2019 January 19/ 07:49: 57pm

    धुलिखेल/गत शनिबार स्वयम्भुबाट साल र बँदेलको तस्करी अभियोगमा पक्राउ परेका महाभारत गाउँपालिकाका रकम सिं घलानले आईतबार राति हिरासमतै रहेको अवस्थामा बनेपा र धुलिखेलको सडकमा निस्किएर उर्लदों विजय जुलुस प्रदर्शन गरेका छन् । 
    आईतबार नै जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद दिएको थियो । राजनीतिक दबाब र अनुसन्धान अधिकृत उदिमप्रसाद राईले २०७१ सालमा लिएको केहि रकम पचाउने उदेश्यले हिरातमै रहेको ब्यक्तिलाई राति साढे ८ बजे घर जान दिईएको थियो । अनुसन्धान अधिकृत उदिमप्रसाद राईले मुलुकी संहितामा ब्यक्तिलाई जति बेला पनि छाड्न सकिने ब्यवस्था गरेको प्रतिक्रिया दिए । ‘अनुुसन्धान जारी रहेकाले ब्यक्तिलाई यति बजे छाड्न मिल्दैन भन्ने संहितामा उल्लेख छैन’–राईले भने–‘उनले कसरी विजय जुलुस निकाले थाहा छैन ।’ अनुसन्धान अधिकृत राईले २०७१ साल मंसिरमै रकम सिं घलान सहितका लागि मुद्दा दर्ता गरेका थिए । मुद्दा दर्ता गरेपनि रकम सिं घलानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थिएन । त्यहि उजुरी ढिसमिस पार्न रकम सिं घलान मार्फत बुझेको रकम पचाउन अनुसन्धान अधिकृत राईले रकम सिं घलानलाई प्रहरी हिरासतबाट छुटाएर घर पठाएका थिए । 
    ‘बन मुद्दाका अभियुक्तलाई अनुसन्धान अधिकृतले प्रहरीको कस्टडी अर्थात बन कार्यालयकै कस्टडीमा राखेर अनुसन्धान गर्न सक्छन्’–जिल्ला न्यायाधिवक्ता तिलक कार्कीले भने–‘अनुसन्धान अधिकृतले बन कार्यालयकै कस्टडीमा राखेको जानकारी गराएका छन् ।’ प्रहरीको कस्टडीबाट वन कार्यालयको कस्टडीमा लगिएको ब्यक्तिले कसरी गरे विजय जुलुस ? अनुसन्धान अधिकृत राईले जानकारी नभएको बताए । रकम सिं घलानका समर्थकहरुले सामाजिक सञ्जालमा समाचार लेखेकै आधारमा ज्यान लिने धम्की दिएका छन् भने रकम सिं घलानलाई खादा ओढाएर बनेपा र धुलिखेलमा विजय जुलस गराएका थिए । अनुसन्धान अधिकृत राईले आईतबार साँझ घर पठाएका रकम सिं घलान सोमबार विहानै बुडोलमा रहेको वन कार्यालयमा पुगेका थिए । सोमबार नै अदालत पु¥याउने गरी राईले रकम सिं घलानको फाईल सरकारी वकिलको कार्यालयमा पु¥याएका थिए । अधुरो अनुसन्धान भएको भन्दै सरकारी वकिलको कार्यालयबाट फाईल फर्किएको छ । रकम सिं घलान अझै केहि दिन वन कार्यालयकै कस्टडीमा रहनेछन् । ‘बेनामे उजुरी छ, काठ बरामद छ, दुई जना प्रतिवादी फरार छन्, अनसन्धान नै पुरा नगरी प्रमाण विना कसरी बुझाउन सकिन्छ फाईल ?’– जिल्ला न्यायाधिवक्ता कार्यालय काभ्रेले भन्यो–‘अनुसन्धान पुरा नभई मुद्दा अदालत बुझाउन मिल्दैन।’ राईले थप अनुसन्धान गर्ने भएकाले अझै केहि दिन रकम सिं घलानलाई कस्टडीमै राख्नुपर्ने बताए । 
