य संघ सहकार्य गर्न तयार रहेको अध्यक्ष प्रकाश मानन्धरले बताए । बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले उद्योग बाणिज्य संघ तथा सरकारका अन्य निकाय र स्थानीय संघ संस्थाहरुसँगको सहकार्यमा बनेपालाई समृद्ध नगर बनाउने अभियानमा निरन्तर कृयाशिल भएको बताए । फोहोरमैला ब्यवस्थापन, खानेपानी तथा अन्य भौतिक पुर्वाधारसँगै मुलुकले लिएको समृद्ध अभियानलाई सफल बनाउन आवश्यक कार्य गरिरहेको नगर प्रमुख बादेले बताए । 
    अन्तक्र्रिया कार्यक्रममा जिल्लाबाट देशकै दोश्रो लोकप्रिय मत प्राप्त गरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद गोकुल बास्कोटा संचार तथा सूचना प्रविधि राज्य मन्त्री हूँदै मन्त्री, नेकपाको केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज भए सँगै जिल्लाको पहुँच राष्ट्रिय स्तरमा पुगेकाले विकासका सम्भावनाहरुको ढोका खोल्न सबै क्षेत्रको साथ र सहयोग रहने काभ्रे उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष कृष्ष्णगोपाल भैलले बताए । ‘श्रोतको धनी काभ्रेपलाञ्चोक जिल्लामा मेघा प्रोजेक्ट संचालन गर्नुप¥यो’–भैलले भने–‘अरनिको राजमार्ग कोदारीसम्मको संचालन र फराकिलो बनाउने अभियान तिब्र हुनुप¥यो ।’ मन्त्री बास्कोटाको प्रमुख आतिथ्यतामा आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा उद्योगी ब्यवसायीले जिल्लामा ब्यहोर्नु परेका कर, नाप तौलका समस्या तथा पार्किङ्ग, उद्योग स्थापनाका लागि लगानी मैत्री वातावरण, जग्गा प्राप्ती ऐनको कार्यान्वयन जस्ता विषयमा ध्यान दिन अनुरोध गरेका थिए । 

मन्त्री बास्कोटाले के भने ? 
    संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उद्योग बाणिज्य संघ काभ्रेले उठाएका समस्याहरु समधानका लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे । ‘सम्भावनाका लागि हामी प्यासी छौं’–मन्त्री बास्कोटाले भने–‘लगानी सम्मेलनमा निजी क्षेत्रबाट २७ र सरकारी स्तरबाट ५० गरी ७७ आयोजना पेश गरेकोमा जिल्लामा ८ वटा आयोजनाका लागि लगानी गर्ने प्रतिवद्धता ब्यक्त भएको छ ।’ पुँजी र प्रविधि भित्र्याउन लगानी सम्मेलन आयोजना गरिएको बताउँदै मन्त्री बास्कोटाले ३० खर्बका अपेक्षा गरेकोमा झण्डै झण्डै लक्ष्य नजिक पुगेको जानकारी गराए । 
    जिल्लाको महत्वपूर्ण आयोजना सुनकोशी तेश्रो ५३६ मेगावाटका लागि १ खर्ब १० अर्ब रुपैयाको लगानी प्रस्ताव दर्ता भएको छ । उक्त आयोजनालाई बढाएर थप ३ सय मेघावाट थप्न सकिनेछ । पर्यटन पूर्वाधार, ताल निर्माण र मण्डन तथा पाँचखालका कृषकहरुका लागि सोहि योजनाबाट सिंचाई समेत गर्न सकिने महत्वपुर्ण आयोजना जिल्लाले प्राप्त गरेको मन्त्री बास्कोटाले बताए । 
    कृषिसँग सम्वन्धित रिसर्च गर्ने र जिल्लाको कृषिलाई ब्यवसायिकरण, प्रविधिकरण गरी मुलुकमै नमुना बनाउने उद्देश्यले ५ अर्ब लगानी प्रस्ताव गरिएको छ । बनेपाको नाला क्षेत्रमा उक्त आयोजना कार्यान्वयन हुनेछ । 
