2019 November 13/ 05:07: 08am

    धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सरकारले गतिविधि माथी निषेध गरेको नेत्र विक्रम चन्द ‘विप्लव’ समुहका जिल्ला सेक्रेटरी सहित तीन जनालाई विशेष सर्च अभियान बाट पक्राउ गरेको छ । 
    प्रहरीले गरेको विशेष अप्रेसनमा जिल्ला सेक्रेटरी र अन्य दुई कार्यकर्तालाई फरक फरक स्थानबाट पक्राउ गरेको हो । जिल्लाको विकट गाउँपालिका खानीखोलाबाट केन्द्रिय नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ८ जना नेताहरु पक्राउ परे पछिका सबैभन्दा ठुलो नेता जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको हो । थोकरलाई केन्द्रिय कमिटीले १५ दिनअघि मात्रै काभ्रेको सेक्रेटरीमा नियुक्ति गरेको थियो । लामो समय परिवारको सम्पर्कमा नरहेकी सुन्तली कार्तिक ६ गते बुधबार राति बुबा आमा भेट्न अस्थायी बसोबास रहेको पनौती नगरपालिका ९ नौविसे आएका बखत घरबाटै प्रहरीको टोलीले पक्राउ गरेको हो । एसपी जयराज सापकोटाका अनुसार सुन्तली थोकरको साथबाट पार्टीका दस्तावेज सहित अन्य महत्वपूर्ण कागजातहरु बरामद भएको छ । प्रहरीले रोशी गाउँपालिका वडा नम्वर ६ सिपाली चिलाउनेबाट रोशी गाउँपालिका वडा नम्वर ५ सिसाखानी घर भएका ३० बर्षिय आसमान तामाङ र रोशी गाउँपालिका वडा नम्वर ३ शिखर आम्बोटे घर भएका ३१ बर्षीय अनन्त थापा मगर उपनाम भएका कृष्णबहादुर मगरलाई पक्राउ गरेको छ । आसमान जिल्ला कमिटी सदस्य हुन् । 
को हुन् सुन्तली ? 
    प्रहरीले पक्राउ गरेको विप्लव समुहका जिल्ला सेक्रेटरी सुन्तली थोकर सशस्त्र युद्धका क्रममा १३ वर्षको उमेर देखि भूमिगत भएकी थिईन् । साविक साल्मेचाकल घर भई जनविकास माविको कक्षा ७ मा अध्ययन गर्दा गर्दै उनका सहपाठी साईला तामाङलाई २०५९ सालमा प्रहरीले पक्राउ गरी गोली ठोकेर मारेपछि उनी अखिल क्रान्तिकारीको राजनीतिबाट भूमिगत भईन् । ७ छोरी र २ छोरा मध्ये उनी साईली छोरी थिईन् । सुन्तली भन्दा अघि उनकै ठुलोबुबाको छोरी रमिता थोकर माओवादीमा सक्रिय थिईन् अभियानकै उनको निधन भएको थियो । हाल बाग्मती गाउँपालिकाका अध्यक्ष रहेका मध्ु तामाङले सुन्तली लगायतलाई पार्टीमा प्रवेश गराएका थिए । निरन्तर पार्टीका विभिन्न पदमा रहेर योगदान पु¥याएकी सुन्तलीले शान्ति प्रकृयासँगै कोशिपारीको जागृति माविबाट +२ अध्ययन सकेर हाल ब्याचलर तहको अध्ययन गरिरहेकी थिईन् । शान्ति प्रकृयामा जिल्ला विकास समितिको सहयोगमा महिला एकता तथा रुपान्तरण अभियान अन्र्तगत सामाजिक अभियानमा रहेर काम गरेकी थिईन् । ताल्ढुङ्गामा रहेको नेपाल टेलिकमको टावर निर्माणमा पनि एक समय उपभोेक्ता समितिमा रहेर समेत काम गरेकी थिईन् । युद्धका क्रममा ९ महिना जति सेनामा रहेर सक्रिय भईन् । 
