बनेपा/स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने सहित ३९ जनाविरुद्ध मुद्दा दर्ता हुँदा काभ्रेकी कल्पनाकुमारी श्रेष्ठ पनि परेकी छिन् । उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार थिईन् । साथै उनि नेकपा एमालेको जिल्ला कमिटी सदस्य पनि हुन् ।
भुम्लु गाउँपालिका ५ सल्ले घर भएकी कल्पनाकुमारी श्रेष्ठ सहकारी ठगीमा फरार देखिए पछि मुद्दाको किनारा नलाग्दासम्म पार्टी सदस्यबाट समेत निलम्वन गर्ने तयारी एमालेले गरेको छ । पोखरामा सुर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि सहितका ब्यक्तिहरुसँग बयान र थुनछेक बहस जारी छ । यता काठमाडौं जिल्ला अदालतमा कल्पनाकुमारी सहित ३९ जना विरुद्ध मुद्दा दर्ता भएको छ । दैलेख जिल्ला घर भई भुम्लु गाउँपालिका वडा नम्वर ५ सल्ले घर भएकी कल्पना कुमारी श्रेष्ठ उक्त सहकारीको पुर्व अध्यक्ष तथा कर्मचारीका रुपमा कार्यरत थिईन् । नागरिकता नम्वर ९३१२१÷२०४४, जारी मिति २०५५ साल भदौ १२ गते उनले दैलेखबाट नागरिकता लिएकी थिईन् । कल्पनाकुमारी श्रेष्ठ दैलेखबाट काठमाडौ आई विभिन्न पेशा ब्यवसायमा संलग्न थिईन् ।
नेकपा एमालेको सम्पर्क मञ्च लगायतका विभिन्न कमिटीमा काम गर्दा गर्दै उनि भुम्लुका रामबहादुर श्रेष्ठसँग विवाह गरेर सक्रिय भएकी थिईन् । कल्पनाकुमारीले जिवी राई लगायतलाई सहकारी हस्तान्तरण गरेकी थिईन् । उनी सामान्य परिवारकी हुन् । राष्ट्रियस्तरमा सहकारी ठगी प्रकरणमा चर्चित ब्यक्तिहरु पक्राउ परिरहेका छन् । स्वर्णलक्ष्मी सहकारीमा कल्पनाकुमारी पहिले अध्यक्ष थिईन् । रवि लामिछाने सहितको प्रवेश पछि उनी कर्मचारीको रुपमा कार्यरत भईन् । प्रहरीले दैलेख कल्पनाकुमारी श्रेष्ठ सहितलाई फरार भनेको छ । उनी अहिले छिन् । नेकपा एमाले काभ्रे जिल्ला कमिटीमा उनि दोश्रो कार्यकालको जिल्ला कमिटी सदस्य हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पौष २१ गते आईतबार काठमाडौ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो । सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा रवि लामिछाने सहित स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष जीबी राई, छविलाल जोशी, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सह सचिव कविता तामाङ, सदस्य हेमन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको हो । त्यस्तै, सविना आले मगर, भक्तबहादुर भ्लोन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्व लेखा समिति सदस्य सुनिता नेवा, पूर्व सदस्य शान्तिकुमारी सुवेदी, कर्जा उपसमिति सदस्य रोमन काफ्ले, कमल लामा, व्यवस्थापक नविन अछामी, पूर्व अध्यक्ष कल्पना कुमारी श्रेष्ठ, पूर्वसञ्चालक समिति सदस्य राजु बराल विरुद्ध पनि मुद्दा दर्ता भएको छ । सहकारी ठगी आरोपमा हाल जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पनि थुनछेक बहस चलिरहेको छ । यसअघि काभ्रेका विभिन्न सहकारीमा संलग्न भएका ब्यक्तिहरु ठगी अभियोगमा पक्राउ परेका छन् भने कान्तिपुर फाईनान्समा काँग्रेस नेता सिवी लामा पक्राउ परेका छन् । पातलेखेत घर भएका रामबहादुर गौतमको सहकारी पनि ठगीको सूचीमा परेको छ ।









