2019 May 23/ 07:33: 31am

    धनगढी/जनता बैंक नेपाल लिमिटेडको धनगढी उपमहानगरपालिका वडा नं. ५, असनपुर डिमोटी चोक स्थित निसर्ग अस्पताल परिसरबाट एटिएम सेवा सुरु भएको छ ।
    बैंकको ९४ औं एटिएम हो । धनगढी उप–महानगरपालिकाको उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा एटिएम सेवाको सुमुद्घाटन गरेका थिए । उक्त क्षेत्रका ग्राहकहरुलाई नगद कारोवारमा एटिएम सेवाले सहजता प्रदान गर्ने बैकले विश्वास लिएको छ । बैकले ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी १२८ शाखा, ५० शाखा रहित बैकिङ्ग केन्द्र, ९४ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् । बैंकको आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी अझ सशक्त उपस्थिति जनाउने योजना रहेको छ ।