    निजी क्षेत्रले बनेपाको अपाङ्ग अस्पताल आसपासमा बुटिक होटल निर्माणको प्रस्ताव गरेको छ । अन्र्तराष्ट्रिय स्तरको उक्त होटल निर्माण पछि पर्यटन क्षेत्रमा थप आयाम थपिनेछ ।
    धुलिखेल क्षेत्रमा फोहोर मैला ब्यवस्थापनका लागि ६ अर्ब लगानी प्रस्ताव गरिएको छ । जसका लागि बनेपा, पनौती, धुलिखेल, पाँचखाल र नमोबुद्ध नगरपालिकाको फोहोर सकंलन गरी फोहोरबाट विविधिकरण गरिनेछ । इनर्जी, मल तथा फोहोरको ब्यवस्थापनबाट नगरपालिकाहरुलाई थप वातावरण मैत्री बनाउन सहयोग पुग्नेछ । 
    काभ्रेपलाञ्चोक जिल्लालाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन अध्ययन, अनुसन्धान र उपचारमा सहयोग पु¥याउने उदेश्यले धुलिखेल मेडिसिटी निर्माण गरिने भएको छ । जसका लागि ७ अर्ब लगानी प्रस्ताव गरिएको छ । विकासका हिसाबले नगरपालिका र गाउँपालिका समेतको एकिकृत विकास उपमहानगरपालिकाको अभ्यासका रुपमा लिनुपर्ने मन्त्री बास्कोटाले बताए । 
    आईटी पार्क रहेको क्षेत्रमा थप १३ रोपनी जमिन उद्योग मन्त्रालयसँगको समझादारीमा थप गर्दै सेक्युरिटी प्रेस स्थापना गरिनेछ । ३० अर्बको उक्त आयोजना ३ वर्षमा सम्पन्न हुनेछ । उक्त कार्यका लागि सम्झौता भईसकेको छ । धुलिखेल पर्यटनका हिसावले अन्य नगर भन्दा अगाडी रहेको छ । होटल, रिसोर्ट र वातावरणका हिसावले धुलिखेललाई पर्यटकीय शहर बनाउन ड्रिम ल्याण्ड प्रोजेक्ट तयार गरिएको छ । जसका लागि लगानी सम्मेलनमा प्रस्ताव गरी लगानीको सुनिश्चित गरिएको छ । धुलिखेलको बर्षाै देखिको उक्त योजनालाई आयोजनाका रुपमा लगानीको वातावरण तयार गरिएको छ । 
    रोशीको पानी संरक्षणका लागि १ अर्ब ७० करोडको रकम विनियोजन गरिएको छ । प्रस्ताव गरिएका मध्ये ५ वटा आयोजनाका लागि अन्र्तराष्ट्रिय लगानीको सुनिश्चित भएको मन्त्री बास्कोटाले बताए । एकद्धार प्रणाली लागु गरेर लगानीलाई सहज बनाईएको छ । सेज निर्माणले गति लिएको छ । पाँचखालमा सेज स्थापना गर्ने भनिए पनि विभिन्न कारण निर्माणले गति लिन नसकेका बेला तत्काल बनमा रहेका मुद्दाहरुको छिनोफोनो गरी चालु आर्थिक वर्ष भित्रै खर्च गर्ने गरी २० करोड रकम विनियोजन गरिएको मन्त्री बास्कोटाले बताए । 
    पाँचखाल र मण्डनका लागि इन्द्रावती खोलाबाट सिंचाईको ब्यवस्थापन गर्ने गरी डिपिआर शुरु गरिएको छ । बनेपा नगरपालिकामा करिडोर निर्माणका लागि ३ करोड रकम विनियोजन गरिएको छ । करिडोर बनेपा हुँदै धुलिखेल र पनौतीलाई जोडिनेछ । महाभारत ट्रेल, बौद्ध मार्ग सर्किट, बनेपामा कला केन्द्रको स्थापना लगायतका महत्वपूर्ण योजनाहरु संचालन भईरहेको मन्त्री बास्कोटाले बताए । 
    काभ्रे एकिकृत शहर निर्माणका लागि २५ करोड रकम विनियोजन गरी धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको संयोजकत्वमा समिति गठन गरिएको छ । बनेपा, पनौती, धुलिखेल र बेथान्चोक गाउँपालिका स्मार्ट शहरका लागि योजनाहरु अगाडी बढाईनेछ । त्यस्तै बनेपा, पनौती र धुलिखेल जोड्ने मुख्य आयोजना निर्माणका लागि पनि अलग्गै समिति गठन भएको छ । उक्त समितिको संयोजक पनि धुलिखेलका नगर प्रमुख अशोक ब्याञ्जु छन् । एकिकृत खानेपानी, लाकुरी भन्ज्याङ्ग देखि पनौती नमोबुद्ध हुँदै विपी राजमार्ग जोड्ने सडक निर्माणका लागि रकम विनियोजन गरिएको छ भने मण्डन देउपुर नगरकोट हुँदै काठमाडौ जाने सडकलाई अर्काे महत्वपूर्ण सडकका रुपमा लिईएको छ । 
