2024 April 27/ 09:32: 35am

शिक्षक, कर्मचारी, पत्रकार निर्वाचित
    बनेपा/नेपाली काँग्रेस काभ्रेको कृयाशिल सदस्यता विवादका कारण पहिलो चरणमा हुन नसकेको अधिबेशन दोश्रो चरणमा शुरु भए पनि प्रदेश, संघ र जिल्ला समितिको सम्पन्न नहुँदै स्थगित भएको छ । कृयाशिल सदस्यताका सूची सार्वजनि भए लगत्तै शुरु भएको वडा र पालिका अधिबेशनमा ताण्डव नृत्य प्रस्तुत गरिएको छ । वडा र पालिका अधिबेशनमा ब्यवसायीक भनिने पत्रकारहरु, शिक्षकहरु, गाउँपालिका र नगरपालिकामा कार्यरत कर्मचारीहरु समेत कांग्रेसका विभिन्न समितिमा निर्वाचित भएका छन् । 
    निर्वाचन समितिका संयोजक सबै शिक्षक हुन् । केहि शिक्षक नेपाली काँग्रेसको इकाई सभापति भएका छन् भने केहि क्षेत्रिय प्रतिनिधि बनेका छन् । केहि पालिका स्तरका पदाधिकारी बनेका छन् । रोशी गाउँपालिकामा कार्यरत दुई कर्मचारी इकाईमा निर्वाचित भएका छन् । आफै कर्मचारी आफै नेता बनेर नेपाली कांग्रेसका प्रतिनिधिहरुले ताण्डव देखाएका छन् । वडा अधिबेशन सकिए लगत्तै प्रतिनिधिको हिसाब किताब शुरु गरेका काँग्रेसका दुई समुह संस्थापन र केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईको समुहले पालिका स्तरमा समुहगत प्रतिस्पर्धाको तयारी गरेको थियो । पालिकास्तरको अधिबेशनको अघिल्लो साँझ पार्टी सभापति मधु आचार्यले अधिबेशन स्थगित भएको, निर्वाचन समितिका संयोजक भागेको जस्ता तुच्छ शब्द राखेर आफै र आफु मातहतका समुहका कार्यकर्ताहरुलाई सूचना प्रभाव गराए । फेसबुक लाईभ गरे । तर ३ घण्टा पनि टिक्न नपाउँदै उनले उनका समुहका सबैले स्टाटस हटाए । नगरको नेतृत्व गर्छु भनेर कुर्लनेहरु पनि वडामै पराजय भए पछि समुहमा सूचना पोस्टाएर बस्न थाले । कांग्रेसको कार्यकर्ताहरु आचार्यको उक्त रबैयाबाट आजित भए । भोलिपल्ट अधिबेशनका लागि हलमा पुगेका कार्यकर्ता रोक्न आचार्य समुहले अधिकतम प्रयास ग¥यो । धुलिखेलमा त अधिबेशन हलमा आफै ताला लगाएर आफै खोल्न पुगे । विमल ब्याञ्जुलाई संस्थापन समुहले उम्मेदवार बनाएर पछि मञ्जुकुमार कोँजुलाई बनाएको थियो । तर पनि त्यो समुहको पत्तासाफ भयो । 
    बनेपामा महेशकुमार कर्माचार्यले १ मतले विजय हात पारे । उनि शिव हुमागाई निकट समुहका हुन् । पाँचखालमा सहमतिमा हुमागाई समुहले संस्थापन समुहलाई सभापतिमा छाडिदियो । हुमागाई समुह बलियो भएर पनि मण्डन देउपुरमा पराजय भोग्न पुग्यो । जिल्ला पार्टी कार्यालयमा आफै ताला लगाउन लगाएर आफै खोलेका सभापति आचार्य समुहले फोरमको साथ लिन खोजे पनि फोरम आफै पत्तासाफ भयो । १३ वटा पालिकामा