2018 December 15/ 09:30: 57pm

‘चेष्टा’ को गौरवपूर्ण रजत वर्ष

किशोर श्रेष्ठ
का.वा. अध्यक्ष
प्रेस काउन्सिल नेपाल

    मान्छेको जीन्दगीमा राज्यको, शासनको, आरोह अवरोहको २५ वर्षको अवधि सानो होइन । हामीले देख्छौ विगत २०४६ साल अगाडिका परिवर्तनहरु, २००७ सालका परिवर्तनहरु, संसारका जहाँ पनि भएका परिवर्तनका कार्यहरु, छिमेकी चीनमा माओत्सेतुङको परिवर्तनको उद्घोष, भारतको स्वतन्त्रता संग्राममा २५ वर्ष भन्दा कम उमेरका युवाहरु सहिद भएको, परिवर्तनमा हेलिएको हामी पाउँछौं । मदन भण्डारी, विपी कोइराला उहाँहरुले धेरै सानो उमेरमा परिवर्तनका लागि नेतृत्व गर्नु भएको थियो । चेष्टालाई यस मानेमा आफ्नो विशाल नमूना कायम राख्न सकेकोमा बधाई दिन चाहन्छु । 
    हरेक दिन मिडियामाथि चौतर्फी हमला भएको छ । अहिले मिडियाहरुमा अस्तित्व संकटको घडी छ । प्रिन्ट मिडिया विस्तारै डाइनोसरको रुपमा परिवर्तन हुँदैछन् । संसारका प्रिन्ट मिडियाहरु अनलाइन भर्सनमा गएको हामी देख्छौं । समयअनुसार आफूलाई रुपान्तरण गर्न सकिएन भने मानव जाति डाइनोसर बन्ने अवस्था आउँछ । पत्रपत्रिकाको हकमा पनि त्यहि हो । अहिले अनलाइन मिडियाबाट समाजमा आतंक छ । मैले पनि पत्रकारिता गरेको २५ वर्ष भएको छ । डोनाल्ड ट्रम्पले पत्रकारितामा एउटा अंकुश लगाएका छन् । मलेसियामा हालै एउटा कानुन पारित भएको छ पत्रकारलाई १० वर्ष थुन्ने । त्यो विदेश वा स्वदेश जहाँबाट गलत लेखेमा पनि लागू हुनेछ । भारतमा पनि यो कोसिस अगाडि बढेको छ । भर्खरै श्रीलंकाबाट फर्किए । त्यहाँ सरकार भर्खरै परिवर्तन भएको थियो । पहिलो निशाना पत्रकारिता प¥यो । एउटा शासकले आफ्नो शासन व्यवस्था लम्ब्याउनका निम्ति कठोर निर्णय गर्छ त्यसको पहिलो शिकार पत्रकारिता हुन्छ । 
    २०६१ माघ १९ मा पनि नेपालले भोगेको त्यहि हो । दलीय व्यवस्थालाई राजाले आफ्नो पकडमा लिँदा संचारमाध्यमले भोगेका थुप्रै कुराहरु छन् । संसारमा जहाँ पनि सत्य माथि प्रहार गर्दा पहिलो शिकार पत्रकारिता हुने गर्दछ । पत्रकार मारिन्छन । कुटिन्छन । हिरासतमा पर्छन । यी सबैलाई थाती राखेर हेर्दा पेशागत आचार संिहता पनि जोडेर आउँछ । हाम्रो आफ्नै अनुभवबाट हेर्ने हो भने ८० प्रतिशत हाम्रा सुरक्षा सम्बन्धी प्रश्नहरु रहेका छन् । कुटपिटका, आक्रमणका, बदलाका भावनाहरु हाम्रा आचार व्यवहारसँग जोडिएर आएका हुन्छन् । सुरक्षाकर्मीसँग, संरकारका संयन्त्रहरुसँग, विद्रोही समूहसँग पत्रकारहरुले सम्पर्क राख्न पाउनुपर्छ, राख्नुपर्छ र राखिन्छ । सूचना भनेको लुकाउने होइन, फुकाउने होईन, चोर्ने हो । सूचनाको हक भनेर सूचना पाउने कुरा होइन । त्यो भनेको बजारमा गएर किनिने तरकारी जस्तो होइन । सरकारलाई निवेदन हालेर सहि सूचना पाउँदै पाउँदैनौं । पत्रकारको कौशल भनेको त्यो हो सूचना समुद्रको गहिराइमा गएर ल्याउने क्षमता राख्छ । जसले मान्छेको मन जित्न सक्छ । समाज परिवर्तनमा ऐतिहासिक भूमिका खेल्छ । अरुले खटाई खटाई दिएको सूचनाले समाज र देश परिवर्तन गर्न सक्दैनौं । त्यसैले पत्रकारिता आज चौतर्फी आक्रमणमा पनि छ । हामीले सजिलो पेशा गरिरहेका छौं । राज्य संयन्त्र फेल छ । राज्य संयन्त्र फेल हुँदा पनि पत्रकारिता पेशा फेल हुनु हुँदैन तर यहाँ त्यहि भईरहेको छ । हामीले