2024 April 27/ 10:52: 41am

    बनेपा/नेकपा एमालेका युवा नेता, समाजसेवी, व्यवसायी रत्नकुश रंजितले कोभिड –१९ को प्रभावले समस्यामा परेका ६ सय परिवारलाई खाद्यान्न  वितरण गर्नु भएको छ ।
 बनेपा नगर क्षेत्र आसपासमा दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका विपन्न परिवारलाई खाद्यान्न वितरण गर्नु भएको हो । बनेपा नगर क्षेत्र भित्र जनागाल, बाँस्डोल, भैंसेपाटी सागाँ नयाँबस्ती, बुडोल लगाएत नगरका सम्पुर्ण वडाका दाल, चामल, तेल, नुन, साबुन, चिनी, चिउरा लगायतका खाद्यान्न सामाग्री वितरण गर्नु भएको रञ्जितले बताउनु भयो । कोरोना संक्रमणको लहर बढिरहेको अवस्थामा संक्रमण रोकथाम र नियन्त्रणका लागी  निशेधाज्ञा भए पछि ज्यालामजदुरी गर्नेहरुका लागी उक्त राहत तथा अबस्था हेरेर नगद तथा औषधी समेत वितरण गरेको रञ्जीतले वताउनु भयो । आफुले ब्यापार बाट केहि रकम सामाजिक क्षेत्रमा खर्च गर्ने उदेश्य अनुरुप उक्त कार्य गरेको बताउनु भयो । विगतका वर्षहरुमा समेत विभिन्न क्षेत्रमा सामाजीक क्षेत्रमा उक्त कार्य गर्दै आएको र आफुलाई भित्रै देखी सामाजिक सेवा गर्ने ईच्छा भएर नै कोरोनाको कहर तथा असाहाय र दुखी पिडितहरुलाई सहयोग गरेको रञ्जितले वताउनु भयो । रञ्जितले बनेपा नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनको लागि २० वटा बेड दिनु भएको थियो भने दैनिक ज्यालादारी गरेर खाने परिवार लाई खाद्यान्न सहयोग गर्नु भएको थियो । मास्क, स्यानिटाजर लगायत स्वास्थ्य सामाग्री समेत वितरण गर्नु भएको थियो ।