खानिखोलामा फोरमका उम्मेवदारले सभापति पाए । आचार्य समुहले १२ मध्ये २ वटामा मात्रै सभापतिमा उम्मेदवारी विजयी गराउन सक्यो भने हुमागाई समुहले १० वटा पालिकामा आफ्नो पकड बनायो । प्रदेश र संघीय समिति सहित जिल्ला  समितिमा विजयी हुने लक्षण देखेपछि अनेक तिकडम गरेर रोक्ने प्रयास केन्द्रिय समितिका कारण सफल जस्तै देखिए पनि हुमागाई समुह काभ्रेमा बलियो बनेको छ । वडाहरुमा पनि हुमागाई समुहले बहुमत प्राप्त गरेको छ । 
    १ सय ३५ वडा, नगर र गाउँपालिका, ४ वटा प्रदेश सभा र २ वटा संघीय सभाको निर्वाचनका लागि शिक्षक संघमा आवद्ध शिक्षकहरुलाई निर्वाचन अधिकृत बनाईएको थियो । वडा अधिबेशन मंगलबार आयोजना गरिएको थियो । १ सय ३५ जना शिक्षक एकै दिन बालबालिकाहरुको पढाई छाडेर कांग्रेसको वडा अधिबेशन गराउन सहभागि भएका थिए । पत्रकार महासंघका पुर्व अध्यक्षहरु भोला थापा, ईश्वरी ओझा, महेश पौड्याल, नारायण सापकोटा, वर्तमान अध्यक्ष बद्रिराज तिमल्सिना, सदस्यहरु मधुसुदन तिमल्सिना, मोहनकृष्ण तिमल्सिना, कौशलराज खड्का, कपिल कोईराला, शंकर अधिकारी, रामकृष्ण चापागाई, रोशन तिमल्सिना, महेन्द्र थिङ, सुदिप भोम्जन, राजाराम गौतम काँग्रेसको निर्वाचनमा क्षेत्रिय प्रतिनिधिका उम्मेदवार बनेका थिए । राजाराम गौतमले गुटका कारण वडामै पराजय ब्यहोर्नु प¥यो भने भोला थापालाई पनि थोरै मतान्तरले पराजय गराए । पत्रकार रामृकृष्ण चापागाई पराजित भए । नारायण सापकोटा, रोशन तिमल्सिना, महेन्द्र थिङ र सुदिप भोम्जन नगर सचिव भए । पत्रकाहरु स्वंय पार्टीको निर्वाचनमा प्रत्यक्ष सहभागि भए पछि स्वच्छ र सन्तुलित पत्रकारिता प्रति आमनागरिकहरुले चिन्ता ब्यक्त गरेका छन् । 
    पत्रकार महासंघको नेतृत्व ब्यवसायीक, स्वतन्त्र, निश्पक्ष हुने हो कि ? कुनै पार्टी निकट ? प्रश्न उठ्न थालेको छ । पत्रकार महासंघको विधानमा राजनीतिक दलको प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्न नपाउने ब्यवस्था गरेको छ । पत्रकारीतामा रहुञ्जेल पार्टीका प्रत्यक्ष निर्वाचनहरुमा उम्मेदवार नै बन्ने पत्रकारहरुलाई यस अघि विदा गरेको छ । स्थानीय तथा प्रतिनिधि र प्रदेश सभा सदस्यको उम्मेदवार बन्ने पत्रकाहरुलाई पनि महासंघको विधान अनुसार विदा गरेको अवस्था छ ।     पत्रकार महासंघ उपत्यका समितिका सचिव रोशन पाण्डेले नमोबुद्ध नगरमा संस्थपन समुहबाट सभापति पदमा उम्मेदवारी दर्ता गराएको पनि फिर्ता लिए । दुबै समुहका नेता कार्यकर्ताहरु सहमतिमा जुटेको भए पनि पत्रकार पाण्डेलाई मधु आचार्यले जर्बजस्ति उठाएका थिए । 

