मैले झण्डै २० वर्ष युरिक एसिड भनेर समस्या भोगें । रगतको रिपोर्टले गर्दा पनि धेरै डाक्टरहरूले पनि युरिक एसिडको समस्या भनेर निरन्तर उपचारमा नै लागे । आफ्नो दुखाई र रोगको पीडा अनि डाक्टरहरू सल्लाह र उपचारहरूको के कुरा गर्नु ! हामी यो समस्यामा परेका साथीभाई परिवारहरूले ठुला र नाम चलेको काठमाण्डौंका सबै ठाउँ र डाक्टरहरूलाई देखाई सकेका छौ ।
सुरुमा समस्या भोगेको कुरा बाट सुरु गरौँ । रोग नै थाहा नभएको खुट्टाको जोर्नी ओैलाको दुखाईले पाइला सार्न र हिडन नै नसकिने हुन्थ्यो । सुरुमा दुखाई हुँदासँगै काम गर्ने नेपाल बंैक चरिकोटका साथी राज कुमार कसपालले मन्त्र फुकेर बालेको बत्ती, दियोले हिर्काएर दियोको तापमा मालिस गर्दा क्षणभरमा खुट्टा दुखेको निको पारि दिन्थ्यो । पछि अलि बढी दुख्न थाले पछि अफिसका अर्का साथी फुकफाक गर्ने वैद्य उद्धव न्योैपानेलाई देखाए । उसले थाल ठटाएर टुनामुना गरे । म बसेको घरमा बायु रहेको बताए । बायुले मलाई मात्र होइन न्यौपाने वैद्यलाई नै रातभर दुःख दियो भनेर कोठा सर्ने सुझाव दियो । भन्ने बित्तिकै कोठा सर्न कहाँ पाउनु ? उपाय नभए पछि जे पर्छ पर्छ भनेर खुकुरी सिरानीमा राखेर सुते । धेरै दिन देखीको दुखेको समस्या जे पर्ला भनेर आँट गरेर सुते पछि वायु कता भागे भागे । पछि मेडिकल जाँच पछि युरिक एसिडको समस्या बताए । आफूले नाम नै नसुनेको रोगको बारेमा बुझ्दा बेलायतका राजा महाराजाहरूलाई लाग्ने रोग हो । यो रोग काम केही नगर्ने र बसी बसी मीठो मीठो खानेहरूलाई हुने युरिक एसिड भनेर चिनाए । यसले हाम्रो रगतमा चिनी जस्तो कण बनेर जोर्नीहरूमा अत्याधिक पीडा हुने गरि दुख्ने भनेर थाहा पाए । अब गेडागुडी माछा मासु प्रोटिनयुक्त खाना, रक्सी बियर गोलभेँडा च्याउ पनिर दही केही खान नहुने कुरा बुझियो ।
युरिक एसिड बढ्दा खानपिन बारेर पेनकिलर ओषधीले दुखाई सहन सक्ने भए । ओैषधी उपचारले रोग निको हुन सकेको थिएन । आफूले दुखाई सहन सक्ने भए पेन किलर नखाआंै कि भनेर चरिकोटका डाक्टर कुमार थापासँग सल्लाह लिन पुगेको थिए । वहाँलाई पनि युरिक एसिडको समस्या रहेछ । दुखाईको पीडामा पेन किलर खानु हुँदैन भनेर थाहा हुने डाक्टरले नै बिहान बिहान खाली पेटमा डबल डोज पेन किलर ओैषधी खाएको देखे पछि आफूले पनि खानु नै पर्यो । चरिकोटका अर्का ओैषधी पसल डाक्टर गंगा सागरलाई युरिक एसिड चट्ट निको हुने औषधी छैन भनेर सोध्दा आफू छोराले बोलाएर अस्ट्रेलिया घुम्न गएको युरिक एसिडको समस्याले आफू दुई महिना छोराको कोठा भित्र मात्र बिताएको र कतै घुम्न जान नपाएको पीडा सुनाउनु भयो । त्योबेला मैले राईजिङ्ग बोर्डिङ्ग स्कुलको गेटमा आफ्नो खुट्टाको दुखाईले सधैँ जसो क्वाँ क्वाँ रोई बस्ने थामी महिला देखेको थिए । बाटोमा कोही खोच्याएर हिँडेको देख्दा उसलाई पनि युरिक एसिडको समस्या हो कि जस्तो लाग्थ्यो । योग