2026 August 03/ 04:26: 44pm

ई. अच्युत अधिकारी
       २०४६ को बहुदलीय प्रजातन्त्र र वर्तमान व्यवस्थाको प्रादुर्भावका लागि विशिष्ट योगदान गरेको एउटा प्रखर राजनितिक व्यक्तित्व, जो विगत १५–१६ वर्ष देखि गम्भिर स्वास्थ्यको कारण प्रत्यक्ष राजनितीमा ओझेलमा परेको, उहाँको दुःखद अवशानको खबरको सन्दर्भमा एउटा स्मृति ।  २०५१ साल मंसिरको आम चुनावपछि नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठित १३ सदस्यिय मन्त्रीमण्डलमा एउटा ४० वर्षिय जोशीला युवा सञ्चार मन्त्री थिए ! उनि तत्कालीन राष्ट्रिय सभाका सदस्य थिए । 
       बहुदलीय प्रजातन्त्र प्राप्तीपछि २०४७–०५१ सम्म नेपाली कांग्रेसले सञ्चार मन्त्रालय अविच्छीन्न चलाएको थियो । देशमा पत्र पत्रिका बाहेक सरकारबाट सञ्चालित दुईवटा मात्र सञ्चार माध्यम रेडियो नेपाल र नेपाल टेलिभिजन थियो । सरकारको आफ्नो कार्यक्रमको प्रचार प्रसार रेडियो नेपालको “घटना र विचार” भन्ने कार्यक्रम मार्फत गथ्र्यो । सो कार्यक्रम २०४७ कार्तिक देखि २०५१ मंसिर सम्म धेरै समय पुरुषोत्तम दाहाल र पछि केहि अवधि देवप्रकाश त्रीपाठीले प्रस्तुत गरेका थिए । 
      २०५१ मंसिर २८ गते, भोलिपल्ट हुदै गरेको आम चुनावको अघिल्लो दिन २८ म म्याग्दी जिल्लामा कार्यालयको आवासमा बेलुकाको घटना र विचार कार्यक्रम सुन्दै गरेको झलझली सम्झन्छु, प्रस्तोता देवप्रकाश त्रीपाठीले भनेका थिए, आदरिणीय श्रोता महानुभावहरु, भोली आम चुनाव हुँदैछ, तपाईको अमुल्य भोट रत्नपार्कको रेलिङ भाच्नेहरुलाई दिनुहुन्छ कि प्रजातान्त्रीक समूहलाई दिनुहुन्छ ? भनेर नेपाल भरी बज्ने एउटैमात्र रेडियो नेपालबाट नेपाली कांग्रेसको लागि प्रचार गरेका थिए । त्यो बेला मौन अबधि, आचार संहिता अहिलेको जस्तो थिएन । 
तर उनले भनेअनुसार भएन, सो चुनावले नेकपा एमालेलाई पहिलो ठूलो दलको हैसियतले सरकार गठन गर्ने बनायो । सञ्चार माध्यम कस्तो अवस्थामा थियो भन्ने एउटा उदाहरण । 
          नयाँ सरकार गठन पछि नयाँ सञ्चार मन्त्री आएपछि रेडियो नेपालमा मुख्य घटना र विचार कार्यक्रम प्रस्तोता नयाँ नियुक्त भए,कुन्दन  अर्याल ( हालका डा. कुन्दन, ०७४ मा नेकपाको संयुक्त सरकारका प्रमुख राजनितिक सल्लाहकार) । कुन्दन अर्यालको सहकर्मी दूइ तिन जना सहायक प्रस्तोता मध्ये एक जना थिए गोकुल प्रसाद बाँस्कोटा, उनै बाँस्कोटा काभ्रे क्रजिल्लाबाट नेकपा एमालेको तर्फबाट लगातार दुईपटक सांसद विजयी, ०७४ मा नेकपाको संयुक्त सरकारमा पहिले सञ्चार तथा सूचना प्रविधि राज्य मन्त्री, पछि मन्त्री, पछि शहरी विकास मन्त्री समेत बन्न सफल ।
         २०४३ – २०४६ तिर म आफ्नो कक्षाको किताब कण्ठ पारिसकेपछि अलि फरक खालका किताब तिर बढि चाख दिएर पढ्न थालेको थिएँ । बा ले घरमा संग्रह गर्नुभएका संस्कृत पुस्तकहरु, महाभारत, रामायण, शुकसागर, कृष्णचरित्रामृत आदि , २०४५ देखि अलि अर्कै परिवेशका किताबहरु भेट्टाउन थालेँ  सुर्जेमानको बाल्यकाल” , “देउमाइको किनारमा”, “जेनी माक्र्स ” , “लेनिनका संग्रहहरु” “भूतप्रेतका कथाहरु”, “मानव महाकाव्य”, लक्ष्मी बाई, झाँसीकी रानी आदि आदि ! 

