धुलिखेल/२०८० माघ २६ गते मण्डनदेउपुर नगरपालिका वडा नम्वर १ रानिवनमा १७ बर्षिया बालिकाले शौचालयमा बच्चा जन्माईन् । २०८० जेठ महिनामा डिकेडी इट्टा भट्टामा इट्टा लोड अनलोड गर्ने क्रममा रोल्पा रुन्टीगढी वडा नम्वर ५ बस्ने २१ बर्षिय सुरेन्द्र घर्तिसँग प्रेम सम्वन्ध पछि शारिरिक सम्वन्ध राखेकी थिईन् । असुरक्षित सम्वन्धका कारण बालिकाको पेटमा हुर्कँदै गएको बच्चा शौचालयमा जन्मिएको हो ।
सुरेन्द्र भट्टामा काम गर्दै आएका थिए । २१ बर्षिय लक्काजवान युवक सुरेन्द्रले हुँर्कदै गरेकी १७ बर्षिया बालिका माथी आँखा गाड्यो । विस्तारै चिजनाज ग¥यो । सधै इट्टा भट्टामा लोड अनलोड गर्ने भए पछि चिनजान नहुने कुरै भएन । प्रेम सम्वन्धमा पारेर सुरेन्द्रले बालिकासँग सम्वन्ध राखे । बालिकाले विवाह नगरी सम्वन्ध नराखौ पनि भनेकी हुन् । सुरेन्द्र आफैले मानेनन । २०८० जेठ महिनाको एक रात सुरेन्द्रले बालिकालाई टहरामा बोलाए । राति कोहि नभएको मौका पारेर उनिहरु दुबैले सहमतिमा सम्वन्ध राखे ।
सम्वन्ध राखेको केहि समय सुरेन्द्र सम्पर्कमा नै थिए । वर्षात शुरु भयो । भट्टामा काम कम भयो । उनि केहि समय घर गएर आउने वाहना बनाएर बालिकासँग छुट्टिए । यता बालिकाको पेटमा बच्चा हुर्कँदै गयो । सुरेन्द्र फर्केनन मात्रै हैन सम्पर्कमा पनि आएनन् । बालिकाले पेटको बच्चा लुकाई रहिन् । पेटमा हुर्किएको बच्चा एक दिन बाहिर आउनु नै थियो । अनेक पटक उनले बच्चाको बाबु र बच्चाका बारेमा सोचिन् । एक्लै चिच्याईन् । कराईन् । सुन्ने कोहि थिएन । किनकी त्यो लुकेर भएको थियो । अन्ततः २०८० माघ २६ गते विहान आमा घाँस काट्न बारीमा गएकी थिईन् । बुबा काममा गएको समय थियो । बालिकालाई विहानै देखि पेट दुख्यो । शौचालय जाँदा त्यहि बच्चा जन्मियो । छोरी थिईन् ।
बच्चा चिच्याए पछि बालिका अचेत जस्तै भईन् । वरपरका मान्छेहरुले सुने । घाँस काटन् गएकी आमालाई बोलाए । बाबुलाई पनि खवर गरे । सबै जम्मा भएर बालिकालाई घटनाका बारेमा सोधपुछ गरे । उनले सविस्तार लगाईन् तर सुरेन्द्र सम्पर्कमा आएनन् । केहि सिप नलागे पछि अभिभावकहरुले उनि विरुद्ध जर्बजस्तिकरणीमा जाहेरी दिए । अहिले पनि सुरेन्द्र सम्पर्कमा छैनन । करिव एक वर्ष उनिहरु आफैले पनि खोजतलास गरे । अन्तिममा प्रहरीकोमा जाहेरी दिए । प्रहरीले सरकारी वकिल कार्यालय मार्फत मुद्दा दर्ता ग¥यो । २०८२ बैशाख २२ गते जिल्ला अदालतमा दर्ता भएको अभियोगमा सुरेन्द्र घर्तीलाई पक्राउको माग गरिएको छ भने पिडीत बालिकालाई क्षतिपुर्ति सहित उनिबाट जन्मिएको शिशुको रेखदेखको समेत माग गरिएको छ । पिडीत बालिका अभिभावकको संरक्षणमा छिन् ।









