2024 April 27/ 01:04: 23am

खानिखोला/काभ्रेपलाञ्चोक जिल्लाको अति दुर्गम डाडाँपारी भनेर चिनिने खानीखोला गाउँपालिकामा चालु आर्थिक वर्ष २०७८÷०७९ को  बजेट तथा कार्यक्रममा रहेको संघीय सरकारको कार्यक्रम वाहेक सेनिटरी प्याड तालिम तथा वितरण गरिने महिला विकास कार्यक्रम अनुसार बजेट व्यवस्था भए अनुसार सेनिटरि प्याड बितरण तथा व्यवस्थान गरिएको छ । 
    सेनिटरी प्याड प्रयोग गर्ने छात्राहरु तथा महिलाहरुको स्वास्थ्यमा असर नपुग्ने गरी सुनिश्चित गर्ने र यसरी उत्पादन गरिएको सामाग्रीको सहि प्रयोगको लागि स्थानीय तह तथा विद्यालयहरुले जनचेतना मुलक कार्यक्रम सञ्चालन गरी स्थानीय तहका छात्राहरुलाई महिनावारी हुँदा प्रयोजन सेनिटरी प्याडको प्रयोग र विसर्जन सम्बन्धमा स्थानीय स्वास्थ्य शाखा, शिक्षा तथा खेलकुद शाखा मार्फत सरोकारवालाहरुलाई विभिन्न माध्यमबाट जानकारी गराउने निर्णय गरिएको छ । स्थानीय तहमा भएको बजेटबाट स्थानीय सामाग्री ज्ञान, सिप मुलक रोजगारी प्रवर्द्धन हुने गरी कक्षा ६ देखि कक्षाम १२ सम्म अध्यायनरत माध्यमिक तथा आधारभूत तहका लक्षित छात्रहरुलाई सिकाइ सेनिटरी प्याड प्रयोग गर्ने सम्वन्धी सम्वन्धित विद्यालयमा गई तालिम दिने र पुनःप्रयोग गरिने सेनिटरी प्याड खरिद गरि खानीखोला गाउँपालिकाको आधारभूत तह र माध्यमिक तहका विद्यालयमा तालिम सञ्चालन गर्न छुट्याईएको रकम तीन लाख विनियोजित रकमवाट लक्षित वर्गको कार्यक्रम अन्तरगत सेनेटरी प्याड प्रयोग गरिने बारे गाउँपालिका मार्फत गाँउपालिका भित्रका आधारभूत तह र माध्यमिक तहका सामुदायिक विद्यालयका छात्राहरुलाई प्याड बितरण र तालिम सम्पन्न गरिएको छ । 
    पौष ५ गते देखि ९ गतेसम्म ६ वटा विद्यालयहरुमा सेनिटरी प्याड प्रयोग सम्वन्धि तालिम प्रदान गरिएको थियो । प्याड प्रशिक्षक जानुका सापकोटा, शिक्षा शाखा प्रमुख मोहन श्रेष्ठ लगाएत गाउँपालिकाका उपाध्यक्ष रुक्मेणी गुरुङ आफै गई बिद्यालयमा सेनिटरी प्याड प्रयोग बिसर्जन र पुनःप्रयोग गर्न मिल्ने प्याड बितरण गर्नुका साथै उक्त विद्यालयहरुको अनुगमन समेत गर्नु भएको थियो । कार्यक्रममा लक्षित वर्ग खानीखोला गाउपालिका अन्तरगतको आधारभूत तह र मध्यमिक तहका विद्यालयमा तालिम सञ्चालन गरिने पहिलो चरणमा ६ वटा माध्यमिक विद्यालयका छात्राहरु तथा महिला शिक्षिकाहरुलाइ तालिम तथा पुन प्रयोग गर्न मिल्ने सेनिटरी प्याड बितरण गर्ने र आगामी आ.ब.