2026 June 25/ 04:08: 48pm

कृषकलाई ब्याज अनुदान
    रोशी/रोशी गाउँपालिकाको सातौ गाउँ सभा सम्पन्न भएको छ । सभाले कोरोनाको महामारीसँगै विकास निर्माण र नागरिकसँग जोडिएका सरोकारका विषयलाई प्राथमिकतामा राखेको छ । अध्यक्ष डिबी लामाका अनुसार सभाबाट पास भएका योजनाहरु समयमै कार्यान्वयन हुनेछन् ।
    सभाले सुशिक्षित नागरिक, स्वच्छ वातावरण, समृद्ध रोशी, भ्रष्टाचार मुक्त समाज निर्माण गर्न प्रत्येक नागरिकहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने नीति तथा कार्यक्रम र बजेट स्विकृत गरेको छ । नागरिकहरुको घर दैलोमा विकासका पूर्वाधारका सहज पहुँच पु¥याउन, उद्यमशिलता र रोजगारीको अवसर सिर्जना गरी जनताको आयस्तरमा बृद्धी गर्ने, बालबालिकाको समान पहुँच र गुणस्तरीय शिक्षाको सुनिश्चित गर्ने, जोखिममा रहेका वर्ग र सामाजिक विभेद, उत्पिडिनमा परेका नागरिकहरुको दूब्र्यवहार, भेदभाव र हिंसाको अन्त्यसँगै समतामुलक विकास मार्फत सम्मानपूर्वक जीवन जिउन पाउने वातावरण निर्माण गर्ने निर्णय गरेको छ । 
सभाले सडक, सिंचाई, उर्जा, संचार, कृषि उद्योग बाणिज्य पर्यटन, सहकारी वित्तिय क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको छ । रोशीको दृष्टि पर्यटन र कृषि भन्ने नाराका साथ कृषिमा विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । जसको मन उसैलाई संरक्षण कार्यक्रम मार्फत बाख्रा, गाई, भैसीहरुको ब्यवसायीक पालन गर्ने कृषकहरुको सम्मान गर्ने, कृषिमा उद्यमशिलता आजको आवश्यकता भन्ने नारालाई ब्यवहारमै उतार्ने निर्णय सभाले गरेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, संस्कृति, समावेशीकरण अन्र्तगत विद्यालय स्वास्थ्य शिक्षा, सिकाई समुह गठन, विद्यार्थीसँग जनप्रतिनिधि, उत्कृष्ट विद्यार्थी तथा शिक्षक छनोट तथा सम्मान,  एक विद्यालय एक नर्स कार्यक्रम शुरु गर्ने अध्यक्ष लामाले बताउनु भयो । 
जसको सवाल उसैको संलग्नता र नेतृत्व, सुत्केरी आमा पोषिलो खाना भन्ने अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ । वातावरण तथा विपद् ब्यवस्थापन मार्फत विभिन्न कार्यक्रमहरु संचालन गर्ने निर्णय भएको छ । सोहि कार्यक्रममा जनताको खुशी सुन्दर र सफा रोशी भन्ने कार्यक्रम तय भएको छ । आर्थिक वर्ष २०७७÷२०७८ का लागि ५८ करोड ९९ लाख ५६ हजार रुपैयाको बजेट पास भएको छ । उपाध्यक्ष लक्ष्मी बर्ताैलाले गाउँपालिकाको सातौ सभामा बजेट प्रस्तुत गर्नु भएको थियो । मैले तिरेको कर, फर्कि आउँछ मेरै घर, सुसंस्कार हाम्रो पहिचान जेष्ठ नागरिकलाई सम्मान, लिदैन म फोहोर, घरमै बनाउँछु मोहोर भन्ने नारा तय गरी रोशी सम्वृद्ध बनाउने अभियान शुरु गरिएको अध्यक्ष लामाले बताउनु भयो । कृषकहरुलाई ५ प्रतिशतमा ब्याज अनुदान उपलब्ध गराउन २० लाख रुपैया विनियोजन गरिएको छ । 
चालु आर्थिक वर्षमा माम्ति कालिदोभान लाखाङग गुम्बा अन्तर पालिका गाउँपालिका जोड्ने सडक वडा नम्व्र १२, डाँडाखर्क कुण्डचौर वाल्टिङ तारे महाभारत जोड्ने सडक, चौकीडाँडा खहरेपाँगु सडक स्तोरोन्नती, वडा नम्वर ३, चारसयबेशी खार्पाचोक चौकीडाँडा सडक वडा नम्वर ७, ८ र ६, ताङलिङ खेल ग्राम वडा नम्वर १, बृहत्त नारायणटार खानेपानी वडा नम्वर १ र २ लगायतका योजनाहरुले नागरिकहरुलाई थप समृद्द बनाउने छन् । प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले कोरोनासँगै नागरिकहरुका दैनीक जीवन सहज बनाउन विभिन्न योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी ढंगले संचालन गरिएको छ ।