नमितासुमिता काण्डमा पनि हे¥यौं । इतिहासमा थुप्रै काण्ड हेरेका छौं । राज्यले टेक ओभर गरे पछि, द्वन्द्वकालका घटना पनि हेरेका छौं । अहिले हामी मुख मिठ्याएर बसिरहेका छौं । हामी सजिलोमा घरबाट फोन गरेर सूचना लिने, फिल्डमा नजाने, मेहनतै नगर्ने, अर्काको चोरेर पाना भरेर, सम्पादकीय सारेर सजिलो पत्रकारिता गरिरहेका छौं । हामी आफैं न्यायाधीश, आफै अनुसन्धानकर्ता, आफै सुरक्षाकर्मी भएका छौं । हामी बेलगाम घोडाजस्तै दौडिरहेका छौं । चोर्नु पनी एउटा कला हो ।  चोर्न पनि कला चाहिन्छ । चोर्नु अपराध होईन । चोरेपछि पक्राउ गर्नु अपराध हो । कसैलाई पक्राउ गरे लगत्तै हामी त्यसलाई अपराधी करार गरिहाल्छौं । बर्षाै देखि कमाएको उसको सबै इज्जत ध्वस्त बनाउँछौं । मेहनत गर्न छाडेका छौं । हामी मर्यादित हुन्थ्यौं भने २०६४ सालमा साईबर क्राईम सम्वन्धी कानुन आउँदैन थियो । छापाखाना ऐन छँदै थियो । साईबर क्राईम आयो फेरी नयाँ कानुन आयो । हामीलाई कस्न, हाम्रा बेलगामलाई कस्न राज्य जसरी आयो त्यसका पछाडी अरुलाई दोष लगाएर हामी उम्कन सक्छौ ? अरुलाई खुईल्याउन, नङ्गयाउन, होच्याउन सहज हुन्छ आफु पर्दा के हुन्छ ? स्वदेशमा बस्दा केहि नगर्ने विदेशमा बसेर नेताले केहि गरेनन भन्ने ? पत्रकारहरुले चाँहि यसो ग¥यो उसो ग¥यो भन्ने ? देश विगा¥यो भन्न सक्नेले आएर बनाउन किन नसक्ने ? श्रीलंका, भारत तथा अन्य देशका अखबार हे¥यो भन हेरि साध्य छैन । एउटा दलको, एउटा ब्यक्तिको, गुटको पत्रकारिता गरिरहेका छौं । हामीले भन्ने गरेको पत्रकारितालाई शुद्ध किन बनाउने ? सम्वन्ध सहि सुचनाका लागि हुनु पर्छ । सम्वन्ध आफ्नो संस्थाका लागि भन्दा पनि आफ्नो ब्यक्तिगत फाईदाका लागि, एनजिओका लागि, पैसाका लागि हुने गरेको छ । तराईमा पत्रकारलाई छोरी दिन गाह्रो हुन थालिसक्यो । सधै मागेर खानेलाई के को छोरी ? निर्मम समिक्षा हुनु जरुरी छ । अर्काले भनेको, सुनेको भरमा धारणा बनाउँछौ र समाचार लेखिहाल्छौं । सुरक्षाकर्मीले हातमा भएको बन्दुक पत्रकारले समाचार लेखे जस्तै पड्काई दियो भने के हुन्छ ? सुरक्षाकर्मीले गल्ति ग¥यो भने राज्यले क्षतिपुर्ति दिन्छ । गल्ति गरे गल्ति भनौ । नराम्रो गरे नराम्रो भनौं । चेष्टाले राम्रो ग¥यो भने राम्रो भनौ । नराम्रो गरे नराम्रो भनौ । मन्त्रीले राम्रो गरे राम्रो भनौ नराम्रो गरे नराम्रो भनौं । 
    नेपालमा वर्षाैदेखि कुरा चल्यो हाम्रो राज्यको गोपनीयता सुरक्षण गर्ने सबै डाटाहरु राख्ने ठाउँ खोइ ? हाम्रो स्यालेटाइट खोइ ? हाम्रो आकाशमा हाम्रो उपग्रह हुनु पर्ने कि नपर्ने ? हामी पासपोर्ट छाप्छौ ? त्यसबेलामा सुजाता कोइराला परराष्ट्र मन्त्री, माधव नेपाल प्रधानमन्त्री हुँदा ठूलो लडाइँ चलेको थियो । भारतले पनि त्यो पासपोर्ट छाप्ने ठेक्का लिन खोज्यो । र त्यो दिइसकेको ठेक्का पनि फुत्किएर फ्रान्सको हातमा जान पुग्यो । अन्तःशुल्कका स्टिकरहरु, डेबिड कार्डहरु, एटिएम कार्डहरु, लाइसेन्स, राष्ट्रिय परिचयपत्र लगायत जति पनि छाप्दाख हामी वर्षमा १० अर्ब विदेशलाई तिर्दा रहेछौं । पाइला पाइलामा विदेशीको भर पर्दा रहेछौं । सियो पनि उत्पादन नहुने देशमा छौ हामी । कागज समेत हामी छाप्न सक्दैनौं । जब नाकाबन्दी हुन्छ हामी संकटमा पर्छाैं । यो देशले अहिले भर्खर एउटा कोसिस सुरु गर्दैछ सेक्युरिटी प्रेस हाम्रो गोपनीयताको हिसाबले हामी नै राख्छौं, हाम्रो स्याटालाइट पनि हामी नै राख्छौं भनेर माननीय मन्त्री गोकुल बास्कोटाले कोसिस गर्नुभएको छ भने उहाँलाई खोजेर राम्रो कुराको प्रशंसा गरौं । गोकुल बास्कोटाले गल्ती गरेको छ भने ठाउँको ठाउँ कारवाही गर्नुपर्छ ।  