ध्यान प्राणायाम, मर्निङवाक जे जस्तो गर्दा पनि समस्या झन् झन् बढ्दै गएको थियो । महिना महिना दुख्ने हुँदै हप्ता हप्तामा दुख्न थाल्यो र पछि सधैँ जसो दुखी रहने भान हुन थाल्यो । कुन दिन कुन बेला खुट्टा दुखेर हिडन नसक्ने हुने हो ! यही चिन्ता मनमा रहने भयो । बेलुका सुत्दा ठिक, बिहान उठ्नै नसक्ने हुन्थ्यो । घुँडामा पानी जम्ने सुन्निने अनि महिनौँ सम्म सहन नसक्ने गरि दुख्थ्यो । सय, दुई सय मिटर पनि हिड्न नसकेर अफिस जान नसकेर छुट्टी लिनु परेको दिन पनि थियो ।
म ललितपुर गाबाहाल कार्यालयमा सरुवा भएर आए । चरिकोटमा रहँदा, हात बजार होस् । अन्य दिन पनि एक मुठा साग किनेकै हुन्थे । पाटन कृष्ण मन्दिरको सेरोफेरो नेवारी खाजा, खाना छोईला कचिला, बारा अनेकौँ परिकारबाट टाढा रहेर साग र भात खानुपर्ने मेरो बाध्यता थियो । जहिले पनि म युरिक एसिडको समस्याको निराकरण खोज्थे । योगा, मर्निङवाक सकेसम्म जान्थे । मंगलबजार आयुर्वेदिक ओैषधालयको बाथ रोगको लागि उत्तम योगराज गुलगुल देखि भारतबाट आउने पाउडरको पोकापोका देखि धेरै नेपाली आयुर्वेदिक ओैषधीहरु प्रयोग गरे । आखिर खानपिन नै बार्नु पर्ने र सन्चो हुने ओैषधी भनेको पेन किलर नै हो भनेर बुझियो । साइड ईफेक्ट नहुने भनिएको आयुर्वेदिक ओैषधीहरुमा पनि पेन किलर नै हुने रहेछ ।
एक दिन गाबाहालको क्लिनिकमा युरिक एसिडको सफल उपचारको बोर्ड देखेर नाम टिपाई हाले । बाथ रोग विशेषज्ञ डाक्टर डंगोलसँग मलाई युरिक एसिडको समस्या रहेको हाल धेरै नदुखेको भन्दा भन्दा रगत देखि अन्य सबै चेक जाँचगरी खुट्टाको एक्स–रे समेत गर्न लगायो र यति धेरै ओैषधी दिएर पठायो । सधैँ ओैषधी कति खानु ? त्यसमा पनि पेन किलर कै ओैषधी हाई डोज ! समस्या निराकरण भएन बरु योगराज गुलगुल खादा त्यति धेरै दुख्दैन । अरू ओैषधी भनेको पेन किलरको असर छउन्जेल नदुख्ने हो । डाक्टर डंगोलको पनि सही उपचार नभए पछि वहाँसँग सल्लाह लिन पुगे । बरु आयुर्वेदिक योगराज गुल गुल मेरो लागि राम्रो लाग्यो । हजुरको ओैषधी खाउन्जेल हुने भयो के गर्दा हुन्छ भनेर सल्लाह माग्दा डाक्टर चार्ज नाम टिपाएर फेरी आउनु भनेर पुरानै धेरै ओखती लेखी दिए । मलाई यो ओषधीले युरिक एसिडको सफल उपचार भएन बरु योगराज गुलगुल ठिक लाग्यो । भनेर गुनासो गरे । उसले ठिक भए हुन्छ नभए हुँदैन, मलाई योगराज गुलगुल आयुर्वेदिकको मतलब छैन भनेर ठाडो उत्तर दियो । मैले हाम्रो स्वास्थको बारेमा खेलबाड गर्ने ? पेन किलर दिएर युरिक एसिड निर्मुल हुन्छ ? तपाई कुन डक्टर भनेर भनाभन पर्यो । बाहिर बोर्ड झुण्डाएर नानाथरी चेक गरेर ओैषधी दिएर बिरामी ठग्न बसेको भने पछि अरू धेरै बिरामीहरूले पनि खाली ओैषधी मात्र धेरै दिने भनेर गुनासो पोखे । यसैगरी जाउलाखेलको अल्का हस्पिटलमा वरिष्ठ डाक्टरहरूबाट एकहप्ता बाथ रोग, युरिक एसिडको शिविर सञ्चालन गरेको थाहा पाएर गए । एकदिन ढिलो भयो शिविर सकी सकेको हुँदा थकथक लाग्यो । जानकारी दिने हस्पिटलका कर्मचारीसँग अल्का हस्पिटलमा पनि बाथ रोगको उपचार हुँदैन भनेर सोध्दा खुट्टा खुम्च्याउँदै आउने कति डक्टरहरू नै युरिक एसिडका रोगीहरू भएको थाहा पाए । आफ्नो समस्या जस्ताको तस्तै रहे पनि अरूको रोग निको पार्ने भनेर शिविर राख्नु ओैषधी, चेक जाँच, सबै धन्दाको रूपमा व्यवसाय सञ्चालन गरेको हुन्छ भनेर बुझ्न कठिन भएन । रोग र समस्याले गर्दा मैले डाक्टरहरूको व्यवहार रोगको बारेमा धेरै अनुभव बटुली सकेको छु । कति ठाउँमा डाक्टरहरूले युरिक एसिड चट्टै निको नहुने रोग हो । यसबाट अन्य शरीरका अङ्गहरू बचाउका लागी भनेर ओैषधी दिने गरेको पाइयो । जति समस्याको रोग त्यसै अनुसारको महँगो रोगी बनाएर गरिने ओैषधालयको व्यापार पनि रहेछ । मुख बार्न सके रोगले दुःख नदिने । ओैषधी खाए पनि खाना बार्नु पर्ने अनि जति ओैषधी खाए पनि निको नहुने समस्या भयो । किन निको भएन भन्दा पूर्ण रूपमा ओैषधी सेवन साथै मुख बार्न नसकेको भनेर पन्छिने डाक्टर र वैद्यको बचाउको भनाइहरूले उनीहरूको काम भनेको ओैषधी बिकाउनु मात्र हो भन्ने लाग्न थाली सकेको थियो । कहिले जे खाए पनि केही नहुने, कहिले नहुने केही नखाँदा पनि खुट्टा दुख्ने हुँदा यो दुःख दिने रोग भनेर उपचारमा थाकी सकेको थिए ।
यही वर्ष बुबा बितेको बर्खान्तमा अब सबै खाने कुरा बारेर एक वर्ष नियमित महँगो आयुर्वेदिक ओैषधी खाएर पूर्ण निको हुने आशामा थिए । क्रिया बस्दा भेट्न आउने आफन्तले बनेपाको ऋध्ऋ क्लिनिकमा महिनाको पहिलो शनिवार युरिक एसिड बाथको राम्रो उपचार पाएको उनको सुझाव पछि म पनि चेक जाँचको लागि गए । सबै जाँच पछि डाक्टर प्रवीण खत्रीले मेरो समस्या युरिक एसिड नभएको र मेरो समस्यामा खानामा केही बार्नु नपर्ने बताए । यो कुरा मैले सजिलै स्वीकार गर्न सकिनँ । अहिले मैले खाना बार्नु परेको छैन । हप्तामा खानु पर्ने दुई चक्की ओषधीले मेरो रोगको समस्या निराकरण भएको छ । अहिले म योग प्रशिक्षकको रूपमा नियमित योग गराउन सक्ने भएको छु । रोग समस्या होइन सही समाधान पाउन नसक्नु समस्या हो । भारतको मेदान्त द मोडिसिटीबाट अनुभव प्राप्त बाथ रोग बिशषज्ञ सह–प्राध्यापक डाक्टर प्रविण खत्री भन्नुहुन्छ । सबै बाथका रोग युरिक एसिड होइन सबै बाथ रोगमा नानाभाती मुख बार्नु पर्दैन । सबै बाथका लक्षण एउटै जस्तो भए पनि फरक फरक क्याटागोरीको बाथको समस्याको निराकरण पनि फरक तरिकाले गर्नुपर्ने हुन्छ । त्यसैले रोग अनुसारको ओैषधी उपचार सही समाधान हो । रोगको लागेर भौँतारी रहनु भएकाहरूले सही उपचार पाउन सकोस् । मैले जस्तो दुःख अरूले भोग्न नपरोस् भनेर मेरो आफ्नो अनुभवका कुरा लेखेर यहाँहरु समक्ष राखेँ । तपाईँहरू डाक्टर प्रविण खत्रीसँग बनेपा ऋध्ऋ क्लिनिक तथा काठमाडौँ प्ःऋ हस्पिटलमा जाँच गराउन सक्नु हुनेछ ।









