2019 November 13/ 05:46: 14am

    धुलिखेल/भ्रमण वर्ष २०२० मनाउन जिल्ला स्तरीय समिति गठन भएको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको अध्यक्षतामा जिल्लामा रहेका विभिन्न संघ सस्थाहरुको प्रतिनिधित्व रहने गरी १ सय ५१ सदस्यीय समिति गठन गरेको छ । 
    समितिमा समन्वय समितिका उपप्रमुख, स्थानीय सरकारका प्रमुख, उपप्रमसुख, प्रजिअ, राजनीतिक दलका प्रमुखहरु, कार्यालय प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, धुलिखेल अस्पताल र काठमाडौ विश्वविद्यालयका प्रशासकिय प्रमुख, पत्रकार महासंघ, जिल्ला स्थिट होमस्टेका अध्यक्षहरु, काभ्रे उद्योग बाणिज्य संघ, धुलिखेल उद्योग बाणिज्य संघ, नगरकोट नाल्दुम पर्यटन समिति, जिल्ला स्थित साईक्लिङ्ग संघ, गैसस, काभ्रे चेम्बर, धुलिखेल चेम्बर, सामुदायिक बन उपभोक्ता महासंघ लगायतका संघ संस्थाहरु सदस्य रहेका छन् । समितिको सदस्य सचिवमा जिल्ला समन्वय अधिकारी रहेका छन् । बैठकले जिल्लाका सबै स्थानीय तहहरुमा स्थानीय स्तरका सरोकारवालाहरु सम्मिलित पालिकास्तरीय समिति गठनका लागि अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै जिल्ला स्तरमा कार्य सम्पादन उप समिति, प्रचार प्रसार उपसमिति लगायतका उपसमितिहरु गठन गरी परिचालन गर्ने, जिल्लास्थित सबै पालिका एवं पर्यटनसँग सम्ववन्धित संघसंस्थाहरुलाई पर्यटन वर्ष, २०२० का सन्दर्भमा एकवर्षिय कार्ययोजना तयारी गरी ३० दिन भित्र जिल्ला स्तरीय समितिमा बुझाउन अनुरोध गर्ने निर्णय गरेको छ । समन्वय समिति प्रमुख उद्धव केसीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै पर्यटन गन्तब्य, टुरिजम प्रोडक्टहरु समेटी एक वर्षको कृयाकलाप सहितको बार्षिक क्यालेण्डर तयार गर्ने र सोही बमोजिम सबै सरोकारवालहरुको सहयोग र समन्वयमा कार्यक्रमहरु संचालन गर्ने, पर्यटन वर्षसँग सम्वन्धित गतिविधिहरुको समन्वय र सहजीकरणका लागि एक पर्यटन डेस्क स्थापना गर्ने, जिल्ला स्तरीय समिति र जिल्ला स्थित पर्यटन सरोकारवालाहरुको सहभागितामा एक अभिमुखीकरण तथा अन्र्तक्रियात्मक कार्यशाला गोष्ठीको आयोजना गर्ने निर्णय गरेको छ । पर्यटन वर्ष सफल बनाउन अन्य थप कार्यक्रमहरु जिल्ला स्तरीय समिति एवं कार्यसम्पादन समितिले तयार गरी अगाडी बढाउने निर्णय भएको समन्वय प्रमुख उद्धव केसीले जानकारी दिए ।