काठमाडौ/वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.राजेन्द्र कोजुको ‘मुटुको कथा’ सार्वजनिक भएको छ । धुलिखेल अस्पताल स्थापना देखि निरन्तर कार्यरत डा.कोँजु मुटुको संरक्षण तथा मुटु जोगाउ अभियानमा समेत कृयाशिल छन् ।
माघे संक्रान्तिका दिन पारी सार्वजनिक गरिएको ‘मुटुको कथा’ लोकार्पण डा. सन्दुक रुइत, डा. भगवान कोइराला, डा.स्मृति शाक्य, डा.रामकण्ठ माकाजु, बरिष्ठ कलाकार हरिवंश आचार्य लगायतले एकसाथ गरेका थिए । कृति सार्वजनिक कार्यक्रममा समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त पुस्तक बुकहिल पब्लिकेशनले प्रकाशन गरेको छ । प्रकाशनको तर्फबाट भुपेन्द्र खड्काले पुस्तक स्वास्थ्य क्षेत्रको कोसेढुंगा हुने दावी गरे । आवरण सचिन यगोल श्रेष्ठ र डिजाईन उमेश काफ्लेले गरेका छन् ।
साँढे दुई दशक भन्दा धेरै चिकित्सकीय अनुभव भएका डा.कोजु साहित्य र जानकारीमूलक लेखनमा सक्रिय छन् । मुटुको समस्या भएका ब्यक्तिहरुका लागि भगवान जस्तै बनेका डा.कोजु धुम्रपान, रहनसहन मुटुको समस्याको प्रमुख कारण ठान्छन् । युवा देखि बृद्धसम्म ह्दयघातका कारण ब्यक्तिहरुको निधन हुने गरेको उनको अनुभव छ । मुटु बचाउन, मुटुका बारेमा सचेतना फैलाउन र मुटुलाई जोगाउन उनको किताव मुटुको कथा थप सहयोगी बन्नेछ ।









