बनेपा/बनेपा ब्वाईज क्लबको आयोजना तथा बनेपा नगरपालिकाको सहकार्यमा रोजगारी गुमाएर समस्यामा परेकाहरुलाई निःशुल्क खाना खुवाउने कार्य शुरु गरेको छ ।
कोभिड १९ का कारण लामो समय देखि लकडाउन भई रोजगारी गुमाएर प्रत्यक्ष समस्यामा परेकाहरुलाई खाना खुवाउन लागिएको क्लबका अध्यक्ष महेश कर्मचार्यले वताए । बनेपा नगरपालिकाको सहकार्यमा बन्दा बन्दीको अबधिभर सञ्चालन गरीने कर्माचार्यले बताउनु भयो । रोगले भन्दा भोकले कोहि पनि नमरुन् भनेर नगरपालिकाले यसअघि समेत राहत वितरण गर्दै आएको र विभिन्न संघसंस्थाहरु मिलि खाना खुवाउन लागिएको नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले बताउनु भयो । शुरुवात गर्ने कार्यमा बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे, नेपाली कांग्रेस जिल्ला समिति सभापति मधु आचार्य लगायतको सहभागिता रहेको थियो ।









