2026 June 25/ 06:16: 10pm

बनेपा/कोरोना भाईरसको महामारी उकालो लाग्दै छ । नागरिकहरुको जनजीवन कस्टकर बन्दै गएको छ । प्रशासनले अर्काे सूचना नभएसम्मका लागि जारी गरेको सार्वजनिक यातायात सेवा बन्द र धेरै भिडभाड हुने कार्यालयहरुको सेवा सूचारु हुन सकेको छैन । स्थानीय सरकारले पनि नागरिकहरुको स्वास्थ्य स्थिती ख्याल गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । 
कोरोना महामारीको केन्द्र विन्दु बनेको धुलिखेल, बनेपा र अन्य केहि स्थानहरुमा संक्रमण फैलन नदिन सचेतना अपनाईएको छ । धुलिखेलमा ९८ बर्षिय बृद्ध काठमाडौबाट फर्किएसँगै उहाँको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, परिवारका सदस्य र आफन्तहरु धेरै संक्रमित भएका छन् । उहाँको सम्पर्कमा पुग्नु भएका केहि ब्यत्तिहरु पनि संक्रमित हुनु भएको छ । अहिले धुलिखेल नगरपालिकाले एक हजार ब्यक्तिहरुको कोरोना परिक्षण गर्ने गरी काम गरिरहेको छ । स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीको नेतृत्वमा सम्पर्क र शंकास्पद ब्यक्तिहरुको परिक्षण गर्ने कार्य भईरहेको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनु भयो । 
त्यस्तै बनेपा नगरपालिकामा संघीय प्रहरी इकाई बनेपाबाट शुरु भएको समुहगत संक्रमण स्पाईनल इन्जुरी हुँदै समुदायमा प्रवेश गरेको छ । बैदेशिक रोजगारबाट फर्किएका केहि नागरिकहरु संक्रमणको जोखिममा परेका छन् । जिल्लामा संक्रमणको दर उकालो लागिरहँदा निको हुनेहरुको संख्या पनि थपिदै छ । लक्षण भएका र नभएका संक्रमितहरुलाई घरमा, अस्पतालका अलग अलग स्थानमा राखेर उपचार गरिरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।