2019 April 22/ 12:47: 03am

    धुलिखेल/१३ वर्षमा प्रेम विवाह गरी विछोड पछि माईती बसिरहेकी एक बालिकालाई ट्रिपर चढेर घर फर्कने क्रममा चालकहरुले टिपर भित्रै खोलाकोे किनारामा सामुहिक बलात्कार गरेका छन् ।
    चैत्र ३ गते साँझ ५ बजेको समयमा मण्डन देउपुर नगरपालिका वडा नम्वर ६ इन्द्रावती खोला किनारमा बालुवा निकालेर फर्कदै गरेको अवस्थामा बालिका बा ४ ख ७५६९ नम्वरको टिपरमा चढेकी थिईन् । उनीसँगै गाउँको अर्काे एकजना महिला पनि चढेर नजिकै ओर्लिएकी थिईन् । बालिकालाई चालक प्रकाश राईले ओर्लन दिएनन् । मसँगै टिपरमा चढेकी हजुरआमा नाता पर्ने महिला ओर्लिए पछि खोला किनारामा टिपर रोकेर प्रकाश राईले जर्बजस्ति गरे । उसले जर्बजस्ति गरेको देखेर खोला किनारमै बा ४ ख ७५६९ नम्वरको टिपर रोकेर बसेका चालक चाउरे भन्ने सुनिल दनुवारले प्रकाश राईले जर्बजस्ति गर्न हुने ? मैले नहुने भन्दै आधा घण्टा पछि जर्बजस्ति गरे । प्रकाश गाडीबाट ओर्लिएपछि सुनिल गाडीमा चढे । सुनिलले जर्बजस्ति गरिरहेको अवस्थामा प्रकाश भन्नेले चालकहरु रामकुमार राई र पुस्कर राईलाई फोन गरेर बोलाए । उनिहरुले पनि आधा आधा घण्टाको फरकमा जर्बजस्ति गरिरहे । उनि चिच्याईन् । कराईन् । उनको आवाज कसैले सुनेन । बरु एक पछि अर्काे पुरुषले उनको शरीर माथी खेलिरह्यो ।
    चार जना पुरुषहरुले कोपरेको शरीर लिएर उनी निस्कन सकिनन् । उनि चाउरे भन्ने सुनिल दनुवारको बा ४ ख ७५६९ टिपर भित्र बसेर रात काटिन् । भोलिपल्ट विहान सुनिलले विच बाटोमा ओरालि दिएपछि बालिका फुपु दिदी नाता पर्नेको घरमा गई बसिन् । साँझ मात्रै उनी घरमा पुगिन् । त्यतिबेला मात्रै उनले आफुलाई घरबाट खोजिरहेको कुरा जानकारी पाईन् । छोरीको अवस्था देखेपछि बालिकाको आमाले तत्काल प्रहरी कार्यालयमा खबर गरिन् । प्रहरीले उनिहरुलाई पक्राउ गर्न शुरुमा आलटाल गरेको थियो । पछि बालिकाका आफन्तको दबाब भएपछि हिगुवापाटी प्रहरी चौकीमा ल्याएको थियो । त्यहि आफन्तले पक्राउ परेकाहरुलाई कुटपिटको प्रयास गरेका थिए । मुलुकी अपराध संहिता ऐन २०७४ अन्र्तगत परिच्छेद १८ करणी सम्वन्धि कसुरको दफा २१९ जर्बजस्ति करणी गर्न नहुने महल अन्तर्गत पीडितले जाहेरी दिएका छन् ।
    बालिकाको १३ वर्षको उमेरमा सिन्धुपाल्चोका युवासँग विवाह भएको थियो । विवाह गरेको केटासँग सम्वन्ध बिग्रिए पछि उनी इन्द्रावतीमा बालुवा निकाल्दै बसिरहेकी थिईन् । बालिकाका बाबु काठमाडौमा गाडी चलाउँदै आएका छन् । भुकम्पले भत्काएको घर पुनर्निर्माण गर्न उनी आफ्नै लागि बालुवा निकालिरहेकी थिईन् । बालिकालाई पहिलो बलात्कार गर्ने प्रकाश २१ वर्षका छन् । मण्डन देउपुर नगरपालिका ६ नम्वर वडा घर भएका प्रकाशले बालिकालाई राम्रो सँग चिनेकै कारण सहज ढंगबाट जर्बजस्ति गरेका थिए । उनले गरेपछि अरुलाई पनि फोन गरेर बोलाउँदै जर्वजस्ति गराए । सोहि ठेगानामा पु्स्कर, वडा नम्वर ७ का रामकुमार राई र सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका भिमटारका चाउरे भन्ने सुनिल दनुवार छन् ।
    प्रहरीले चारै जनालाई मुद्दा चलाएको छ । बालिका अभिभावकको साथमा छिन् ।