2026 August 02/ 04:43: 50am

    बनेपा/आजाद माध्यमिक विद्यालयमा अध्ययनरत २०४९ साल एसएलसी समुह क र ख का विद्यार्थीहरुबाट विद्यालय प्राङ्गणमा सरस्वती मन्दिरको प्रतिष्ठापन गरेका छन् ।
    कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलराम अधिकारी, विद्यालयका पूर्व प्रधानाध्यापक फणिन्द्र अधिकारी, रत्नप्रसाद कायस्थ शिक्षिकाहरु कमलादेवी मल्ली, पूर्णकेशरी कारन्जित, शिक्षकहरु, एसएलसी २०४९ समूहका विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । विद्यालयका  प्रध्यानाध्यापक श्यामकृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व विद्यार्थी सुरेन्द्र श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए । विद्यालयमा सरस्वती मन्दिर स्थापना गरिदिएकोमा पूर्व विद्यार्थी समूहलाई प्रध्यानाध्यापक मानन्धरले धन्यवाद दिएका थिए । विद्यालयको गुणस्तरका लागी पूर्व विद्यार्थीहरुको साथ र सहयोग निरन्तर रहँदै आएको मानन्धरले बताए । विद्यालय एक्लैले गर्न नसक्ने भएकाले अभिभावक, पूर्व विद्यार्थीहरु स्थानीय सरकारको निरन्तर सहयोले नै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने श्याम मानन्धरले बताए । कार्यक्रममा वडा अध्यक्ष बलराम अधिकारीले स्थानीय सरकारको सहयोग रहने र गुणस्तरीय शिक्षामा कुनै कसुर बाँकी राख्न नहुने बताए । सामुदायिक विद्यालयहरुको शिक्षामा गुणस्तर बढ्दै गएकाले अभिभावक र विद्यार्थीहरुको रुची बढ्दै गएको अधिकारीले बताए । मन्दिर निर्माण संयोजक तथा समूहका सदस्य कृष्णगोपाल बैद्यले समुहकोतर्फबाट विद्यालयमा आवश्यक रहेको सरस्वती मन्दिरको निर्माण गरिएको बताए ।