2019 March 22/ 02:02: 33am

    सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
    विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ । सरकारले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउनु परेको बताएको छ । विप्लव समुहले देशका विभिन्न स्थानहरुमा आतकं मच्चाउँदै आएका थिए । काभ्रेमा पनि २०७५ बैशाख १ गते कुन्साङ्ग लामाको क्रसरमा आगजनी लगायतका घटना गराएको थियो ।