धुलिखेल/बनेपा नगरपालिका वडा नम्वर ८ बस्ने ५३ बर्षिय जुजुकाजी सिफर २०८२ असोज २२ गते पक्राउ परे । बनेपाको तिनदोवाटो स्थित सार्वजनिक बाटोमा शकास्पद अवस्थामा अन्य मानिसहरुलाई समेत असर पर्ने अश्लील शब्दहरु बोलेर होहल्ला गरेको अभियोगमा उनी पक्राउ परेका थिए । काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला अनुसार २०८१ असोज २ गते पनि उनी मुलुकी अपराध संहिता २०७४ को दफा उपदफा (२) बमोजिम १ महिना कैद र २ हजार जरीवानाका साथै क्षतिपूर्ति बापतको ८ सय पीडित राहत कोषमा जम्मा गरी निस्केका थिए । अदालतले उनलाई कार्तिक १४ गते धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
ललितपुर जिल्ला अदालतले सुबास नेपाली रहेको चोरी मुद्दामा ६ महिना कैद र १५ हजार जरिवानाका सातै ६ सय रुपैयाँ क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गराई दिन २०८० बैशाख २८ गते फैसला भएको थियो । २०८२ असोज २० गते काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्वर १४ साँगामा तथानाम गालीगलौच गरी अभद्र ब्यवहार गरेको अभियोगमा उनी पक्राउ परेका थिए । सिन्धुली जिल्ला साविक ढुडभन्ज्याङ्ग गाविस ६ भई हाल गोलञ्जर गाउँपालिका वडा नम्बर १ बस्ने ३२ बर्षिय सुवास नेपाली सहित सोहि दिन इलाम घर भएका ३० बर्षिय योगेश निरौला र सर्लाही जिल्लाका २० बर्षिय मन्दिप खड्का पनि पक्राउ परेका थिए । उनीहरु तीनै जनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले धरौटीमा छाड्ने आदेश गरेको छ ।
चेतकुमार थोकर समेत भएको जुवा मुद्दामा १७ हजार १ सय जरीवना हुने ठहर भएको थियो । २०८१ माघ ९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौले फैसला गरेको थियो । पुनः चेतबहादुर थोकर बनेपा नगरपालिका वडा नम्वर ६ बाट २०८२ असोज २२ गते एलिसा तामाङको घरमा चोरी गर्न लाग्दा लाग्दै पक्राउ परे । बनेपा ६ बुडोल डाँडा खत्रीगाउँमा एलिसा तामाङको घरमा पसी कोठा फोडी दराजको लक समेत फोडेर सुनका गहना सहित नगद चोरी गरेका थिए । २०८२ कार्तिक १६ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकले उनलाई धरौटीमा छाडन् आदेश दिएको छ ।
सवारी ज्यान अंगभंग भएको अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले सुजन बस्नेतलाई ५ हजार जरीवाना भई कसुरदार ठहर गरेको थियो । त्यस्तै जिल्ला अदालत काभ्रेपलाञ्चोकले जुवा मुद्दामा नवराज खड्कालाई २ सय रुपैयाँ जरीवाना गरेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेले कार्तिक २ गते बनेपा नगरपालिका वडा नम्वर १२ बाट १३ जनालाई जुवा खेलिरहेको स्थानबाट पक्राउ गरेको थियो । सोहि क्रममा बनेपा १२ का ३५ बर्षिय सुजन बस्नेत र सोहि ठेगानाका ४३ बर्षिय नवराज खड्का पक्राउ परेका थिए । उनिहरु सबै जिल्ला अदालतको आदेशमा कार्तिक १७ गते धरौटीमा छुटेका छन् । त्यस्तै २०७७ साल फागुन २१ गते हातहतियार खरखजना मुद्दामा २ महिना कैद र ५ हजार जरिवाना तोकिएका पाँचखाल नगरपालिका वडा नम्वर १ अनेकोटका ३३ बर्षिय सन्तबहादुर तामाङ २०८२ असोज २८ गते अभद्र ब्यवहारमा पक्राउ परेका थिए । २०८२ कार्तिक २२ गते उनी धरौटीमा छुटेका छन् ।
यी प्रतिनिधिमूलक घटना हुन् । धरौटीमा रिहा हुनेहरु वा जेल सजायँ पाउनेहरु पनि पटक–पटक अपराधमा नै जोडिएका छन् । जेनजी आन्दोलनमा पक्राउ परेकाहरु मध्ये अधिकांश त्यस्तै अभियोगमा पक्राउ गरी कारवाही भोगिसकेका छन् ।





