धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्बर ३ अन्तर्गत पञ्चकन्या आधारभूत विद्यालयले विद्यालयको विद्यार्थीहरू बीचबाट क्याप्टेन र भाइस क्याप्टेन छनोट गर्ने गरी प्रजातान्त्रिक निर्वाचन विधि अपनाएको छ ।
१ सय ९२ जना मतदाता सहितको नामावली प्रकाशन गरी रन्जना रेग्मी मतदान अधिकृत रहने गरी जिल्ला निर्वाचन आयोगको कार्यालय धुलिखेलबाट ब्यालेट बक्स समेत ल्याई निर्वाचन गरेको हो । जसमा क्याप्टेनतर्फ तीन जना र भाइस क्याप्टेनतर्फ चारजना प्रतिस्पर्धी रहेका थिए । उत्कृष्ट निर्वाचन पद्दति अपनाइएको यस कार्यक्रममा विद्यार्थीहरु असाध्यै खुसी र हर्षोल्लास रहेको जानकारी छ । निर्वाचन कार्यक्रमको समन्वय तथा सञ्चालन ठाकुरनाथ शिक्षक ठाकुरनाथ गौतमले गरेका थिए । त्यसको प्रमुख व्यवस्थापन प्रधानाध्यापक प्रकाश हुमागाईले गरेका थिए ।
कार्यक्रममा शिक्षक अमृत नेपालले कम्प्युटरका सम्पूर्ण कार्य सम्पन्न गरेका थिए । शिक्षक शिक्षक रञ्जना रेग्मी, गङ्गालक्ष्मी जोशी, मिना चौलागाईं र र सुनिता गुइदले निर्वाचन कार्य सञ्चालन गरेका थिए । विद्यालयमा २ सय १२ जना विद्यार्थी अध्ययनरत छन् ।









