2026 August 03/ 03:08: 16am

    धुलिखेल/भदौ २३ र २४ गते भएको विभिन्न आन्दोलनमा ब्यक्तिगत सम्पत्ति तथा सरकारी सम्पत्ति माथी छानी छानी आगजनी, तोडफोड र लुटपाट गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् । काभ्रेपलाञ्चोक जिल्लामा पनि प्रहरीले ‘पक्राउ अप्रेसन’ संचालन गरिरहेको छ । 
    राजधानीमा भएका घटनामा पनि जिल्लाका विभिन्न भुगोलमा कार्यरत ब्यक्तिहरु पक्राउ परिरहेका छन् । प्रहरी मार्ने अभियोगमा पक्राउ परेका काभ्रेका एक युवक पुर्पक्षका लागि कारागार चलान भएका छन् । अहिले होटल हायात लुटपाटमा संलग्न भएको अभियोगमा केहि युवकको पहिचान भएको छ । तर उनिहरु सबै फरार छन् । केहि दिन अघि प्रहरीले मिठाराम अधिकारी, रञ्जन अधिकारी, शम्भुप्रसाद भट्टराई र नवराज भट्टराईको जाहेरीका आधारमा काभ्रे तेमाल वडा नम्वर ५ घर भएका २६ बर्षिय राजकुमार तामाङ सहित चार युवालाई पक्राउ गरेको छ । राजकुमार लगायतको समुहले काठमाडौ जिल्ला बुढानिलकण्ठ नगरपालिकाको वडा नम्वर १०,११ र १२ मा क्षति पु¥याएका थिए । कार्यालयमा प्रवेश गरी तोडफोड गरी महत्वपूर्ण सामान लुटपाट गरी आगजनी समेत गरेका थिए । प्रहरीले आपराधिक उपद्रव सम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ । 
    काभ्रेमा पनि केहि ब्यक्तिहरुको पहिचान गरी प्रहरीले रेकी गरिरहेको छ । घटनामा संलग्नहरु सामाजिक सञ्जालमा चर्का स्टाटस लेखिरहेका छन् । प्रहरीले घटना गर्न उक्साउने र प्रत्यक्ष संलग्नहरुलाई पनि पक्राउको तयारी गरिरहेको छ ।