    पाँचखाल नगरपालिकामा २ अर्ब १४ करोडको खानेपानी आयोजना शुरु गरिएको छ । बनेपामा हिलेजलजलेमा ड्याम निर्माण गरी पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न डिपिआर तयार गरिएको छ । बालबालिकाहरुका लागि खेल्ने पार्क र बनेपामा बसपार्क निर्माणको कार्य अगाडी बढाईने मन्त्री बास्कोटाले बताए । मध्यपहाडी लोकमार्गको निर्माणको कार्यले जिल्लाको सम्भावनालाई थप सहयोग पु¥याएको बताउँदै मन्त्री बास्कोटाले सेवा र शैक्षिक क्षेत्रको लगानीलाई बढाउन उद्योगी ब्यवसायीलाई आग्रह गरे । सम्भावना र चुनौती दुबै भएकाले सहकार्यमै अगाडी बढ्न सके जिल्लाले कोल्टे फेर्ने मन्त्री बास्कोटाले बताए । उद्योगी ब्यवसायीहरु यो अभियानमा सँगै रहन र साथ दिन मन्त्री बास्कोटाले अनुरोध गरे । तस्विर राख्ने

आईटी पार्कमा सेक्युरिटी प्रेस
    जिल्लाकोे आईटी पार्क रहेको स्थानमा कहि जमिन थप गरी केही समय भित्र सुरक्षण मुद्रण (सेक्युरिटी) शुरु हुने भएको छ । सुरक्षण मुद्रणका लागि आवश्यक पूर्वाधार तयार गर्न सरकार प्रारम्भिक काममा व्यस्त छ । 
    पूर्वाधार निर्माण सम्पन्न भएपछि राहदानी, हुलाक टिकट, बैँक नोट, प्रश्न पत्रजस्ता महत्वपूर्ण कागजात छाप्न विदेश जानुपर्ने छैन । यसबाट एकातिर सुरक्षित मुद्रणका लागि पूँजी बाहिरिनुपर्ने बाध्यता समाप्त हुनेछ भने अर्का तिर घरमै अत्यावश्यक सुरक्षण मुद्रण सेवा उपलब्ध हुनेछ । सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा महत्वपूर्ण कागजातको सुरक्षण मुद्रण गर्ने भनी उल्लेख गरे अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र यस मातहतको सुरक्षण मुद्रण विकास समिति (केन्द्र) यसको स्थापना गर्न जुटेका हुन् । पच्चीस वर्ष अघिदेखि बहसमा रहेको सुरक्षण मुद्रण स्थापनाका लागि फ्रान्स सरकारसँगको समझदारीपछि पूर्वाधार निर्माणले गति लिएको हो । सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले फ्रान्स भ्रमणका समयमा सुरक्षण मुद्रण र नेपालको आफ्नै भूउपग्रह स्थापनाका लागि त्यहाँको सरकारले करीब ५० अर्ब रुपैयाँ सहुलियत ऋण सहयोग दिने सहमति गरेर फर्केका थिए । 
    समझदारीअनुसार ती दुई परियोजनाका लागि प्राविधिक र लागत मूल्याङ्कनको काम भइरहेको छ । सोका लागि दुई देशबीचको संयुक्त कार्यदलले काम गरिरहेको छ । सुरक्षण मुद्रणका लागि करीब ३८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । काठमाडौँबाट २८ किलोमिटरको दूरीमा पर्ने २ सय ३५ रोपनी जग्गामा रहेको सूचना प्रविधि पार्क हस्तान्तरणको तयारी भईरहेको छ । सुरक्षण मुद्रण ऐनको मस्यौदा तयार भइरहेको र मुद्रणका लागि चाहिने उपकरण र सामग्री खरीद प्रक्रिया शुरु भएको छ । विदेशी कम्पनीमा भएको खर्च बचत गर्ने र सुरक्षण मुद्रण सम्बन्धी विश्वसनीय सेवा र गुणस्तरीय वस्तु अन्तराष्ट्रिय बजारमा उपलब्ध गराउने लक्ष्य लिइएको छ । हाल सुरक्षण मुद्रणका कामका लागि विभिन्न निकायबाट करीब चार अर्ब रुपैयाँ विदेश गइरहेको अनुमान छ । विकास समिति (गठन) आदेश बमोजिम २०७३ मा स्थापित सुरक्षण मुद्रण विकास समितिमा सञ्चार मन्त्रालयका सचिव अध्यक्ष रहने व्यवस्था छ भने कार्यकारी निर्देशकमा खुला प्रतिस्पर्धाका आधारमा सम्बन्धित क्षेत्रका विज्ञको नियुक्ति भएको छ ।
