2019 March 22/ 02:05: 26am

    बनेपा/काभ्रेबाट प्रशारण भइरहेको प्राइम एफएम १०४.५ मेगाहर्ज अंग्रेजी सम्वत् २०१९ को प्रवेश सँगै आठ बर्ष पुरा गरी नवौ बर्ष प्रवेश गरेको छ । जिल्लाको लोकप्रिय एफएमले धेरै श्रोताको मन जित्न सफल भएको छ । 
    रेडियोको सफलतापूर्वक संचालन सँगै रेडियोको प्रसारणलाई क्षेत्रिय स्तरको बनाउने थप सञ्चारमाध्यम संचालन गर्ने योजना रहेको प्रशासन प्रमुख विनोद न्यौपानेले जानकारी दिए । विक्रम संवत् २०६७ साल पुस १७ गतेदेखि प्राइम एफएमले आफ्नो औपचारिक प्रशारण सुरु गरेको थियो । जिल्लामा सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशिल व्यक्तिहरुको सक्रियतामा प्राइम एफएम स्थापना भएको हो । यसअघि उक्त फ्रिक्वेन्सीमा रेडियो नयाँ सन्देश प्रशारण भइरहेकोमा २०६७ देखि नयाँ ढंगबाट प्रशारण सुरु भएको थियो । एफएममा अध्यक्ष अशोक व्याञ्जुले प्राइम एफएमलाई प्रदेशस्तरीय रेडियोको रुपमा विकास गर्ने योजना रहेको बताए । यसका साथै तीन नंवर प्रदेशस्तरीय अन्य संचारमाध्यम सञ्चालनको लक्ष्य रहेको र यसका लागि सम्भाव्यता अध्ययनको काम सुरु गर्ने बताए । सामूदायिक रेडियोलाई हेर्ने सरकारको फरक दृष्टि, केन्द्रीयस्तरका विज्ञापनमा कम पहुँच, स्थानीयस्तरका विज्ञापनमा अस्वस्थ प्रतिस्पर्धा लगायतका समस्याका बाबजुत एफएमले लोकतन्त्रको सम्वद्र्धन, मानवअधिकारको संरक्षण तथा जनताको सूचनाको हकको सम्मान गर्दै आफ्नो प्रशारणलाई अझ प्रभावकारी बनाउँदै लैजाने एफएमका अध्यक्ष अशोक व्याञ्जुले बताए । 
    आई सामूदायिक सञ्चार केन्द्रबाट सञ्चालित एफएमले आगामी बर्षमा स्रोताहरुको मागअनुसार कार्यक्रमहरु थप गर्ने तथा सामाजिक क्षेत्रमा पनि विविध कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष व्याञ्जुको भनाई छ ।