धुलिखेल/जिल्ला विपद व्यवस्थापन समितिको बैठक समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैठकमा मनसुनबाट उत्पन्न हुने बाढी पहिरो जस्ता विपदका घटनाहरुको पूर्व तयारी प्रतिकार्य तथा उद्धार, विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको पुनरावलोकन, विपद् उद्धार सामग्रीको व्यवस्था, खोज तथा उद्धार टोली गठन र उक्त टोलीको तालिम, कोभिड–१९ बाट हुन सक्ने संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार, कोभिड–१९ को सन्दर्भमा भारत लगायत तेश्रो मुलुकबाट आउने नेपाली नागरिकहरुको व्यवस्थापन तथा सहजिकरणको लागि सम्बन्धित पालिकाबाट सम्पर्क ब्यक्ति तोक्ने, प्रत्येक पालिकामा क्वारेन्टिन बेड संख्याको कम्तीमा १ सय ५ र आईसोलेसन वार्ड अनिवार्य तयार गर्ने र क्वारेन्टिन कक्षको समुचित व्यवस्थापन गर्ने विषयमा छलफल भई निर्णय भएको थियो । बैठकमा जिल्ला समन्वय समितिको कार्यालय, काभ्रेका प्रमुख उद्धब के.सी, अशोक कुमार व्याञ्जु श्रेष्ठ, नगर प्रमुख धुलिखेल नगरपालिका कार्यालय। टोक बहादुर वाइवा नगर प्रमुख मण्डनदेउपुर नगरपालिका कार्यालय, भिम न्यौपाने नगर प्रमुख पनौती नगरपालिका कार्यालय, लक्ष्मी नरसिंह बादे श्रेष्ठ नगर प्रमुख बनेपा नगरपालिका कार्यालय, टि.पि. शर्मा तिमल्सिना नगर प्रमुख नमोबुद्ध नगरपालिका कार्यालय, महेश खरेल नगर प्रमुख पाँचखाल नगरपालिका कार्यालय, सलाम सिं लामा, अध्यक्ष तेमाल गाउँपालिका कार्यालय, प्रेम बहादुर तिमल्सिना, अध्यक्ष बेथानचोक गाउँपालिका कार्यालय, गुमानध्वज कुँवर, अध्यक्ष भुम्लु गाउँपालिका कार्यालय, लक्ष्मीदेवी होमागाई खतिवडा, सहायक प्रमुख जिल्ला अधिकारी, सुबास खड्का, प्रमुख सेनानी विष्णुदल गण, काभ्रे, रविकुमार पौडेल,प्रहरी उपरिक्षक जिल्ला प्रहरी कार्यालय, पुरुषोत्तम थापा, प्रहरी उपरिक्षक सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हे.क्वा., सरोज निरौला, अनुसन्धान अधिकृत, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, काभ्रे, नेपाली कांग्रेसका उपसभापति अच्युत पौड्याल, डा. नरेन्द्र कुमार झा, प्रमुख, स्वास्थ्य कार्यालय, काभ्रे, टोम प्रसाद सापकोटा, अध्यक्ष गैरसरकारी संस्था महासंघ, प्रकाश मानन्धर, अध्यक्ष काभ्रे उद्योग वाणिज्य संघ, विभिन्न कार्यालयका कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो ।
बैठकले कोभिड– १९ बाट मृत्यु भएका नागरिकहरुको शव व्यवस्थापनका लागि घाट तथा खाली जमिन सम्बन्धित पालिकाले यथाशिघ्र पहिचान गरी सो स्थानको विवरण जिल्लास्तरिय संकट ब्यवस्थापनन केन्द्रलाई उपलब्ध गराउने, शव व्यवस्थापनको सहजिकरणका लागि आवश्यक तयारी तथा समन्वय गर्न सम्बन्धित पालिकाका जनप्रतिनिधिहरु तथा स्थानीयले आवश्यक सहयोग गर्ने, शव व्यवस्थापनको सम्बन्धमा स्थानीय पालिकाका क्वारेन्टिनमा मृत्यु भएका कोभिड–१९ बिरामीको शव व्यवस्थापन उक्त पालिकाले तय गरेका घाट वा स्थानमा गरिने, कोभिड–१९ बिरामीको धुलिखेल अस्पतालमा मृत्यु भएमा काठमाडौंको विद्युतिय शव दाह गृह वा मण्डनदेउपुर न.पा., भुम्लु गा.पा. एवम पाँचखाल न.पा.का नागरिकको हकमा पाँचखाल न.पा. क्षेत्रमा शव व्यवस्थापन गर्ने, रोशी गा.पा., बेथानचोक गा.पा. एवं पनौती न.पा. का नागरिकहरुको हकमा पनौती न.पा. क्षेत्रमा शव व्यवस्थापन गर्ने, चौंरीदेउराली गा.पा., खानीखोला गा.पा., महाभारत गा.पा. एवं धुलिखेल न.पा.का नागरिकको हकमा धुलिखेल न.पा. क्षेत्रमा शव व्यवस्थापन गर्ने। तेमाल गा.पा., नमोबुद्ध न.पा. एवं बनेपा न.पा. का नागरिकहरुको हकमा बनेपा न.पा. क्षेत्रमा शव व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
