2026 June 25/ 08:42: 45pm

     बनेपा/शब्दयात्रा प्रकाशनले कर्मशिलता पुरस्कार, निशुल्क लेख रचना उपलब्ध गराउने रचनाकारहरुलाई उपहार प्रदान तथा लेखक केदारनाथ तिमल्सिनाद्वारा लिखित पुस्तक परिवर्तनको विमोचन गरेको छ । 
    शनिबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले पुस्तक विमोचन र कर्मशिलता पुरस्कार वितरण गर्दै धर्म संस्कृति र ईतिहासको संरक्षण गर्न सके मात्रै नयाँ पुस्तालाई पुरानो पुस्ताको अनुभव र ज्ञान हस्तान्तरण गर्न सकिने बताउनु भयो । ‘पुरानो पुस्ताको अनुभव र ज्ञान हस्तान्तरण गर्न सके मात्रै धर्म संस्कृतिको संरक्षण गर्न सकिन्छ’–जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले भन्नुभयो–‘शब्दयात्रा प्रकाशनले शुरु गरेको साहित्यिक अभियान र वाङ्गमय क्षेत्रको संरक्षण शुरु भएको छ ।’ 
    अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनले हरेक वर्ष १६ वटा पुस्तक प्रकाशन गरी वाङ्गमय क्षेत्रमा विभिन्न विधा मार्फत समाज परिवर्तनमा योगदान पु¥याउने ब्यक्तित्वहरुको सम्मान गर्दै आएको छ । शब्दयात्रा प्रकाशनले अनुसन्धान केन्द्र तयार गर्ने, पुस्तकालय निर्माण, वाङ्गमय क्षेत्रमा विभिन्न ढंगले योगदान पु¥याउने ब्यक्तिहरुको शालिक निर्माण, सरस्वती मन्दिर निर्माण लगायतका भौतिक संरचना तयार गरी साहित्यीक क्षेत्रमा योगदान पु¥याएका ब्यक्तिहरुलाई सम्मान, अक्षयकोष स्थापना, छात्रबृत्ति वितरणका कार्य गरिरहेको बताउनु भयो । 
    कार्यक्रममा शब्दयात्रा कर्मशिलता पुरस्कारबाट सहकुल थापा नगद १० हजार सहित सम्मानित हुनु भएको थियो । उहाँले सम्मानबापत प्राप्त १० हजार रुपैयामा थप १ हजार १ सय रुपैया थप गरी पुनः शब्दयात्रा प्रकाशनलाई हस्तान्तरण गर्नु भएको थियो । सहकुलको साहित्यिक र सामाजिक यात्राका बारेमा बरिष्ठ लोकगायक मच्छेश्वर सापकोटाले टिप्पणी गर्नु भएको थियो । चौथो पुस्तक परिवर्तन प्रकाशन गर्नु भएका केदारनाथ तिमल्सिनाले पुराना विषयबस्तु समेटेर तयार गर्नु भएको पुस्तकका बारेमा पदम दाहालले टिप्पणी गर्नु भएको थियो । 
    कार्यक्रममा डा. इन्दुल केसी, पदम दाहाल, पुण्यवती घले, सवि पलाञ्चोक, सुनिल सापकोटा, गोविन्द बहादुर खड्का, श्रीधर प्याकुरेल लगायतलाई उपहार प्रदान गरिएको थियो । शब्दयात्रा प्रकाशनले हरेक वर्ष १८ विद्यामा सम्मान गर्दै आएको छ भने पत्रकारिता छात्रवृत्ति समेत उपलब्ध गराउँदै आएको छ । सोहि कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, सम्मानित ब्यक्तित्व सहकुल थापा, पुस्तकका लेखक केदारनाथ तिमल्सिना, टिप्पणीकार मच्छेश्वर सापकोटा र पदम दाहाल, शब्दयात्रा प्रकाशनका चुडाप्रसाद चौलागाई, शिवप्रसाद बञ्जारा लगायतले मन्तब्य राख्नु भएको थियो । शब्दयात्रा प्रकाशनले निर्माण गरेको शालिकका लागि कृष्णमणी कुईकेलले ५० लाख बराबरको ५ आना जग्गा निःशुल्क उपलब्ध गराउनु भएको थियो ।