2026 July 31/ 08:30: 05am

    पनौती/जिल्ला स्तरीय अनुगमन समितिको आयोजनामा जिल्ला प्रशाससन कार्यालय, उद्योग वाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला समन्वय समिति, काभ्रे उद्योग वाणिज्य सघं र पनौती नगरपालिकाको समन्वयमा पनौती  बजारमा रहेका खाध्यन्न, मिठाई, मासु पसलहरुको अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला अनुगमन समिति संयोजक भोलानाथ गुरागाईको नेतृत्वमा उद्योग वाणिज्य कार्यालय काभ्रेका प्रमुख रविन घिमिरे, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन काार्यलय प्रमुख मनिषा चापागाई, जिल्ला समन्वय समितिका प्रबेश आचार्य, उद्योग तथा वाणिज्य कार्यालयका रविन्द्र प्रसाद चौंलागाँई, काभ्रे उद्योग वाणिज्य सघंका महासचिब रजित पलाञ्चोके, नेपाल पत्रकार महासघंका अधयक्ष विनोद न्यौपाने लगायत सञ्चारकर्मी र पनौती नगरपालिकाका प्रतिनिधिको टोलीले अनुगमन गरेको थियो ।
          अनुगमनका क्रममा पनौतीको बसपार्कमा रहेको नवदुर्गा स्वीट एण्ड चाट हाउस दर्ता नगरी सञ्चालन गरेकाले बन्द गरिएको, लक्ष्मी स्वीट्समा फोहोर किचेन, म्याद गुज्रेका सामाग्री फेला परेकाले ५ हजार जरीवाना गरी म्याद गुजे्रका सामान नष्ट गरिएको गुरागाईले बताए । अनुगमनमा पसलहरु दर्ता बिना सञ्चालन गरेको, म्याद गुज्रिएका सामाग्री बेचिएको, सरसफाई नभएको, लेबल नभएको फेला परेकोले नष्ट गरिएको अनुगमन संयोजक भोलानाथ गुरागाईले जानकारी दिए । मिठाई पसलमा अखाद्य रङ्ग प्रयोग गरी मिठाई बनाएको र उक्त मिठाई नष्ट गरि सचेत गराईएको, होटलहरुमा सरसफाईको कमी भेटिएकाले सचेत गराईएको गुरागाईले बताए । गुरागाईले बजार अनुगमनलाई तिब्रता दिने र बढी मुल्य लिई सामान बेचिएको भेटीएमा कडा कारवाही गरिने बताए ।