2026 August 03/ 03:00: 23pm

          बनेपा/बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र बनेपा नगरपालिकाको साझेदारीमा बनेपा नगरपालिका एक सय गृहिणी महिलाहरुको सशक्तिकरण सम्बन्धी उद्यमशीलता तथा सिप विकास तालिम सम्पन्न गरेको छ । 
तालिम समापनमा नगर प्रमुख शान्तिरत्न शाक्यले सिप सिकेपछि प्रयोमा ल्याई आत्मनिर्भर बन्नुपर्ने बताए । सिप सिक्ने तर प्रयोगमा नल्याउँदा राज्यको लगानी त्यसैखेर गएको शाक्यले बताए । नगरपालिकाले प्रत्येक वर्ष विभिन्न प्रकारका तालिमहरु प्रदान गर्दै आएको शाक्यको भनाई रहेको थियो । कार्यक्रममा उप–प्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, वडा अध्यक्षहरु, महिला शाखा अधिकृत भगवती तामाङ लगायतले शुभकामना मन्तब्य राखेका थिए । 
          तालिममा मखमल र छालाको जुत्ता बनाउने २० दिने तथा क्रिस्टलका गहना बनाउने १५ दिने तालिम प्रदान गरिएको थियो । कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।