2019 June 27/ 03:46: 21pm

नेपाल पत्रकार महासंघ
    नेपाल पत्रकार महासंघको विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनले पत्रकारिता क्षेत्रलाई अझै विश्वासिलो बनाउन १८ बुँदे घोषणापत्र जारी गरेको छ । सदस्यता शुद्धिकरण, प्रत्यक्ष निर्वाचन महासंघको प्रमुख एजेण्डा बनेको छ । यस अघि प्रदेश तहको निर्वाचनमा महासंघले प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्वलन गरिसकेको छ । 
    सम्मेलनबाट घोषणा गरिएका बुँदाहरुलाई धनकुटामा सम्पन्न केन्द्रिय समितिको बैठकले अनुमोदन गरेको छ । महासंघलाई बलियो र नागरिक समाजको अगुवा संगठनका रुपमा अझै विश्वासिलो बनाउनु पर्नेमा जिल्ला र प्रदेश तहका पदाधिकारीहरुले सुझाव दिएका छन् । सम्मेलनमा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्षहरु शिव गाउँले, तारानाथ दाहाल, उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, कोषाध्यक्ष राजेश मिश्रले कार्यपत्र प्रस्तुत गरेका थिए । महासघलाई आर्थिक,  सांगठिनक रुपमा बलियो बनाउन र समाजमा बलियो संगठनका रुपमा स्थापित बनाउन पत्रकार महासंघले खेल्नु भूमिकाका बारेमा कार्यपत्रमा प्रस्तुत धारणाका बारेमा जिल्ला शाखा अध्यक्ष तथा प्रदेश समितिका अध्यक्ष र महासचिवहरुले धारणा राखेका थिए । 
    भेलाको उद्घाटन मुख्य मन्त्री शेरधन राईले गरेका थिए । भेलालाई सम्बोधन गर्दै मुख्य मन्त्री राईले मुलुकको सम्वृद्धीका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भएकाले त्यस तर्फ लाग्न सुझाव दिए । खबरदारीसँगै विकास र सम्वृद्धको यात्रामा पत्रकारिता लाग्नु पर्ने मन्त्री राईले बताए । प्रदेश नम्वर १ का कानुन मन्त्री हिक्मत कार्कीले संघ, प्रदेश र स्थानीय सरकारको उदेश्य सम्वृद्धी भएकाले अधिनायकबाद आयो भन्दै कोकोहोलो गर्न आवश्यक नरहेको बताए । पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष शिव गाउँले, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, न्युनतम पारिश्रमीक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, प्रदेश नम्वर १ का संघिय समाजवादी फोरमका संसदिय दलका नेता जयराम यादव, नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ का अध्यक्ष विक्रम लुईटेल, मोरङ्ग जिल्ला अध्यक्ष बन्धु पोखरेल लगायतले पत्रकारिता क्षेत्रका विषयमा धारणा राखेका थिए । महासचिव रमेश विष्टले संचालन गरेको कार्यक्रमलाई विभिन्न जिल्लाहरुले सहयोग गरेका थिए । 
    केन्द्रिय समितिको बैठकले आगामी फागुन ९ र १० केन्द्रिय साधारण सभा पोखरामा गर्ने निर्णय गरेको छ । 
१८ बुँदे घोषणा पत्र जारी 
    महासघंको राष्ट्रिय सम्मेलनले १८ बुँदे विराटनगर घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सञ्चार गृह अनिवार्य सूचीकृत गर्नुपर्ने प्रणालीमा जान, सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक बृद्धि गर्ने निर्णय गरिए पनि अधिकतर सञ्चार गृहबाट पत्रकारलाई तोकिए अनुसार सेवा सुविधा नदिएको हुँदा घोषित सेवा सुविधा अविलम्ब उपलब्ध गराउन माग गर्दछ । अन्यथा नेपाल पत्रकार महासंघको अगुवाईमा श्रमजिवी पत्रकार ऐन लागू गर्न÷गराउन देशव्यापी आन्दोलन गर्न माग गरेको छ । साथै सञ्चार गृहमा कार्यरत पत्रकारले प्रयोग गर्ने सञ्चार उपकरण क्यामेरा, रेकर्डरलगायतका सञ्चार उपकरण सञ्चारगृहले नै उपलब्ध गराउन सम्मेलनले माग गरेको छ । त्यस्तै नेपाल पत्रकार महासंघमा आबद्ध सदस्यता शुद्धीकरण गरि संघीयताको मर्म अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीमा जान राष्ट्रिय सम्मेलन निर्देश गरेको छ । केन्द्रीय÷प्रदेश पार्षदको व्यवस्था हटाई केन्द्रको हकमा केन्द्रीय समितिका सवै, प्रदेश कमिटीका पदाधिकारी र जिल्ला÷प्रतिष्ठान÷एशोसिएट कमिटीको अध्यक्ष सम्मिलित राष्ट्रिय परिषद गठन गर्न तथा प्रदेश परिषदको हकमा प्रदेश कमिटीका सवै र जिल्ला÷प्रतिष्ठान÷एशोसिएट कमिटीका पदाधिकारी सम्मिलित प्रदेश परिषदको व्यवस्था गर्न सम्मेलन सहमत भएको छ । साथै, केन्द्रले परिषदको कुल संख्याको दस प्रतिशत प्रादेशिक समानुपातिक ढंगले मनोनित गर्न पाउने व्यवस्था गर्न सम्मेलन माग गर्दछ । साथै, सवै साधारण सदस्यहरुले मतदान गर्न पाउने गरि शाखा÷प्रदेश र केन्द्र तीनै तहको लागि एकै दिन निर्वाचन गर्ने वातावरण सृजना गर्न केन्द्रीय कमिटीलाई निर्देश गरेको छ । (घोषणा पत्रका बुँदाहरु भित्री पृष्ठमा ।)