2026 August 02/ 05:34: 07am

बनेपा/जिल्लामै नयाँ खेल डजबललाई ब्यबस्थित गरी सञ्चालनका लागी तदर्थ समिति गठन गरिएको छ । 
    समितिको अध्यक्षमा महेन्द्र विष्ट उपाध्यक्ष रामचन्द्र देउजा, सचिव उत्तम सापकोटा कोषाध्यक्ष विजय मुस्याजु रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुविन मानन्धर, जनक तामाङ, साजन घिमिरे, दिपेन्द बहादुर श्रेष्ठ र प्रितम प्रसाई रहेका छन् । समिति गठनको उद्घाटन बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले गरेका थिए । शाक्यले जिल्लाकै नयाँ खेल भएकाले उक्त खेललाई ब्यबस्थीत रुपमा सञ्चालन गर्नुपर्ने बताए । डजबल खेललाई आगामी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा समेट्नु पर्ने शाक्यले बताए । खेलाडीको स्तर बृद्धि गरी जिल्ला तथा राष्ट्रिय स्तरमा खेललाई चिनाउनु पर्ने शाक्यले बताए । 
    कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष मानविर तामाङ, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप बैद्य, बनेपा नगरपालिका ८ नम्बर वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, केन्द्रिय प्याब्सनका सचिवालय सदस्य हिरा शर्मा नेपाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, बनेपा ब्वाईज क्लबका अध्यक्ष महेश कर्माचार्य, काभ्रे जिल्ला भलिबल संघका अध्यक्ष विक्रम प्रजापति, प्याब्सन काभ्रेका सचिब विमल न्यौपाने, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य ज्ञानकुञ्ज माविका सहायक प्रिन्सिपल नवराज दाहालले राखेका थिए भने कार्यक्रमको सभापतित्व अरुण तिमल्सिनाले गरेका थिए ।