2026 June 25/ 08:42: 25pm

नागरिकलाई निःशुल्क सेवाका लागि सम्झौता
    बनेपा/रेयुकाई आँखा अस्पताल बनेपाले स्थानीय तहहरुको सहकार्यमा निशुल्क मोतिविन्दु भएका आँखाका विरामीहरुको शल्य क्रिया गरिरहेको छ । हालसम्म स्थानीय सरकारहरुमा १ हजार १ हजार ५ सय ३६ जनाको निशुल्क शल्यक्रिया गरिएको छ । 
    आँखा रोगीहरुलाई थप सेवा सुविधा दिदै आएको अस्पतालले आँखाको शल्यक्रिया गर्दा मेशिनद्धारा गर्ने, कोभिड १९को मध्यनजर गर्दै सातै दिन सेवा दिईएको अस्पतालका सचिब हिरामणी शर्माले वताउनु भयो । अस्पतालले स्थानीय तहहरु बनेपा नगरपालिका, पनौती नगरपालिका ,नमोबुद्ध नगरपालिका तथा बेथानचोक गाउँपालिकाका बासिन्दाहरुका लागि निशुल्क मोतिविन्दुको शल्यकृया गरिरहेको शर्माले बताउनु भयो । स्थानिय तहहरुले पनि नागरीकहरुलाई रेयूकाई एईको मासुनागा आँखा अस्पतालमा गई निशुल्क शल्यकृया गर्नुहुन अपिल गरिरहेका छन् । स्थानिय तहमा कुनै पनि आँखाका बिरामीहरुले पैसा नभएर उपचारमा बञ्चीत हनु नपरोस भन्न २ वर्ष अघि अस्पताल र बनेपा नगरपालिकाले सम्झौता गरेको बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिं बादेले वताउनु भयो ।  बनेपा नगरपालिकाले ७ सय १८ जना आँखाका बिरामीहरुको निशुल्क शल्यक्रिया गरेको बादेले बताउनु भयो । नगरले निरन्तर नगर भित्रका आखाँका रोगीहरुको निशुल्क उपचार गर्ने योजना रहेको बादेले वताउनु भयो । त्यसै गरी  पनौती नगरपालिकामा ५ सय १५ जना नमेबुद्ध नगरपालिकामा १ सय १७, बेथान्चोक गाँउपालिकाका ६६ जना र सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाको ६६ जनाको निशुल्क शल्यक्रिया गरिएको अस्पतालका सचिब हिरामणी शर्माले वताउनु भयो । शर्माले सबै नागरीकहरुलाई कोभिड १९ को मापदण्ड पुरा गरी सेवा दिईरहेको शर्माले बताउनु भयो ।