धुलिखेल/क्यान्सर रोगविरुद्ध जनचेतना अभिवृद्धि गर्ने तथा उपचार सहयोग कोष निर्माण गर्ने उद्देश्यले ऋथअष्लिन ायच ऋबलअभच क्गचखष्खब िक्गउउयचत ँगलम अभियान अन्तर्गत देशव्यापी साइक्लिङ यात्रा सुरु हुने भएको छ ।
साइकल कल्चर कम्युनिटीले धुलिखेल अस्पतालसँगको सहकार्यमा आयोजना गर्न लागेको उक्त साइक्लिङ यात्रा आगामी जनवरी १ देखि पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भई बैतडीको झुलाघाटमा सम्पन्न हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । कार्यक्रममा अस्पतालका संस्थापक प्रा. डा. रामकण्ठ माकजु, प्रा.डा. सुमनराज ताम्राकार, डा.बिकास पराजुली, संयोजक तारालाल श्रेष्ठ, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोद न्यौपाने, यातायात व्यवसायी राजेश सुन्दर सैजु, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष कोमल सुन्दर श्रेष्ठ, रोटरी क्लबका प्रतिनिधि रितु सैजु, साइक्लिस्ट तथा क्यान्सर पीडित हर्क लामा र कविता चित्रकार, साइक्लिङ अभियान्ता प्रशान्त श्रेष्ठ र नवराज केसी, साथै काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेश भोछिभोयाले कार्यक्रमका सन्दर्भमा धारणा राखेका थिए ।
कार्यक्रमका क्रममा प्रा.डा.सुमनराज ताम्राकारद्वारा लिखित क्यान्सर सम्बन्धी पुस्तक धुलिखेल अस्पतालका संस्थापक प्रा.डा.रामकण्ठ माकजु लगायतले पुस्तक लोकार्पण गरेका थिए । उक्त यात्राको नेतृत्व क्यान्सरसँग संघर्षरत साइक्लिस्ट हर्क लामाले गर्ने भएका छन् । सन् २०२० मा पिसाब थैलोमा क्यान्सर देखिए पछि धुलिखेल अस्पतालमा उपचार गराएका लामाले उपचारपछि पनि सक्रिय साइक्लिङलाई निरन्तरता दिँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । हालै उनी अफ्रिकामा आयोजित विश्वकै प्रतिष्ठित साइकल प्रतियोगिता “ऋबउभ भ्उष्अ” मा सहभागी भएका थिए । सन् २०१६ देखि निरन्तर प्रतिस्पर्धा गर्दै आएका लामाले नेपालका उच्च हिमालमा समेत साइक्लिङ गरेर देशको नाम विश्वमञ्चमा पु¥याएका छन् ।
त्यसैगरी, स्तन क्यान्सरको तेस्रो चरण पार गरेकी कविता चित्रकार पनि लामासँगै उक्त यात्रामा सहभागी हुने छिन् । उनले अघिल्लो वर्ष विश्वकै उच्च हिमालमा आयोजना गरिएको थ्बप ब्ततबअप ऋथअष्लिन ऋजबििभलनभ – २०२५ मा सहभागिता जनाएकी थिइन् । क्यान्सरको अन्तिम चरणमा पुगेका बेला साइकलिङमार्फत पुनः सक्रिय जीवन पाएकी कविताले यस यात्रामार्फत क्यान्सर रोगीसँग एकता, साहस र प्रेरणाको सन्देश फैलाउने उद्देश्य राखेकी छन् ।
१,८०० किलोमिटर दूरी र करिब ५२,००० मिटर उचाइ पार गर्दै एक महिनासम्म चल्ने यो यात्रा मेचीदेखि महाकालीसम्मका साइक्लिङप्रेमी, सहयोगी र स्थानीय समुदायको सहभागितामा सम्पन्न हुनेछ । यात्राका क्रममा सचेतनामूलक कार्यक्रम, स्वास्थ्य परीक्षण, र स्थानीय संघसंस्थासँगको सहकार्यात्मक गतिविधि सञ्चालन गरिने योजना छ । सहभागीहरूले आफ्नो क्षमता अनुसार मुष्ठीदान वा आर्थिक सहयोग प्रदान गर्न सक्नेछन् । संकलित रकम क्यान्सर पीडित उपचार कोषका रूपमा धुलिखेल अस्पताललाई हस्तान्तरण गरिनेछ ।
नेपालमा हरेक वर्ष झण्डै २२ हजार नयाँ क्यान्सर रोगी थपिने र १५ हजारभन्दा बढीले ज्यान गुमाउने तथ्याङ्कका बीच, यो साइक्लिङ अभियानले क्यान्सर सचेतना, उपचार सहयोग र मानसिक दृढताको सन्देश फैलाउने अपेक्षा गरिएको छ । अभियान संयोजक तारालाल श्रेष्ठका अनुसार, “यो यात्रा क्यान्सरपछि पनि जीवन साहसिक, उद्देश्यपूर्ण र खुशीपूर्वक बाँच्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश दिनको लागि एक महत्वपूर्ण अभियान” हो ।









