2026 June 25/ 06:17: 10pm

    जिल्लामा संक्रमितको संख्या १ सय ७४ पुगेको छ । हिजो बुधबार बनेपा नगरपालिकामा ११ जना संक्रमित थप भएका छन् । संक्रमित मध्ये एकै परिवारका ७ जना छन् भने अर्काे परिवारका तीन जनामा संक्रमण देखिएको छ । अर्का एक कर्मचारी पनि संक्रमित भएका छन् । 
    शनिबार एकै दिन ३५ जनामा संक्रमण देखिएको छ भने आईतबार पाँचखाल नगरपालिका वडा नम्वर ४ तामाघाट घर भएकी ३९ बर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । अन्यत्र कार्य गर्ने महिलाका साथीहरुलाई कोरोना संक्रमण देखिए लगत्तै परिक्षणमा जानु भएको थियो । परिक्षणका क्रममा श्रीमानलाई संक्रमण नदेखिएको र महिलामा संक्रमण देखिएको थियो । उहाँलाई पाँचखाल नगरपालिकाको आईसोलेसनमा राखेर उपचार हुँदै छ । जिल्लामा सबैभन्दा धेरै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु संक्रमित देखिएका छन् । स्पाईनल इन्जुरीमा १७, धुलिखेल अस्पतालमा ३०, शिर मेमोरियल अस्पतालमा १, बनेपा १, भुम्लु १, पनौती १ गरी ५१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । 
    त्यस्तै बैदेशिक रोजगारबाट फर्किएका २५, अस्पतालमा विरामी भएका १२, प्रहरी २२, कानुन ब्यवसायी १, जनप्रतिनिधि १, सर्वसाधारण ६१ र कर्मचारी २ गरी १ सय ७४ जना संक्रमित गरेका छन् । जसमध्ये ६७ महिला र १ सय ७ पुरुष छन् । बनेपा नगरपालिका ८१, धुलिखेल ४९, पनौती १२, पाँचखाल ९, नमोबुद्ध ४, मण्डन देउपुर ३, भुम्लु ८, रोशी ३, तेमाल १, बेथान्चोक १, महाभारतमा २ जना संक्रमित देखिएको छन् । जिल्लामा धुलिखेल अस्पताल, संघीय प्रहरी, स्पाईनल इन्जरी र शिर मेमोरियल अस्पतालबाट संक्रमण फैलिरहेको छ । संक्रमणबाट दु्ई जनाको निधन भईसकेको छ ।