2026 June 25/ 04:08: 20pm

स्थानीय कुटेको अभियोगमा जाहेरी दर्ता
धनेश्वर/नेपाली कांग्रेस काभ्रेका उपसभापति गोविन्दबहादुर थापा असार १० गते देखि फरार छन् । विकास निर्माणको क्रममा अवरोध पु¥याउँदै स्थानीयहरुलाई कुटपिट गरे पछि कारवाहीका लागि जाहेरी दिएसँगै उपसभापति थापा फरार छन् । 
‘स्थानीय निरोज थापालाई कुटपिट गरेको अभियोगमा गोविन्दबहादुर थापा विरुद्ध जाहेरी दर्ता भएको छ’–इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्रकुमार तिमल्सिनाले भन्नुभयो–‘घाईतेलाई उपचार गरी घाउ चेकजाँच पछि घर फर्काईएको छ, दोषि भनि किटानी जाहेरी दर्ता गरिएका गोविन्दबहादुर थापाको खोजी भईरहेको छ ।’ उनी प्रहरीमा जाहेरी दर्ता भएको २४ दिन कटाउने अभियानमा लुकेर हिडिरहेका छन् । प्रहरीको नजरमा उनि फरार भए पनि राजधानी तथा आसपासका क्षेत्रमा खुलेआम भएको स्थानीयहरुले बताएका छन् । प्रहरी निरिक्षक तिमल्सिनाले खोजी कार्य तिब्र भएकाले घटनाको अनुसन्धान भईरहेको बताए । 
‘समाजमा पटक पटक अवरोध पु¥याउने गोविन्दबहादुर थापाले २०७७ असार १० गते विहान ७.३० बजेको समयमा बाटोमा हिडिरहेको समयमा बुबा कुमार थापालाई आक्रमण गर्दै गरेको देखे’–घाईते निरोज थापाले भने–‘एक्कासी बुबालाई कुट्न लागेको देखेर मैले छुट्टयाउन खोज्दा मलाई समेत प्रहार गरेर ओठमा चोट लाग्यो । अहिले उपचार पछि फर्किएको छु । ओठमा मात्रै ७ वटा टाँका लगाईएको छ ।’ कुटपिट लगत्तै उपचार र उपचार पछि जाहेरी दिएको उनले बताए । जाहेरी दिए लगत्तै थापा समुहको बैठकले पटक पटक समाजमा अवरोध पु¥याउने र हावा कुरा गर्ने गोविन्दबहादुर थापाको बहिस्कार गर्ने निर्णय गरेका हुन् । संविधान सभाको विघटन हुनै लाग्दा उनले आत्मदाह गर्ने घोषणा गरेका थिए । संविधान नबनी संविधान सभा विघटन भए आत्मदाह गर्ने मिडिया मार्फत घोषणा गरेका गोविन्दबहादुरको सस्तो लोकप्रियताका लागि थियो । एक स्थानीयले भने न उनले आत्मदाह गरे न संविधान सभा संविधान लेखेर मात्रै विघटन भयो । दोश्रो पटक भएको संविधान सभाको निर्वाचनबाट संविधान बनेसँगै मुलक नयाँ राजनीतिक प्रणालीमा हिडेको छ । 
उनी फोरमका जिल्ला सभापति थिए । नेपाली कांग्रेस र फोरमको निर्वाचनताका एकीकरण भए पनि केहि महिना अघि मात्रै जिल्लामा एकीकरण भएको थियो । उनी समायोजन पछि नेपाली कांग्रेसका जिल्ला उपसभापतिको हैसितमा छन् । फोरममा हुँदाको धम्की, शक्ति र झुटो कुरालाई नेपाली कांग्रेसमा हुँदा पनि प्रभावित गर्न सकिने सोचले बनेपा नगरपालिका वडा नम्वर ११ स्थित धनेश्वर मन्दिर जाने सडक निर्माणका क्रममा स्थानीय गोविन्दबहादुर थापा र उनका छोरा केवल थापाले पटक पटक अवरोध गरी स्थानीय निरोज थापा र कुमार थापालाई कुटपिट गरेका थिए । यसअघि उपभोक्ता समितिका अध्यक्ष अर्जुन थापा र वडा अध्यक्ष शिवकुमार थापालाई कुटपिटको प्रयास गरेका थिए । गोविन्द थापा विरुद्ध इलाका प्रहरी कार्यालय बनेपामा सार्वजनिक अपराध सम्वन्धी उजुरी दर्ता भएको छ । 
धनेश्वर जाने बाटोमा नाली बन्दै छ । नाली बनाउने क्रममा र बाटो ढलान गर्ने क्रममा गोविन्द थापासँग सामाग्री नलिएको झोकमा गोविन्दबहादुर थापाले पटक पटक अवरोध पु¥याएको स्थानीयले बताएका छन् । स्थानीय मनोज थापा र आत्मराम थापा मर्निङ्गवाक जाँदै थिए । गोविन्द थापा कराईरहेका थिए । एक्कासी उनले गिट्टीले हाले । साबेलले हाने । त्यो सबै तमासा हेरेर घरको छतमा रहेका गोविन्द थापाका छोरा केवल थापा समेत आएर कुमार थापा र छुट्टयाउन आएका निरोज थापालाई एक्कासी प्रहार गर्न थाले । तत्काल स्थानीयले प्रहरीलाई बोलाए । गोविन्द थापा फरार भए । त्यसअघि १० लाख रुपैयाँमा ढलान हुन लागेको सडकमा समेत गोविन्द थापाको टिपर र सामान प्रयोग नगरिएको झोकमा अर्जुन थापालाई आक्रमणको प्रयास गरे । अर्जुन उपभोक्ता समितिका अध्यक्ष थिए । नगरपालिकाले इस्टमेट गरेको भन्दा थप सामाग्री सहितको कार्य गर्दा गोविन्द थापाले अड्को थापेर स्थानीय क्षेत्रमा विकास गर्न अवरोध पु¥याएको स्थानीय अनिरुद्र थापाले बताए । घटना लगत्तै निरोज थापाले इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनु भएको थियो । ६५ जना थापा परिवारहरुले गोविन्द थापा र उनको परिवारलाई बहिस्कार गर्ने निर्णय गरेको घाईते निरोज थापाले बताउनु भयो । गोविन्द थापाले धनेश्वर गुठीको सार्वजनिक जग्गा कब्जा गरी घर बनाएको, धनेश्वरमा सप्ताह लगाई संकलन भएको पैसा अनियमितता गरेको, ४ लाख रुपैयाँको चेक दिए पनि महिनौसम्म चेक नसाटिएको, धनेश्वर क्षेत्र विकास समितिका नाममा लाखौं रकम संकलन गरी अपचलन गरेको अभियोगमा समेत उजुरीको तयारी गरिएको छ ।