2026 August 05/ 12:09: 50am

    बनेपा/जनमतको ४१ औ बार्षिकोत्सव सम्पन्न भएको छ । जनमत वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष मोहन दुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विद्याका १५ जना श्रस्टा सम्मानित भएका छन् । 
    संस्कृति शिरोमणि तथा लेखक हरिराम जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समालोचक तथा लेखकद्धय प्रा.डा.सुषमा आचार्य र प्रा.डा.रामप्रसाद ज्ञवाली, नियात्राकार तथा लेखक डा.दामोदर पुडासैनी, लेखक तथा क्याम्पस प्रमुख पाल्पाका पुस्कर अथक रेग्मिले विशेष अतिथीका रुपमा जनमत वाङ्गमयले समाज र राष्ट्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । जनमतका मानार्थ संरक्षक तथा समाजसेवी राजभाई प्रधान लगायतले सम्मानित ब्यक्तिहरुलाई सम्मान गरेका थिए । बनेपाको अरनिको पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रम संचालन रामसुन्दर देउजाले गरेका थिए । 
    जनमत २०८० बाट कार्यक्रममा दीपा जनमतबाट आकाश अधिकारी तनहुँलाई सम्मान गरिएको छ भने गणेश खिलकुमारी दुवाल जनमत सम्मानबाट किशोर पहाडी, ह्दयचन्द्र बरिष्ठ जनमत साधक सम्मानबाट प्रा.डा.बासुदेवी त्रिपाठी तनहुँ, जनमत जनक प्रधान सेवा सम्मानबाट विनोदराज शर्मा भक्तपुर सम्मानित भएका छन् ।
    त्यस्तै केवलपुरे जनमत सम्मानबाट मोमिला जोशी धनकुटा, जनमत महेन्द्रलाल कलाकार सम्मानबाट कालु कुमाले ललितपुर, जनमत राजभाई सहयात्री सम्मानबाट देवीचरण भण्डारी झापा सम्मानित भएका छन् । भारती जनमत साहित्यिक पत्रकारिता सम्मानबाट चेतनाथ धमला ओखलढुंङ्गा, जनमत केदार सुदर्शना बालसाहित्य सम्मानबाट डा.धु्रर्व घिमिरे नुवाकोट, जनमत मित्र अनुवाद राष्ट्रिय सम्मानबाट मधुसुदन पाण्डेय दाङ, जनमत सिचि धर्म, संस्कृति सम्मानबाट ब्रम्हकुमारी लक्ष्मी दिदी बनेपा, जनमत दीपक बैद्य स्वास्थ्य सम्मानबाट डा.प्रकाशराज रेग्मि पाल्पा सम्मानित भए । जनमत ज्ञानरत्न मंगलतारा राष्ट्रिय सम्मानबाट फुलमान बल काभ्रे, जनमत पूर्णमाया लुचि समाजसेवा सम्मानबाट पूर्णबहादुर गुरुङ सुनसरी सम्मानित भए । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरु सहभागि भएका थिए । सोहि अवसरमा अध्यक्ष मोहन दुवालले जनमत परिषद्को घोषणा गरेका थिए ।