2026 August 03/ 04:26: 43pm

    धुलिखेल/चालु आर्थि वर्षको २०८२ जेठ ६ गतेसम्म जिल्लामा ६ सय ९५ जनामा डेंगु संक्रमण देखिएको छ । पुरुष ३ सय ६७ र महिला ३ सय २८ जनामा संक्रमण देखिएको हो । हालसम्म काभ्रेपलाञ्चोक जिल्लामा २ हजार १ सय १५ जनामा डेंगु संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा एक जना ब्यक्ति संक्रमित छन् । उनी मण्डनदेउपुरका हुन् । 
    आर्थिक वर्ष २०८०÷२०८१ मा काभ्रेमा २ सय ५१ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । तथ्यांक अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा महिला १ सय ३५ र पुरुष १ सय १६ गरी २ सय ५१ जनामा डेंगु संक्रण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७९÷२०८० मा ६ सय ८२ जनामा डेंगु संक्रण भएको थियो भने आर्थिक वर्ष २०७८÷२०७९ मा भने ४ सय ८७ जनामा संक्रमण देखिएको थियो । चालु वर्षको १० महिनामा सबै भन्दा धेरै बनेपा नगरपालिकामा संक्रमण देखिएको छ । बनेपामा २ सय ५० जनामा संक्रमण भएको छ । पाँचखालमा ११२, धुलिखेलमा १११, पनौतीमा ९६, मण्डनदेउपुरमा ४९, भुम्लुमा ३७, नमोबुद्धमा १५, रोशीमा १२, बेथान्चोकमा ५, तेमालमा ३, महाभारतमा २, चौरीदेउरालीमा २ र खानीखोलामा १ गरी ६ सय ९५ जना संक्रमित भएका छन् । 
    अघिल्लो वर्ष पनि जिल्लामा सबै भन्दा बढी बनेपा नगरपालिकामा डेंगु संक्रमण देखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बनेपा नगरपालिकामा ८९ जना, धुलिखेल नगरपालिकामा ४५ जना, पनौतीमा २८, पाँचखालमा १४, नमोवुद्ध नगरपालिकामा ३३ जना, मण्डनदेउपुर नगरपालिकामा २४, रोशी गाउँपालिकामा १०, भुम्लु र तेमाल गाउँपालिकामा २÷२ जना, खानीखोला गाउँपालिकामा,बेथानचोक गाउँपालिका, महाभारत गाउँपालिका र चौंरीदेउराली गाउँपालिकामा १/१ जनामा डेंगु पुष्टि भएको छ । जिल्लाका ग्रामिण भेगमा भन्दा शहरी क्षेत्रमा डेंगुको संक्रमण बढी देखिएको छ । यद्यपी आर्थिक वर्ष २०७९/२०८० को तुलनामा जिल्लामा डेंगु संक्रणको दर उल्लेख्य घटेको छ । गत आर्थिक वर्ष २०७९/२०८० मा ६ सय ८२ जनामा डेंगु संक्रण भएको थियो । पछिल्लो समय सचेतनाका कार्यक्रमलाई तिव्रता दिइएकाले पनि संक्रमणदरमा कमी आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेकी प्रमुख रागीश्री कक्षपतिले जानकारी दिइन् ।
    डेगु नियन्त्रणका लागि पालिकाहरुले पनि सचेतना सहितका विविध कार्यक्रम गर्दै आइरहेका छन । आर्थिक वर्ष २०७८÷७९ मा भने ४ सय ८७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ३ वर्षको तथ्यांकलाई हेर्दा डेंगु संक्रणदरमा उतारचढाव देखिएको छ । डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । त्यसैले लामखुट्टेको टोकाईबाट बच्नु नै संक्रमणबाट बच्ने उत्तम उपाय हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिज एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ ।
    एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।