    यसअघि बन मुद्दामा पक्राउ परेका ब्यक्तिहरु हिरासतमै रहेको अवस्थामा विजय जुलुस निकाल्न र घर जान सुविधा थिएन । नेपाल स्कुल अफ प्रोजेक्टमा समेत आवद्ध रहि स्थानीय निर्वाचनमा महाभारत गाउँपालिकामा उम्मेदवार समेत भएका साविक फोक्सिङ्गटार गाविस वडा नम्वर ५ ठुलोपोखरा घर भएका रकम सिं घलान(लामा) सालका रुख काटेर बेपत्ता भएको अभियोगमा चार वर्ष पछि पक्राउ परेका थिए । चोरीमा संलग्न दुई जना अझै फरार छन् । विजय लामा र ज्ञानेन्द्र स्याङ्गतान फरार रहेको प्रहरीले जानकारी दिएको छ । २०७१ साल कार्तिक महिना देखि धमाधम सालका रुख काटेर विक्री गर्ने क्रममा जिल्ला बन कार्यालय काभ्रेमा उजुरी दर्ता भए सँगै उनी फरार भएका थिए । सालका रुख काटेर विक्री गर्न राखिएको ४ सय ४९ क्यु फिट सालका काठ डाँडापारीका बनखु लगायतका क्षेत्रमा काटिएको थियो । उजुरी परे लगत्तै जिल्ला बन कार्यालयले इलाका बन कार्यालय कटुञ्जेका रेञ्जर उदिमप्रसाद राईलाई अनुसन्धान अधिकृत तोकिएको थियो । शनिबार दिउसो प्रहरीले स्वयम्भुमा लुकेर बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दिपक रायले जानकारी दिए । 
    ‘मुचुल्का समेत गरी हामीले सालका काठ जिम्मेवारीमा राखेका छौ’–अनुसन्धान अधिकृत राईले भने । प्रहरीले पटक पटक पक्राउ गर्न प्रयास गरे पनि उनी शक्तिका भरमा उम्कँदै आएका थिए । ‘२०७१ साल मंसिर महिना देखि नै हामीले अनुसन्धान गरिरहेका छौ’–उनले भने–‘रकम सिं घलान, विजय लामा र ज्ञानबहादुर स्याङ्गतान फरार छन्, पक्राउका लागि प्रहरीलाई पटक पटक पत्र पठाएका थियौं ।’ सरकारी बनबाट सालका रुख काट्ने रकम सिं घलान लामा र विजय मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न स्थानीयले पटक पटक माग गरेका थिए । अनुसन्धान अधिकृत राईले दुबै ब्यक्ति फरार रहेकाले अनुसन्धान समेत प्रभावित भएको बताए । उनिहरुले सालका रुख काट्न लगाएका मजदुर नन्दे मोक्तानले उनिहरुकै कारण आत्महत्या गरेको परिवारले बताएको छ । पछि नन्देको श्रीमतीलाई प्रभावित बनाई रकम सिं घलानले उनको समेत केहि रकम खर्च गरिदिएका छन् । 
    साविक बनखु गाविसको वडा नम्वर १, ३, ४ मा पर्ने सरकारी बनको सालको रुख चोरी निकासी गरेको अयिभोगमा मुद्दा दर्ता भएको छ । २०७१ साल मंसिरमा भएको अबैध साल चोरी प्रकरण चार वर्ष देखि गुपचुप पारेको रहस्य खुलासा भएको थियो । उता सालको काठको चोरी निकासीको मुद्दा सँगै महाभारतमा बँदेल चोरी गरी मासु विक्री भईरहेको छ । जिल्ला बन कार्यालय काभ्रेपलाञ्चोकमा महाभारत गाउँपालिका वडा न ३ घर भएका ४९ बर्षिय रकम सिं घलान लामा, ३८ बर्षिय विजय मोक्तान, वडा नम्वर ४ का ४७ बर्षिय केशर सिं वाईवा,  वडा नम्वर ४ कै ४८ बर्षिय डिलबहादुर वाईवा र ३२ बर्षिय सुन्दर लामाले महिनाका ५÷७ वटा बँदेल चोरी गरी काटेर विक्री गर्दै आएको उजुरी दर्ता भएको थियो । वडा नम्वर ४ स्थित महादेवटारमा रक सिं घलानको टहरोमा २०७५ असोज २८ गते, असोज २९ गते राति १० बजे र २०७५ साल कार्तिक २६ गते रातको १२ बजे बँदेल काटेर विक्री गरेका थिए । बँदेल काटेर मासु भाग लगाईरहेको तस्विर सहित महाभारत गाउँपालिका वडा नम्वर ४ कै पातलीमाया घिसिङ्ग मोक्तानले जिल्ला बन कार्यालयमा उजुरी गरेकी हुन् । उक्त मुद्दाको अनुसन्धान अधिकृत उदिमप्रसाद राई नै तोकिएका थिए । उक्त उजुरीका बारेमा समेत राईले अझै मुद्दा टुङ्गयाएका छैनन ।