    २०६९ सालसम्म उनी जिल्ला सचिवालय सदस्य हुँदै ब्युरो सदस्य, ताम्सालिङ्ग क्षेत्र सदस्य, तामाङ मुक्ति मोर्चाको केन्द्रिय सदस्य, अनेमसंघ क्रान्तिकारीको केन्द्रिय सदस्य, ताम्सालिङ्ग स्वायत्त प्रदेशको सदस्य थिईन् । केहि समय विरामी भएकाले उनी पार्टी काममा सक्रिय हुँदा हुदै उनि जिल्ला बाहिर थिईन् । लामो समय घर बाहिर रहेकाले अस्थायी बसोबास गरिरहेको स्थान पनौती ९ नौबिसेमा बसिरहेका बुबा आमालाई भेट्न घरमा आएका बखत प्रहरीको टोलीले पक्राउ गरेको हो । उनको परिवार भुकम्पले गाउँमा घर भत्काएपछि त्यहि बस्दै आएको छ । २०६९ सालमा बैद्य समुहसँग अलग भएकी सुन्तली ६ वर्ष देखि विप्लव समुहमा कृयाशिल थिईन् । 
दस्तावेज बरामद
    पक्राउ परेकी जिल्ला सेक्रेटरीको घर र साथबाट प्रहरीले १७ थान पुस्तक बरामद गरेको छ । एकीकृत जनक्रान्ति, महिला हनी २ थान, अग्नि ज्वाला पत्रिका, विश्व प्रसिद्ध जनक्रान्तिहरु, माओत्सेतुङ्गका संकलित सैनिक रचनाहरु, विज्ञानका प्रमुख सिद्धान्तहरु, महान बहस, जनक्रान्ति लगायतका छन् । पार्टीका सदस्यता फाराम, परिचयपत्र, सामान्य खालका चारवटा, प्रेस विज्ञप्ती, चन्दा संकलनको प्याड, पत्र लगायतका सामाग्रीहरु बरामद गरेको छ । 
प्रहरीको अप्रेसन
    जिल्लाको विकट महाभारत गाउँपालिकामा विप्लव समुहले सिलिण्डर विस्फोट गराए लगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रेले विप्लव समुह पक्राउ गर्न अप्रेसन शुरु गरेको छ । एसपी जयराज सापकोटाका अनुसार मध्यरातमा विप्लव समुहका जिल्ला सेक्रेटरी सुन्तली थोकर शंखुको इट्टेबाट पक्राउ परेकी हुन् । यसैगरी रोशी गाउँपालिकाको सिसाखानीबाट दुई नेता पक्राउ परेका छन् । यसअघि जिल्लाको टोलीले हेमन्तप्रकाश ओली सहितका नेताहरुलाई पक्राउ गरेको थियो ।
नेतृत्व हेरफेर
    विप्लव समुहले जिल्लाका सबै कमिटीहरु हेरफेर गरेको छ । जिल्ला कमिटीको सेक्रेटरीमा लेखराज गजमेर ‘अग्रिम’ को स्थानमा सुन्तली थोकरलाई जिम्मेवारी दिईएको छ । जिल्ला कमिटीलाई छरितो बनाउँदै केहि नेताहरुलाई हटाईएको छ । पुराना केहि नेताहरुलाई त्यहि जिम्मेवारी दिईएको छ । रमेश नेपाली सहितका नेताहरुले पुरानै जिम्मेवारी प्राप्त गरेका छन् । कान्छा लामा, सागर मैनाली लगायतलाई जिल्लाको जिम्मेवारीबाट हटाईएको छ । विप्लब समुहले भातृ संगठनहरु सबैमा नेतृत्व परिवर्तन गरेको छ । दलित संघमा पुनः रमेश नेपाली चयन भएका छन् । उनले पुरानै जिम्मवारी नमोबुद्ध र धुलिखेल नगरपालिकाको इन्चार्जको समेत जिम्मेवारी प्राप्त गरेका छन् । प्रहरीले पक्राउ गरेका आसमान तामाङ जिल्ला सदस्य हुन् भने अनन्त थापा मगर काभ्रेको जिम्मेवारीमा छैनन् । 
आक्रामक योजना
    विप्लव समुहले नयाँ नेतृत्व गठन गरेसँगै जिल्लामा गतिविधि बढाएको छ । संगठन निर्माणसँगै राज्यसत्तालाई असफल बनाउन छुट्टै जनसत्ता स्थापना गरेको छ । जनसत्तासँगै सेनाको तालिम र प्रशिक्षणका लागि युवाहरुलाई आब्हान गरेको छ । सदस्यता बृद्धिलाई तिब्र बनाएको छ । चन्दा संकलन, भण्डाफोर अभियान, जनसंगठन परिचालन लगायतका कार्यमा कृयाशिल भएको जिल्ला सदस्य रमेश नेपालीले जानकारी दिए । राज्य सत्ताका सबै काम असफल बनाउन गतिविधि संचालन गरिरहेको उनले बताए ।