    परराष्ट्र, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिवस्तरका प्रतिनिधि पनि समितिमा छन् । हाल सिंहदरबारस्थित सञ्चार मन्त्रालयको चौथो तलामा केन्द्रको कार्यालय सञ्चालित छ । सुरक्षित छापाखानाको स्थापना गर्न भवन, यन्त्र, उपकरण, सवारी साधन निर्माण तथा खरीद प्रारम्भ भएको छ । केन्द्रका लागि चालू आर्थिक वर्षमा कूल ६५ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नेपाललाई आत्मनिर्भर बनाई अन्तराष्ट्रिय बजारमा आकर्षण विन्दुका रुपमा सुरक्षण मुद्रण केन्द्रलाई विकास गर्ने सरकारको दूरदृष्टिअनुरुप संयन्त्रले काम थालेको मन्त्री बास्कोटाले बताए । सुरक्षण मुद्रणलाई राष्ट्रिय गौरवको विषयका रुपमा समेत लिइन्छ । समितिलाई सुरक्षण मुद्रणसम्बन्धी नीति योजना, बजेट तथा कार्यक्रम स्वीकृत र भौतिक पूर्वाधार निर्माणका साथै राहदानी र स्मार्ट कार्डको पर्सनलाइजेसन तथा सुरक्षण मुद्रणसम्बन्धी आवश्यक अध्ययन र तालीम प्रशिक्षण पनि सञ्चालन गर्ने जिम्मेवारी दिईएको मन्त्री बास्कोटाले बताए । 
    सुरक्षण मुद्रणसम्बन्धी ऐन आएपछि हाल सरकारी मुद्रणको काम गरिरहेको मुद्रण विभाग केन्द्रमा एकापसमा गाभिनेछ । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता नारायणप्रसाद पौडेलले सुरक्षण मुद्रण स्थापना भएमा नेपाललाई आवश्यक पर्ने बैंक नोट छपाइ स्वदेशमै गर्न सकिने र यसबाट पूँजी पलायन रोकिने बताए । हाल बैंकले ग्लोबल बोलपत्रमार्फत नोट छपाइ गर्दै आएको छ । सरकारकै सुरक्षण मुद्रण स्थापना भएमा विना बोलपत्र त्यस निकायसँग काम गर्न सकिने पौडेलको भनाइ छ । नोट छपाइमा मात्रै वार्षिक करीब एक अर्ब रुपैयाँ विदेशिएको केन्द्रका सूचना अधिकारी शिरीष उपाध्यायले बताए ।

के हो सुरक्षण मुद्रण ?
    भौतिक सुरक्षा र प्रणालीगत सुरक्षासहित मुद्रण कार्यमा अपनाइने सुरक्षण पद्धति विशिष्ट प्रकारको सुरक्षण मुद्रण मानिन्छ । यस प्रणालीमा बैंक नोट, राहदानी, हुलाक टिकटजस्ता अति संवेदनशील छपाइ गर्दा कसैले पनि नक्कल वा चोरी गर्न नसक्ने तथा गोप्यता चुहावट गर्न नसक्ने गरी आन्तरिक सुरक्षा अपनाइएको हुन्छ । यो सामान्य मुद्रणभन्दा फरक हुन्छ ।
    निश्चित  समयसम्मका  लागि  छपाइ सामग्री सुरक्षित वा गोप्य राख्नुपर्ने र उक्त समय पछि छपाइ सामान्य सामग्री बन्ने प्रकृतिका छपाई सामग्री  यस अन्तर्गत  पर्छन् । यस्तो प्रेसका लागि चारैतिर पर्खालले घेरिएको,  काँडेतार  बार  लगाएको,  भित्र  छिर्नेद्वार  एउटा  मात्र  भएको, उक्त द्वारमा इ–गेटसहितको अत्याधुनिक सुरक्षा प्रविधिजडित भवन आवश्यक पर्छ । भवनको परिसरलाई सिसीटिभीबाट निगरानी गरिन्छ ।