सामाजिक सञ्जालमा रोईलो 
    सामाजिक सञ्जालमा काँग्रेस अधिबेशनका बारेमा स्थान पाएको छ । हार्ने भए पछि पार्टी सभापति मधु आचार्यले स्थगितको हल्ला फैलाएर आफु अनुकुल बनाउन खोजेको प्रयास पनि सफल भएको थिएन । अधिबेशन हुनु अघि र भई सकेपछि देखिएका सामाजिक सञ्जालका रोदनहरु हेरिनसक्नु छन् ।  चेष्टाले सामाजिक सञ्जालका केहि महत्वपूर्ण प्रतिक्रियाहरुलाई जस्ताको तस्तै प्रस्तुत गरेको छ । 

१३ पालिकामा को–को भए वडा सभापति ? 
शिव हुमागाई समुह

बनेपा–महेश कर्माचार्य (निर्वाचनबाट विजयी) 
पनौती–रामशरण भण्डारी (निर्विरोध निर्वाचित) 
रोशी– दुधराज लामा (निर्विरोध निर्वाचित) 
नमोबुद्ध– कुन्साङ लामा (निर्विरोध निर्वाचित) 
तेमाल– ज्ञानबहादुर तामाङ (निर्वाचनबाट निर्वाचित) 
बेथान्चोक– प्रेमबहादुर तिमल्सिना (निर्वाचनबाट निर्वाचित) 
धुलिखेल– विदुरबहादुर बस्नेत (निर्वाचनबाट निर्वाचित) 
भुम्लु– दावा लामा (निर्विरोध निर्वाचित) 
चौरीदेउराली– शेरबहादुर तामाङ (निर्विरोध निर्वाचित) 

पूर्व फोरम समुह
खानीखोला– दोर्जेमान लामा (निर्विरोध निर्वाचित) 

संस्थापन समुह
पाँचखाल– सञ्जय लामा (निर्विरोध निर्वाचित) 
मण्डनदेउपुर– कश्यप पौडेल (निर्वाचनबाट निर्वाचित) 