मा बाँकी विद्यलयहरुमा निरन्तर गर्ने कार्यक्रम रहेको उपाध्यक्ष गुरुङले बतनाउनु भयो । जनहित माध्यमिक विद्यालय, खानीखोला ७ महांकालमा  शिक्षिका समेत जम्मा ७८ जना, शारदा माध्यमिक विद्यालय, खानीखोला ६ देउरालीमा शिक्षिका समेत ५५ जना,  महादेवस्थान आधारभूत विद्यालय खानीखोला २ महादेवटारमा छात्रा १८ शिक्षिका २३ जना, वालविकास माध्यमिक विद्यालय, खानीखोला २, फलामेटारमा शिक्षिका सहित ४९ जना, कुमारी माध्यमिक विद्यालय, खानीखोला ३ जगथलीमा शिक्षिका सहित १११ जना र जनविकास माध्यमिक विद्यालय खानीखोला ५ तालढुंगमा शिक्षिका सहित २०२ जना समेत ४४० जनालाई पनुःप्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण गरिएको र वांकी ६ वटा विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई आगामि आर्थिक वर्षमा तालिम तथा पुनः प्रयोग गर्न मिल्ने प्याड बितरण गरिने शिक्षा तथा खेलकुद शाखा प्रमुख मोहन श्रेष्ठले बताउनु भयो ।
    तालिम संचालन भएका विद्यालयका छात्रा तथा शिक्षिकाहरु उत्साही भएको कुमारी माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका मिश्रकुमारी लामाले बताउनु भयो । स्कुलमा नै सेनेटरी प्याड पाइन थालेपछि काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका अन्तरगत रहेका माध्यामिक विद्यालयमा कक्षा १२ सम्ममा अध्यायनरत विद्यार्थीकरुले पढाइ छोडेर घर फर्कनु परेको छैन । गत आर्थिक वर्षमा ७ सय ८० र यस आर्थिक वर्षमा ९ सय २१ जना आधारभूत तथा माध्यमिक तहमा छात्राहरु अध्ययनरत छन् । ती मध्ये महिनावारी हुने किशोरीको संख्या ९५ प्रतिशत छ । उनीहरूलाई विद्यालयले नियमित सेनेटरी प्याड दिँदै आएको छ । विद्यालयमै प्याड पाइन थालेपछि कहिल्यै स्कुल छुटेको छैन । विद्यालयमै प्याडको व्यवस्था गर्ने कार्यक्रमले आफू जस्तै किशोरीलाई सजिलो भएको विद्यार्थी रविना मोक्तानले बताउनु भयो । 
    ‘महिनावारिको समयमा विद्यालय जाँदा छात्राहरुको ध्यान पढाइमा भन्दा प्याड कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित हुन्थ्यो । विद्यालयमा प्याड पाउन थालेपछि प्याड परिवर्तन गर्न घरै पुग्नुपर्ने बाध्यता हटेको छ’–उहाँले भन्नुभयो–‘पहिले प्रयोग गर्ने प्याड राम्रो नहुदा कति पल्ट आफू बसेको बेन्चमा लागेको र आफूलाई अप्ठ्यारो महशुस हुन्थ्यो । अहिले अर्को प्याड तुरुन्तै विद्यालयमा पाइन्छ र फेर्न सकिन्छ ।’च्या िटि सो समाजका प्रशिक्षक जानुका सापकोटाले तालिम दिने क्रममा छात्राहरु अति अनुशासित र सम्वेदनशिल भई उत्साही भएको बताउनु भयो । गाउँपालिका उपाध्यक्ष रुक्मेणी गुरुङले आफु पनि विद्यार्थी हुंँदाका बेलाका स्मरण सुनाउँदै ६ वर्षको कार्यानुभवले दुःख भएकोले आफै बिद्यालयहरुमा गई प्याड वितरण, डिस्पोजन तथा प्रयोग सम्वन्धी कार्यमा तालिम प्राप्त प्रशिक्षक लिई स्वयम आफै प्रशिक्षणमा सक्रिय भएर शिक्षा शाखाको सहयोगमा तालिम र जनचेता मुलक कार्यमा संलग्न भएको बताउनु भयो ।