2026 July 31/ 06:36: 26pm

    धुलिखेल/अंग्रेजी नयाँ वर्ष २०२६ जनवरी १ तारिख (पुस १७) को दिन पाँचथरस्थित उत्तरपूर्वी सीमाना चिवाभञ्ज्याङबाट पश्चिम बैतडीको झुलाघाटसम्मको एक महिना लामो १८०० किमी मध्यपहाडी लोकमार्ग साइकल यात्रा शुरुवात भएको छ ।
    उक्त अवसरमा डिल्ली ओली लगायतका स्थानीयले रैथाने उत्पादन छुर्पी सहितको सगुन प्रदान गरिएको थियो । धुलिखेल अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालको सहकार्यमा संचालन हुन लागेको उक्त साइकल यात्रा अभियानबारे धुलिखेल अस्पतालका हाडजोर्नी विशेषज्ञ एवं साइकल यात्राका एक प्रमुख राइडर डा. विकास पराजुलीले अभियानबाट संकलित हुने रकमबाट स्थापित हुने कोष क्यान्सरबाट प्रभावित भई धुलिखेल अस्पतालमा उपचार गर्न आउने विपन्न नागरिकको क्यान्सर निदान एवं उपचारमा खर्च गरिने बताए । 
    क्यान्सर विजेताद्वय हर्क लामा र कविता चित्रकारले आफू क्यान्सरबाट प्रभावित हुँदा र उपचार गर्दाको पीडाबाट पाठ सिकी आगामी दिनमा क्यान्सर प्रभावित आर्थिक हिसाबले विपन्न अन्य नेपाली दाजुभाई दिदीबहिनीले समस्या भोग्न नपरोस् भनेर धुलिखेल अस्पतालसँग सहकार्य गरि यस अभियानमा जुटेको बताए । चिवा भञ्ज्याङमा सम्पन्न साइकल यात्राको थालनी कार्यक्रममा धुलिखेल अस्पतालका प्रा.डा. सुमनराज ताम्राकार, साइकल कल्चर कम्युनिटीका प्रा. डा. तारालाल श्रेष्ठ, ज्ञानेन्द्र स्थापित, फोर्टिन पिकका शिरिषामान, सुजल पौडेल र गोपाल राई लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।     यात्राको क्रममा विभिन्न क्षेत्रबाट सहयोग र समन्वय भईरहेको छ । 

मध्य पहाडी लोकमार्ग साइकल टोली दिक्तेलमा
    अंग्रेजी नयाँ वर्ष २०२६ जनवरी १ तारिख (पुस १७) को दिन पाँचथरस्थित उत्तरपूर्वी सीमाना चिवाभञ्ज्याङबाट पश्चिम बैतडीको झुलाघाटसम्मको एक महिना लामो १८०० किमी मध्यपहाडी लोकमार्ग साइकल यात्रा अभियान चिवाभञ्ज्याङबाट शुरु भएको साइकल यात्रा टोली अभियानको सातौं दिन दिक्तेलमा आइपुगेको छ।
    क्यान्सर विजेता एवं लिड राइडर हर्क लामाको अगुवाइमा अर्को क्यान्सर विजेता एवं लिड राइडर कविता चित्रकारसहित साइक्लिस्ट डा. तारालाल श्रेष्ठ (यस साइकल अभियान यात्राका संयोजक), डा. विकास पराजुली, ज्ञानेन्द्र स्थापितका साथै ८ जना सहभागी छन्।
    धुलिखेल अस्पतालको सहकार्यमा साइकल कल्चर कम्युनिटीको आयोजना भएको उक्त साइकल यात्राको उद्देश्य धुलिखेल अस्पतालमा उपचार गराउन आउने क्यान्सर प्रभावित विपन्न नागरिकको लागि कोष संकलन रहेको प्रा. डा. सुमन राज ताम्राकारले बताए । 
    साथै यात्राभरि ठाउँ ठाउँमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर विषय माथि जनचेतना कार्यक्रम संचालन गर्ने क्रममा प्रा डा सुमनराज ताम्राकारको अगुवाइमा फिदिम, तेह्रथुम र धनकुटाका ५ ठाउँमा सचेतना कार्यक्रम भैसकेको जानकारी गराए । हरेक कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहँदै आएको छ।