2026 August 04/ 08:27: 08pm

    शंखु, धुलिखेल/धुलिखेल १२ शंखुमा केहि दिन देखि बसोबास गरिरहेका म्यानमारका रोहिङ्गा शरणार्थीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी मिनबहादुर घले, वडा अध्यक्ष मोहनप्रसाद लामिछाने सहितको रोहवरमा फिर्ता गरिएको छ । 
    ११ परिवारका बच्चा सहित ४९ जना रोहिङ्गालाई फिर्ता गरिएको प्रहरीले जानकारी दिएको छ । उनिहरु स्थानीय विभिन्न स्थानमा हुने काममा संलग्न हुने गरी धुलिखेल १२ शंखु ल्याईएको थियो । केहि दिन देखि रोहिङ्गा बसोबास गरिरहेको विषयका बारेमा जिल्ला प्रशासन र अन्य निकायले चासो दिएका थिए । बुधबार विहान उनिहरुलाई फर्काउने गरी प्रहरी, जनप्रतिनिधि र स्थानीयहरुले छलफल गरेका थिए । 
    बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रमा रहेका टोलमा म्यानमारबाट आएका रोहिङ्गा शरणार्थी बस्दै आएका छन् । लसुनटार र राममन्दिरमा गरी करिब १४ रोपनी जमिनमा ३ सय ५० देखि ३ सय ८० जनासम्म शरणार्थी रहेको अनुमान गरिएको छ । 
    म्यानमारका रोहिङ्गा शरणार्थी बीचका विभिन्न मुलुकको सिमाना पार गरी कहिले र कसरी नेपाल आए सरकारी निकायसँंग स्पष्ट सूचना छैन । संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय शरणार्थी आयोग (यूएनएचसीआर) को नेपाल पक्ष राष्ट्र होइन । शरणार्थीलाई कानुनसम्मत हटाउन सक्ने अधिकार छ । म्यानमारबाट बङ्गलादेश पसेकामध्ये करिब एक सय जना रोहिङ्गा शरणार्थी भारत हँुदै नेपाल प्रवेश गरेको अनुमान गरिएको छ । बङ्गलादेश, भारत, नेपाल र पाकिस्तानका सङ्गठित दलालमार्फत प्रति व्यक्ति २५ देखि ४० हजार भाट शुल्क तिरेर नेपाल आएका हुनसक्ने बताइन्छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पपछि उनीहरू अन्य नागरिकसँंगै रोहिङ्गा सडकमा निस्केपछि सरकार सतर्क हुन बाध्य भएको थियो । यस अघि रोहिङ्गा समुदायले पनौती नगरपालिका—३ कुशादेवीमा टहरा बनाएका थिए । केहि दिनमा नै स्थानीयले अवरोध गरे पछि उनिहरु ठाउँ छाडेर हिडेका थिए ।