2026 June 25/ 03:17: 13am

    बनेपा/युवा बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा पाँचखाल ६ तिनपिप्लेमा एक दिने माटो परीक्षण कार्यक्रम सम्पन्न भएको छ । 
    माटोे परिक्षणमा पचास जना किसानको खेत तथा बारीबाट नमुना संकलन गरिएको थियो । शिक्षा उप–समितिको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य तथा शिक्षा उप–समिति संयोजक कौशलराज खड्का, कृषि तथा भेटनरी प्राविधिक पवन कुमार के.सी., व्यवस्थापक ज्ञानमणि न्यौपाने, माटो विज्ञ बदला कर्माचार्य तथा लेखा अधिकृत निश्चल सापकोटा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै कृषि तथा भेटनरी प्राविधिक पवन कुमार के.सी.ले किसानहरूले समय–समयमा आफ्नो खेतबारीको माटो परीक्षण गराउँदै माटोलाई आवश्यक तत्व कम वा ज्यादा के छ जानकारी राख्नुपर्ने बताए । माटोको उर्वरा शक्ति बढ्नुका सथै दीर्घकालसम्म एकनास फाइदा लिन सकिने उनले बताए । मानिस, पशुपक्षींलाई बाँच्नका लागि खानेकुरा चाहिए जस्तै माटोको पनि लामो आयुका लागि त्यसमा आवश्यक तत्वको सन्तुलन मिलाएर राख्नुपर्ने बताउँदै उनले माटो परीक्षणका बारेमा धेरै किसान अनभिज्ञ रहेको माटो विज्ञ बदला कर्माचार्यले बताए । किसानहरूबाट संकलित माटोलाई थप परीक्षणका लागि प्रयोगशाला ल्याईएको थियो ।