प्रसंग मनमोहन अधिकारी मन्त्रीमण्डलका एउटा मुख्य सदस्य सञ्चार मन्त्रीको सन्दर्भ .....            
           २०५२ फाल्गुण १ गते तत्कालीन माओवादीले हिंसात्मक राजनितिक आन्दोलन शुरू गर्यो । २०५४ को जेठको ४ र १३ गते भएको स्थानीय चुनावमा नेपाली जनताले लगभग ६०% स्थानमा नेकपा एमालेलाई विजयी बनाए । तर २०५४ फागुन २१ गते नेकपा एमालेका तत्कालीन उपमहासचिव वामदेव गौतम अनि सहाना प्रधान, सि पि मैनाली, राधाकृष्ण मैनाली लगायतको नेतृत्वमा एमालेलाई विभाजन गरी नयाँ पार्टी नेकपा मालेको नामको पार्टीको उदय भयो । २०५६ मा आम चुनावमा नयाँ बनेको “नेकपा माले” ले एक सिट हासिल गर्न सकेन, तर धेरै ठाउँमा एमालेलाई हराउन सफल भो । 
           हो,  सोहि २०५६ को चुनावमा काठमाण्डौ क्षेत्र नं १ र ३ बाट उम्मेद्वार बनेका मनमोहन अधिकारी, चुनावी सभालाई सम्बोधन गर्दा गर्द स्वास्थ्यमा समस्या भई केहि दिनमा दिवंगत भए पछि स्थगीत चुनाव पछि उप चुनावमा नयाँ उम्मेद्वार काठमाण्डौ १ नम्बरमा प्रदिप  नेपाल र ३ नम्बरमा ईश्वर पोखरेल उम्मेद्वार भई दुवै जना जन निर्वाचित भएका थिए , ईश्वर पोखरेल पनि पहिले राष्ट्रीय सभाका सदस्य थिए । 
२०५६–२०५८, २०५८–२०६१ राजनितिक अवस्था र द्वन्द एकदमै दुःखद, नकारात्मक, अन्योलग्रस्त थियो । तर कान्तीपुर पत्रीकामा हरेक सोमबार एउटा लेख आउथ्यो । आशातीत, परिस्थितीको गम्भीर विष्लेषण, विचारमा सुदृढ, अडिग , त्यस्तो परिवेशमा पनि त्यस्तो लेख्न सक्ने आँट ! २०६२–६३ को आन्दोलनमा महत्व पूर्ण भूमिका, २०६३÷०१÷१२ मा गठित मन्त्रीमण्डलमा शिक्षा तथा संस्कृती मन्त्री ( गृह पाउनु पर्ने अडान भएको तर..........) २०६४ चैत्रमा सम्बिधान सभाको पहिलो चुनावमा काठमाण्डौ क्षेत्र नं १ क्षेत्रमा नेपालमै पहिलोपटक विधुतीय उपकरणबाट मतदान शुरुवात गरिएको चुनावमा कांग्रेसका प्रकाशमान सिंह बाट पराजित भएपछि नेपालको राजनितिक प्रचार बाट ओझेल,
गम्भीर स्वास्थ्य समस्याबाट आक्रमण ! 
            हो ! उहि व्यक्तित्व !  जस्ले “सुर्जेमानको बाल्यकाल” “देउमाईको किनारमा” अनि तत्कालीन द्वन्दको समयमा कान्तीपुरको सोमबारे विचार पृष्ठमा स्पष्ट रुपमा लेख्ने, २०५१.०९.१३ देखि २०५२.०५.२६ सञ्चार मन्त्री, जस्को विचारले मलाई एउटा स्पष्ट बाटोमा उभिरहने शक्ती दिईरह्यो । अल विदा ! प्रदिप नेपाल ।।