तर तथ्य र सत्यमा आधारित हुनुपर्छ । ब्यक्तिगत गालीगलौजमा हुनु हुँदैन । देवानी संहिता कार्यान्वयन भएको अवस्था छैन पत्रकारिताको हकमा । त्यो लागु भयो भने त्यसले धेरै पत्रकारलाई जेलमा लैजान्छ । पत्रकार जिम्मेवार हुनु पर्छ । काभ्रेमा भर्खरै भएको दुर्घटनाको पाटो पनि आउँदैछ । अनुसन्धान गर्दै जाने हो भन पत्रकारहरु नाङ्गिदै जानु पर्ने अवस्था छ । प्रहरी भित्र त्यस्तै छ । सेना भित्र त्यस्तै छ । सेनालाई अख्तियार लाग्दैन । लाग्न लाग्या थियो लोकमान सिं कार्कीले सम्धीको कामका लागि प्रयोग गर्न खोजेका थिए । प्रहरी अहिले थिलथिलो छ । हामी कसरी जोगिन सक्छौं । हाम्रा गतिविधीहरुका बारेमा धेरै पटक प्रश्न उठ्ने गरेको छ । पाथिभरा अनलाईनको कुरा पटके भएको छ । पहिले हामीले त्यसको सम्पादकलाई माफि मगाएर छाडेका थियौं । हाम्रो पनि केहि समस्या देखियो । पत्रकारलाई चाहिँदा बजाउने नचाहिए पछि बाटोको मादल जस्तै गरिदिने । अनि पत्रकार बाँच्नका लागि बालुवा खानी, ढुंगा खानीमा लाग्न थालेका छन् । अनलाईनमा गलत समाचार राख्ने र युट्युवमा ग्राहक बढाएर पैसा लिने स्वार्थमा लागेका छन् । मध्यरातमा रक्सि खाएर समाचार राख्ने पत्रकारहरु पनी छन् । गुगलले पैसा तिर्छ भनेर त्यस्तो पोस्ट गर्नेलाई पक्राउ गर्न प्रहरी निरिह छ । हामी पनी त्यस्तै छौं । विदेशमा गएर पक्राउ गरेर ल्याउने र अनुसन्धान गर्न सहज पनि छैन । प्रविधिले सहज र असहज दुबै बनाएको छ । प्रविधिको सदुपयोग गर्नु पर्छ । सामाजिक सञ्जालमा छरपस्ट हुने क्रम रोकिनु पर्छ । अहिलेको सबै भन्दा ठुलो चुनौती त्यहि हो । 
    हामी रणनैतिक हिसाबले भौगोलिक हिसाबले सबभन्दा महत्वपूर्ण भुगोलमा छौं । हामीले क्यास गर्न सक्यौ भने चीन र भारतबाट थुप्रै कुरा लिन सक्छौं । हामी नेपाली सामान्य पत्रकार मात्र होइन । हामीले चाह्यौ भने धेरै कुरा गर्न सक्छौं । चीनबाट पेट्रोल पनि ल्याउन सक्छौं । खासाको नाका पनि खोल्न सक्छौं । तर हाम्रो भूमिका सकारात्मक हुनु पर्छ । हामीले सरकार टु सरकार मात्रै होइन तपाई हाम्रो भूमिका, लेखाई, क्रियाकर्ममा पनि भर पर्छ । चीनको प्राथमिकता हामी होईनौं । उसको संवेदनशिलता हो । त्यसमा हामीले खेल्ने होईन फाईला लिने हो । सि जिनपिङ्ग नेपाल आउने कुरा सरकार परिवर्तनसँगै रोकियो । त्यो सहयोग अन्यत्र गयो । त्यसले हामीलाई घाटा ग¥यो । हामी फेरी भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर ल्याउँदै छौं । गणतन्त्र दिवसमा हरेक वर्ष नेपालमा छिमेकी देशका प्रमसख आउने कुरा महत्वपूर्ण कुरा हो । मनमा लागेका कुरा मात्र लेख्ने होइन देशको सुरक्षा, संवेदनशीलता,  देशको चासो सरोकारलाई हामी पत्रकारहरुले जिम्मेवार मर्यादित लेख्न कोसिस ग¥यौ भने नेपालमा असम्भव भन्ने कुरा केही छैन । हामी सबैले राम्रा कामका लागि राम्रै चेष्टा गरौं । चेष्टालाई फेरी पनि बधाई र शुभकामना ।