2026 August 03/ 04:25: 17pm

        धुलिखेल/नेकपा एमाले धुलिखेल र नमोबुद्ध नगर कमिटीले नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३२ औं स्मृति दिवस मनाएको छ । 
    धुलिखेलमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर कमिटी अध्यक्ष विष्णु धितालको अध्यक्षता रहेको थियो । धुलिखेल ११ मा रहेको जननेता मदन भण्डारीको शालिकमा माल्र्यापण गरी उनिहरुको योगदान, संगठन र पार्टीको विचारका बारेमा उत्तिक्कै सान्र्दभिक रहेको सहभागीहरुले बताए । 
    उता नेकपा एमाले नमोबुद्ध नगर कमिटी कार्यालयमा राखिएको जननेता मदन भण्डारी र जिवराज आश्रितको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली ब्यक्त गरिएको थियो । नगर कमिटी अध्यक्ष गणेश मोक्तान लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले नेताहरु उद्धव हुमागाई, टिपी शर्मा तिमल्सिना, कृष्णप्रसाद खनाल लगायतका नेताहरुको सहभागिता रहेको थियो । 

मदन–आश्रित स्मृतिमा युवाहरु एमाले प्रवेश
    मदन–आश्रित स्मृतिमा दिन धुलिखेल नगरपालिका वडा नम्वर १० र ११ का युवाहरु विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् । युवा नेता सौरभ लामाको नेतृत्वमा बुद्ध तामाङ र कुन्साङ तामाङ, धुलिखेल ११ बाट सुरेश तामाङ नेकपा (एमाले) मा प्रवेश गरेका हुन् । प्रवेश गर्ने युवाहरुलाई एमाले बागमती प्रदेश कमिटी सदस्य एवं एमाले काभ्रेका पुर्व अध्यक्ष अशोक ब्याञ्जुले स्वागत गरेका थिए ।