बनेपा/काभ्रे जेसिजको आयोजनामा जेसिजका पदाधिकारीहरुलाई एकदिने लोम अफिसर सम्बन्धि प्रशिक्षण दिएको छ ।
तालिमको प्रमुख अतिथी नेपाल जेसिज वर्ष २०२१ का महासचिव जेसिआई सिनेटर विकास मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथी मानन्धरले जेसिज आफैमा अनुशासित संस्था भएकाले यसबाट नेतृत्व र क्षमताको विकास हुने बताउनु भयो । यो एक विशुद्ध सामाजिक संस्था भएकाले यसबाट जेसिजका सदस्यहरुको क्षमता र दायित्व बोध गजराउने रहेको बताउनु भयो । तालिम संयोजक तथा काभ्रे जेसिजका अध्यक्ष सुभाष बैद्यले निर्वाचित पदाधिकारीहरुलाई जेसीजको बारेमा जानकारी दिने तथा एक वर्षको अबधिमा भुमिका, निर्वाह गर्नुपर्ने कार्यहरु, दायित्व एवं जिम्मेवारीको बारेमा जानकारी र एक वर्ष काम कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिएको बताउनु भयो । जेसिजले १ वर्ष भित्र गर्ने सामाजिक कामहरु, नेतृत्व र क्षमता विकस सम्बन्धि प्रशिक्षण दिएको थियो । तालिममा नेपाल जेसीजका एरिया तालिम को–अडिनेटर जेसी अमित कर्माचार्य, नेपाल जेसीजका नेशनल फण्ड राइजिङ कमिटी चेयरपर्सन जेसी विनोद मुनांकर्मी, नेपाल जेसीजका पूर्व उपाध्यक्ष जेसी अतुल प्रसाई लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो । तालिममा प्रमुख प्रशिक्षक जेसिआई इन्टरनेशनल ट्रेन जेसीआई सिनेटर मिलन गुरुङ्ग, नेपाल जेसीज वर्ष २०२१ का महासचिव जेसीआई सिनेटर विकास मानन्धरले प्रशिक्षण दिनृु भएको थियो । तालिम जिल्लामा रहेका जेसीजका ८ वटा शाखा तथा जुनियर जेसीजका ४ वटा शाखाद्वारा संयुक्त रुपमा आयोजना गरिएको ।
काभ्रे जेसीज, काभे्र महिला जेसीज, पनौती जेसीज, धुलिखेल जेसीज, नाल्दुम नगरकोट जेसीज, भकुण्डेबेसी जेसीज, बेथानचोक जेसीज, पाँचखाल जेसीज र बनेपा जुनियर जेसीज, धुलिखेल जुनियर जेसीज, पनौती जुनियर जेसीज, भकुण्डेबेसी जुनियर जेसीज रहेका छन् । तालिममा ८ वटा जेसीजको शाखा तथा ४ वटा जुनियर जेसीजको शाखा बाट ७४ जनाको सहभागिता रहेको थियो । तालिममा स्वागत मन्तब्य काभ्रे जेसिजका कार्यकारीणी उपाध्यक्ष जेसी सुरेन्द्र शुद्धाकारले राख्नु भएको थियो भने धन्यबाद ज्ञापन काभ्रे नाल्दुम नगरकोट जेसीजका अध्यक्ष जेसी आशा देवान श्रेष्ठले राख्नु भएको थियो । कार्यक्रमको सभापतित्व काभ्रे जेसिजका अध्यक्ष सुवाष बैधले गर्नु भएको थियो ।





