2019 April 21/ 11:48: 49pm

धुलिखेल/जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता भएका मुद्दाहरु मध्ये एक चौथाई भन्दाद धेरै मुद्दा महिलासँग सम्वन्धित रहेका छन् । महिला, बालबालिका र जेष्ठ नागरिकसँग पक्ष रहेका मुद्दाहरुको संख्या दिनानुदिन बढिरहेको छ । 
    अदालतको पौष मसान्तसम्मको तथ्याङ्कमा १ हजार ३ सय ३२ मुद्दाहरु मध्ये महिला पक्षसँग सम्वन्धित ४ सय ३ रहेका छन् भने बालबालिकासँग सम्वन्धित २६ मुद्दा रहेका छन् । जिल्ला अदालतमा पीडित महिला भएका ४ सय ३ वटा मुद्दा जिल्ला अदालत काभ्रेपलाञ्चोकमा छन् । चालु वर्षमा दर्ता भएका मध्ये १ सय ६४ मुद्दा फछर्याैट भए भने २ सय ३९ बाँकी छन् । महिला मात्रै बादी वा प्रतिवादी भएका १ सय ८४ मुद्दा दर्ता भए भन महिला पक्ष भएका अन्य २ सय १९ वटा मुद्दा दता भए । महिला पक्ष भएका डेढ वर्ष सम्म चलिरहेका ४२ मुद्दा चालु वर्षमा फछ्र्याैट भए । एक वर्ष अवधीका ६२ वटा र ६ महिना भित्रका ६० वटा मुद्दा समेत गरी १ सय ६४ मुद्दा फछर्याैट भएका छन् । जिल्ला अदालतमा २ वर्ष नाघेका २० वटा महिला पक्ष भएका मुद्दाहरु फैसला हुन बाँकी छन् । डेड वर्ष कटेका ३३ वटा, डेड वर्ष सम्मका ५४ वटा, एक वर्ष अवधीका ७२ वटा र  ६ महिना अवधीका १ सय ६० मुद्दा विचाराधीन छन् । 
    जिल्ला अदालत काभ्रेपलाञ्चोकमा बालबालिका पक्ष भएका १५ वटा मुद्दा चालु वर्षको ६ महिनामा दर्ता भएका छन् । अघिल्लो वर्षको जिम्मेवारी सरी आएका समेत गरी २६ वटा मुद्दामा ७ वटा मात्रै फछ्र्याैट हुन बाँकी छन् । बालिग मिश्रित बालबालिका पक्ष भएका पुराना ११ वटा मुद्दाको जिम्मेवारी सरि आएको थियो । १ सय २० दिन भिका १२ वटा र १ सय २० दिन नाघेका ७ वटा समेत गरी १९ वटा मुद्दाको फछ्र्याैट भएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार ठाकुरचन्द्र त्रितालले जानकारी दिएका छन् । महिला र बालबालिकासँग सम्वन्धित मुद्दामा अदालत अन्य भन्दा प्राथमिकता र संवेदनशील हुने गरेको छ । बाँकी रहेका ७ वटा मध्ये १ सय २० दिन नाघेका ३ वटा बाँकी छन् भने १ सय २० दिन भित्रका चारवटा मुद्दा फछ्र्याैट हुन बाँकी छन् । 
    अदालतमा जेष्ठ नागरिक पक्ष भएका मुद्दाहरुको संख्या २४ रहेको छ । २४ मध्ये १६ वटा मुद्दा फछ्र्याैट भई सकेका छन् । ८ वटा मुद्दा विचाराधिन रहेका छन् । पौष मसान्तसम्म जिल्ला अदालतमा १ हजार ३ सय ३२ मुद्दाको जिम्मेवारी थियो । पुरानो जिम्मेवारी सरी आएको ७ सय ६९ थान मुद्दामा नयाँ ५ सय ६३ थपिएका छन् । सबै भन्दा धेरै ब्यक्तिवादी देवानी ३ सय ५८ नयाँ दर्ता भए भने पुरानो ४ सय ६२ थान जिम्मेवारी सरेका थिए । ८ सय २० थान मुद्दा ब्यक्तिबादी देवानी मध्ये २ सय ३३ फछर्याैट भई सकेका छन् । ५ सय ८७ थान मुद्दा अझै फछर्याैट हुन बाँकी छन् । ब्यक्तिवादी फौजदारी २ सय ४, सरकारवादी फौजदारी १ सय १९ समेत गरी ९ सय २६ थान मुद्दा फैसला हुन बाँकी छन् । सर्वाेच्च अदालतले दिएको ६ महिनाको ३० प्रतिशत लक्ष्य जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुरा गरेको छ । पौष महिनामा मात्रै १ सय ९ थान मुद्दा फछर्याैट भए । २ वर्ष नाघेका ३१ वटा मुद्दा अझै फछर्याैट हुन बाँकी छन् । 
    पौष महिनामा मात्रै जिल्ला न्यायाधीश अर्जुन अधिकारी एक्लैले ४० थान मुद्दा फछर्याैट गरेका छन् । उनको जिम्मेवारीमा ३ सय ८ थान मुद्दा बाँकी छन् । न्यायाधीश दिपककुमार खरेलले पौष महिनामा ४९ थान मुद्दा फछर्याैट गरे । उनको जिम्मेवारीमा ३ सय ११ थान मुद्दा बाँकी छन् । न्यायाधीश दुर्गा खड्काले पौष महिनामा २० थान मुद्दा फछ्र्याैट गरिन् । उनको जिम्मेवारीमा ३ सय ७ मुद्दा बाँकी छन् । उनी पहिलो पटक न्यायाधीश भई जिल्लामा आएकी हुन् । तालिम तथा अन्य जिम्मेवारीका कारण उनको फाँटमा मुद्दाको फछ्र्याैट कमी छ । 
    अदालतमा दर्ता भएका मुद्दाहरु मध्ये ८१ वटा मुद्दा मेलमिलापका लागि सूचिकृत भएका थिए । मेलमिलाप हुन सक्ने ८ सय ७ थान मध्ये ८१ वटा मात्रै मुद्दा मेलमिलापका लागि सूचिकृत भएकोमा पौष महिनामा मात्रै ६ वटा दर्ता भएका छन् । दर्ता भएका मध्ये २९ वटा मुद्दामा मेलमिलाप भएको छ भने ३३ वटा असफल भए । चालु अवस्थामा रहेको १९ वटा मुद्दा छन् । प्रतिशतका आधारमा ३५.८० मुद्दामा सफलता प्राप्त भएको छ भने ४० प्रतिशत मुद्दामा असफल भएका छन् । न्यायाधीश अर्जुन अधिकारीको फाँटबाट १४, न्यायाधीश दिपककुमार खरेलको फाँटबाट १२ र न्यायाधीश दुर्गा खड्काको फाँटबाट ३ वटा मुद्दा मेलमिलाप भएका छन् ।