विपद् घटना न्यूनिकरण एवम् नियन्त्रणका लागि सबै स्थानीय तहहरुले विपद् सचेतना कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने र यसमा जिल्लास्थित सबै सुरक्षा निकायहरुले सहयोग उपलब्ध गराउने, मनसुनको समय शुरु भइसकेको र विपद्का घटना जुनसुकै बेला घट्न सक्ने भएकोले जिल्लास्थित सबै सुरक्षा निकायहरु तत्काल परिचालित हुन सक्ने गरी तयारी हालतमा रहने, विपद्का घटनाहरुको उद्धारकार्यमा खटिने सुरक्षाकर्मीहरुले प्रयोग गर्ने स्वास्थ्य सुरक्षा सामग्री तथा अन्य प्रोटोकलको पालना सम्बन्धमा पूर्व तयारीको लागि नेपाली सेनाको विष्णुदल गणको अगुवाईमा अन्य सुरक्षा निकायहरु समेतको सहभागितामा कृतिम अभ्यास गर्ने, विपद् उद्धारको लागि आवश्यक अत्यावश्यक विपद उद्धार सामग्रीहरुको व्यवस्था सबै स्थानीय तहहरुले मिलाउने । यसका लागि आवश्यक समन्वय र सहजिकरणको व्यवस्था सबै सुरक्षा निकायहरुले गर्ने, जिल्लाका सबै स्थानीय तहहरुले वडास्तरसम्म विपद् उद्धार टोली गठन गर्ने र उक्त विपद् उद्धार टोलीको लागि तालिम आवश्यक भएमा जिल्लास्थित सुरक्षा निकायहरुले सहयोग उपलब्ध गराउने, नेपाल रेडक्रस सोसाइटी काभ्रेले कम्तीमा ५०० (पाँच सय) परिवारको लागि पुग्ने त्रिपाल, टेण्ट सहितको तत्काल राहत सामग्रीको प्याकेज तयार गरी आवश्यक पर्दा तत्काल उपलब्ध गराउन सक्ने गरी व्यवस्थापन मिलाउने, डिभिजन सिंचाइ कार्यालय काभ्रेले विनियोजित बजेटबाट नियमानुसार तारजाली खरिद गरी आवश्यक पर्दा तत्काल उपलब्ध गराउन सक्ने गरी व्यवस्थापन मिलाउने, मनसुनको समयमा जुनसुकै बेला बाढी पहिरो लगायतका विपद्जन्य घटनाहरु घट्न सक्ने भएको र यसबाट राष्ट्रिय राजमार्ग समेत सञ्चालनमा अबरोध आउन सक्ने भएकोले डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुली–बर्दिबास सडक कार्यालय (वि.पि. राजमार्ग) ले चौबिसै घण्टा स्काभेटर, डोजर जस्ता उद्धारको हेभी इक्वीटप्मेन्ट तयारी हालतमा राख्ने, विपद्जन्य घटना जुनसुकै बेला पनि घट्न सक्ने भएको हुँदा एम्बुलेन्स, दमकल जस्ता मेशिनरी यातायातका साधनहरु सम्बन्धित कार्यालयले चौबिसै घण्टा राख्ने÷राख्न लगाउने, जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने पूर्व सचेतना सूचना जिल्लाका सबै स्थानीय तहसम्म पु¥याउने व्यवस्था जिल्ला प्रशासन कार्यालय काभ्रेले मिलाउने, स्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकले औषधि तथा स्वास्थ्यकर्मीहरु सहित क्युराटी जुनसुकै बेला खटाउन सक्ने गरी तयारी हालतमा राख्ने, भारतबाट आउने काभ्रेपलाञ्चोकका बासिन्दाहरुलाई सम्बन्धित पालिका, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायको समन्वयमा सीमा नाकाका जिल्लाहरुसँग आवश्यक समन्वय गरी काभ्रेपलाञ्चोक ल्याउने तथा तेश्रो मुलुकबाट आउने काभ्रेपलाञ्चोक बासीहरुलाई बागमती प्रदेशको होल्डिङ्ग सेन्टरबाट नेपाली सेनाको विष्णुदल गण मार्फत आवश्यक समन्वय गरी धुलिखेलसम्म ल्याउने, तत्पश्चात सम्बन्धित पालिकाहरुले आप्mना नागरिकहरुलाई आप्mनो पालिका लागी १४ दिनसम्म अनिवार्य रुपमा क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनु भयो ।









