चौरीदेउराली/नेकपा एमाले चौरीदेउराली गाउँ कमिटीले चौरीदेउराली गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
पालिका कमिटी अध्यक्ष बलराम ढुंगानाको नेतृत्वमा नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्य तथा चौरीदेउराली गाउँपालिका ईन्चार्ज ठाकुरप्रसाद बास्कोटा, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं पूर्व वडा अध्यक्ष रेशम चौलागाई, जिल्ला कमिटी सदस्य कुमारी लामा, पूर्व जिल्ला कमिटी सदस्य लिलानाथ गौतम, पालिका कमिटी सदस्य शिब ढुंगेल ४ नम्बर वडा कमिटी अध्यक्ष सन्तोष गौतम लगायतको टोलिले गाउँपालिका अध्यक्ष रेणुका चौलागाईलाई उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।
नेकपा एमाले चौरीदेउराली गाउँ कमिटीले नेपालको संविधान बमोजिम स्थानीय तहको अधिकार सम्बन्धी ब्यबस्था कार्यान्वयन गर्न तथा संघ प्रदेश र स्थानीय तह बिचको सहकारीता, सह–अस्तित्व र समन्वयलाई प्रबद्र्धन गर्दै जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी शुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न लोकतन्त्रका लाभहरुको समानुपातिक, समावेशी र न्यायोचित वितरण गरी कानुनी राज्यको आभाष दिलाउन र जनताको अभिमतद्वारा निर्वाचित स्थानीय सरकारले जनउत्तरदायी काम नगर्दा चौरीदेउराली गाउँपालिका भित्रका नेकपा एमाले तथा नेता कार्यकर्ताहरु मुकदर्शक भएर नरहने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
उक्त पत्रमा पालिकालाई १६ बुँदे ध्यानाकर्षण पत्र समाबेश गरीएको छ । गरीबीको रेखामुनी रहेका जनताहरुको जीवनस्तर उठाउने कार्यक्रम बनाई लागु गर्नुपर्ने, शैक्षिक संस्थामा कार्यकर्ता भर्तिकेन्द्र नभई दक्ष, अनुभबी गुणस्तरीय शिक्षा दिन सक्ने क्षमतावान हाम्रा मान्छे नभई राम्रा मान्छे शिक्षक शिक्षिकाको खोजी गरिनु पर्ने, विद्यालयको दरबन्दी कटौती, मिलान, विद्यालय स्थगन, मर्ज डाउन साईज गर्दा विद्यालय ब्यबस्थापन समिति, प्रशासन र अभिभावकबाट सुझाब संकलन पश्चात मात्र गर्नुपर्ने, माध्यमिक तह सम्मको शिक्षा निःशुल्क भनिएता पनि विभिन्न बहानामा शुल्क उठाईएकाले आगामी शैक्षिक सत्रबाट कुनै पनि शुल्क उठाउन नपाउने निर्णया गर्नु पर्ने, बाढी पीडितको नाममा आएको राहत सामाग्री न्यायोचित रुपमा वितरण नभएकोले सर्वपक्षिय छलफलबाट गर्नुपर्ने, गाउँपालिकाका स्थायी वा अस्थायी तथा करारका कर्मचारीहरुले कुनैपनि पार्टीको कार्यकर्ताको रुपमा काम नगरी राष्ट्रसेवक कर्मचारीको भुमिकामा समान र सहज तरिकाले सेवा प्रदान गर्नेुपर्ने, कृषि स्वास्थ्य, पर्यटन बन सम्बन्धी गाउँपालिकाको तत्कालीन, अल्पकालीन र दीर्घकालीन धारणहरु तत्काल सार्वजानिक गर्नुपर्ने, खाली हुँदै गरेका गाउँ र बाँझा हुँदै गरेका उत्पादन दिन सक्ने जमिनमा माटो परीक्षण गरी उत्पादनलाई बृद्धि गर्दे खाली हुँदै गरेका गाउँबस्तीमा आशा र भरोसाका वातावरण श्रृजना गर्नुपर्ने, जनताको आयस्तर उकास्ने रोजगारी श्रृजना गर्ने, जनताले उत्पादन गरेका बस्तु तथा सेवालाई सहज तरिकाले बजार सम्म पु¥याउने र उचित मुल्यमा विक्री वितरण गर्न वातावरण मिलाउनु पर्ने, स्थानीय सरकार जनउत्तरदायी हुनुपर्नेमा पुर्वाग्राही भएको भन्ने जनगुनासो रहेकाले त्यस्ता कार्य तत्काल बन्द गर्नुपर्ने जस्ता बुदाँहरु ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
उक्त पत्र बुझदै पालिका अध्यक्ष रेणुका चौलागाईले विकासमा कुनै पक्षपात नगरिएको, गत असोजमा गएको बाढीपहिरोमा पूर्ण क्षति भएका ३ सय १७ घर परिवारलाई राहत वितरण गरिएको, सेवालाई चुस्त दुरुस्त बनाउदै डिजिटल सिस्टमा लगिएको, पालिकामा कर्मचारीको अभाव हँुदा समेत संघीय सरकारले कर्मचारी नपाठाँउदा जनतालाई सेवा दिन असहज भएको, पालिकाको आफ्नै भवन नभएकाले भवन बनाउन जग्गा प्राप्तीको काम सम्पन्न गरी भवन निर्माणको प्रक्रिया अगाडी बढेको, गाउँमा सडक, विद्यालय भवन, स्वास्थय शिक्षा सम्बन्धी कामहरु हुँदा समेत स्थानीयहरु गाउमा नबसी शहर पसेको, विद्यार्थी सख्या कम भई ५७ वटा विद्यालय बाट ३२ मा झार्नु परेको बताईन् । पालिकामा विकास गर्न आफु एक्लैले मात्रै सम्भव नभएकाले सबै राजनितिक दल, प्रदेश सरकार र संघय सरकारको सहयोगमा मात्रै सम्भव भएको बताईन् । कर्मचारीहरुले राजनीतिकरण गरेको भए र जनतालाई सेवा प्रदानमा दुःख दिएको रहेछ भने आफुले सचेत गराउने चौलागाईले बताईन् ।