महाभारत – आज हुँदै

पालिकाहरुमा कुन वडामा को–को सभापति ? 
धुलिखेल नगरपालिकाः
वडा नम्वर १) शान्ता लामा २) दर्णबहादुर खत्री ३) मधुसुदन खत्री ४) उत्तम तिमल्सिना ५) भवसागर रञ्जितकार ६) सुर्वण चोच्छे ७) दिपेश घिनाङ्गजु ८) प्रमोद कोईराला ९) बलराम सिग्देल १०) बुद्ध लामा ११) नारायणप्रसाद ओझा १२) हिरा लामा
बनेपा नगरपालिकाः १) मिठाराम दुलाल २) रामप्रसाद घिमिरे ३) दिवाकर दाहाल ४) गोपाल श्रेष्ठ ५) देवराज थापा ६) श्याम श्रेष्ठ ७) बेनगोपाल तौजले ८) बुद्धशरण मानन्धर ९) गणेशप्रसाद सापकोटा १०) राजु श्रेष्ठ ११) राजेन्द्र थापा १२) प्रेम शर्मा वाग्ले १३) राजेन्द्र जोशी १४) रोशन लामा 
पनौती नगरपालिकाः १) लक्ष्मण सापकोटा २) उद्धवप्रसाद बोलखे ३) धु्रर्व सापकोटा ४) महेश थापा ५) रामकाजी केसी  ६) सुधिर सापकोटा ७) जीवनरघु श्रेष्ठ ८) देवराज बञ्जारा ९) भरत रावल १०) महेन्द्रप्रसाद काफ्ले  ११) पुरुषोतम हुमागाई १२) राजेन्द्र केसी 
नमोबुद्ध नगरपालिकाः १ं)  प्रेम लामा २) रामहरी आचार्य ३) मुरारी पौड्याल ४) इन्द्र गैरापिप्ले  ५) सुरे लामा ६) धनध्वज तामाङ ७) गोपाल कुईकेल ८) रामसुन्दर श्रेष्ठ ९) कान्छामान तामाङ १०) लालकाजी तामाङ ११) शंकर भट्टराई 
मण्डनदेउपुर नगरपालिकाः १) सु्मन तामाङ २) राजकुमार मल्ल ३) रेणु बजगाई ४) धुर्व्र तिमल्सिना ५) सागर लामिछाने ६) कुमार ढकाल ७) नारायण सापकोटा ८) तिलक गुरागाई ९) माधव नेपाल १०) हरिबहादुर श्रेष्ठ ११) दिपेन्द्र तामाङ १२) ज्ञानेन्द्र पराजुली 
पाँचखाल नगरपालिकाः १) ज्ञानबहादुर लामा २) रामेश्वर दाहाल ३) प्रकाश तिमल्सिना ४) रमेश श्रेष्ठ ५) राजु सापकोटा ६) श्याम दुलाल ७) रामशरण दंगाल ८) शिव सापकोटा ९) बद्रिप्रसाद पौड्याल १०) सुर्दशन आचार्य ११) नवराज सेढाई १२) उत्तम सिटौला १३) सुकबिर तामाङ 
बेथान्चोक गाउँपालिका ः१) मर्दन सिं तामाङ २) नवराज केसी ३) मोटप्रसाद सापकोटा ४) कर्ण तामाङ ५) खचेन्जी बहादुर लामा ६) भिमबहादुर तामाङ 
तेमाल गाउँपालिकाः १) कुलदास तामाङ २) बहादुर तामाङ ३) विष्णुबहादुर तामाङ ४) जितपुर तामाङ  ५) अर्जुन तामाङ ६) विकुलाल तामाङ ७) इन्द्रमान तामाङ ८) कृष्णबहादुर घिसिङ्ग ९) विलबहादुर तामाङ 
खानीखोला गाउँपालिकाः १) श्यामकाजी भ्लोन २) दशरथ लामा ३) डम्बरबहादुर घिसिङ्ग ४) शुक्रबहादुर गोले ५) सुवास लोप्चन ६) च्यासाङ्ग रुम्बा ७) क्षेत्रमान घ्यावा 
रोशी गाउँपालिकाः १) मंगल तामाङ २) प्रताप लामा ३) सुर्यबहादुर लामा ४) टंकमान लामा ५) धावा लामा ६) नारायण बहादुर शिवाकोटी ७) राजकुमार मैनाली ८) मिकासजित लामा ९) दामोदर श्रेष्ठ १०) सुरेश योञ्जन ११) मिनबहादुर रुचाल १२) विचकुमार भोम्जन 
महाभारत गाउँपालिकाः  १) ताराबहादुर राना २) दमैसी वाईवा ३) प्रकाश थिङ्ग ४) संजीव वाईवा ५) कमल बहादुर वाईवा ६) जीवन वाईवा ७) जीतबहादुर पाख्रिन ८) नरविर घलान 
चौरीदेउराली गाउँपालिकाः  १) शुशिल लामा २) डम्बर बहादुर लामा ३) नारायणकुमार थोकर ४) महेन्द्रराज गौतम ५) सपिन्द्र गौतम ६) दिपेन्द्र चौलागाई ७) चन्द्र लामा ८) देवहरी कँडेल ९) कमल तामाङ 
भुम्लु गाउँपालिका ः १) अम्बरि सिं महत २) सुजन भण्डारी ३) विक्रम तामाङ ४) सुर्य लामा ५ं) अञ्जलकुमार लामा ६) बासुदेव थपलिया ७) पेम्बा लामा ८) हरिबहादुर उप्रेति ९) भरतप्रसाद पराजुली १०) शंकर तामाङ