मोतीराम तिमल्सिना
बनेपा
जे हो त्यहि बोल्ने र बोलेको पुरा गर्ने स्वभावका पुर्व मन्त्री गोकुल बास्कोटा र जनताको सुखदुखमा सदैव कृयाशिल गंगाबहादुर दोङ्ग बमध्वजले नेकपाले निर्वाचनको समयमा ब्यक्त गरेका बाचा अनुरुप जिल्लामा गौरवपूर्ण योजनामा बजेट विनियोजन गर्नु भएको छ ।
निर्वाचनका बेला घोषणा पत्रमा उल्लेख गरिएका बाचाहरुको स्मरण गर्दै संघिय सांसदद्धय बास्कोटा र दोङ्गले जिल्लाबासीहरुको विकासको सपना पुरा गर्ने अठोट लिनु भएको छ । जिल्लाको विकासका लागि पुर्व मन्त्री बास्कोटाले एक सय एक योजनाहरुमा रकम विनियोजन गर्नु भएको छ । निर्वाचन क्षेत्र नम्वर २ मा बास्कोटा मार्फत १ सय १ योजनाहरु समावेश भएका छन् भने सांसद दोङ्ग मार्फत जिल्ला र निर्वाचन क्षेत्रका लागि बजेट विनियोजन भएको छ । मन्त्री बास्कोटाले जननेता मदन भण्डारीको योगदानलाई स्मरण गर्दै सरकारले निर्माण गर्न लागेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको भौतिक पूर्वाधारका लागि १ अर्ब २० करोड रकम विनियोजन गर्न लगाएका छन् । जसका लागि पाँचखाल नगरपालिका वडा नम्वर ७, १० र १२, नमोबुद्ध नगरपालिका वडा नम्वर २ र ३ नम्वर वडामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि नीजि तथा सरकारी ११ हजार ६१ रोपनी जमिन ब्यवस्थापन गरिएको छ । यो जिल्लाको महत्वपूर्ण आयोजना हो ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार विकास समितिका नाममा मालपोत कार्यालय काभ्रेपलाञ्चोकले जग्गा हस्तान्तरण गरिसकेको छ । ब्यक्तिका नाममा रहेको ७ सय १४ रोपनी जमिन अधिग्रहणको प्रकृया सकिएको छ । साविक बालुवा गाविस वडा नम्वर ६ र ८, होक्से गाविस वडा नम्वर २, मेथिन्कोट गाविस वडा नम्वर ७, फुलबारी गाविस वडा नम्वर ५ र ६ नम्वर वडाका जग्गाहरु विश्वविद्यालयका नाममा दर्ता गरिएको छ ।
आउँदो वर्ष जिल्लामा दुईवटा विश्वविद्यालय निर्माण हुने भएका छन् । मदन भण्डारी विश्वविद्यालयसँगै बनेपाको साँगामा प्रतिरक्षा विश्वविद्यालयका लागि २० करोड ३४ लाख रुपैया विनियोजन भएको छ । उक्त विश्वबिद्यालयमा नेपाली सेनाले प्रतिरक्षा सम्वन्धी विषयमा अध्यन अध्यापन गराउनेछ । जिल्लाको अर्काे महत्वपूर्ण आयोजना सुरक्षण मुद्रण केन्द्रको पूर्वाधार हो । साविकको आईटी पार्क क्षेत्रमा उक्त पूर्वाधार निर्माणको कार्य शुरु भईरहेको छ । ३० करोड ४० लाख उक्त प्रयोजनका लागि खर्च हुनेछ । पुर्व मन्त्री बास्कोटाले सुरक्षण मुद्रण केन्द्रको छपाई मेशिन खरिद प्रकरणमा सरकार सरकार बीचको सम्झौतामा ब्यक्तिगत कमिसन खान खोज्यो भन्ने आरोप लगाए पछि स्वेच्छिक नैतिकताका आधारमा छानविन गरी पाउँ भनी राजिनामा दिनु भएको थियो । जिल्लाको अर्काे गौरव मानिएको धुलिखेलसम्मको ६ लेन सडकको निर्माणका लागि सुर्यविनायक धुलिखेल र कोटेश्वर बानेश्वर सडक खण्डका लागि १ अर्ब २० लाख बजेट विनियोजन भएको छ । आउँदो वर्षबाट कार्य शुरु गरी सडक फराकिलो बनाउने कार्य हुनेछ भने धुलिखेल देखि तातोपानीसम्मको सडक खण्ड छिमेकी देश चीनले निर्माण गरि दिने सम्झौता प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्झौता भईसकेको छ । अरनिको राजमार्ग सुर्यविनायक देखि दोलालघाटसम्मको खण्ड स्तरोन्नतीका लागि ७ करोड ४० लाख विनियोजन गरिएको छ । त्यस्तै विपी राजमार्ग सडक आयोजनाका लागि ५३ करोड ७ लाख रुपैया विनियोजन भएको छ । धुलिखेलबाट सिन्धुलीको सिमानासम्म उक्त आयोजनाका कार्य गरिनेछ । यो काभ्रेको अर्काे गौरवको आयोजना हो ।
पाँचखाल सहरी खानेपानी तथा सरसफाई आयोजनाका लागि ३४ करोड ४१ लाख विनियोजन भएको छ । पाँचखाल क्षेत्रका लागि यो ऐतिहासिक र महत्वपूर्ण आयोजना हुनेछ । विशेष आर्थिक क्षेत्र लगायतका अन्य कार्यहरु भए पनि खानेपानीका क्षेत्रमा यो महत्वपूर्ण आयोजना र बजेट हो । जिल्लाको कायापलट हुने खालका ३१ वटा क्रमागत योजनाहरु छन् । चारवटा योजनाहरु नयाँ कार्यक्रम छन् । बनेपा, पनौती, धुलिखेल क्षेत्रको महत्वपूर्ण आयोजना पुण्यमाता करीडोर निर्माण शुरु भएको छ । खानेपानी आयोजनाहरु, सिंचाई, सडक क्रमागत योजनाका महत्वपूर्ण आयोजना छन् । खोपासी बल्थली कामिडाँडा सडक, पनौती खोपासी ताल्ढुङ्गा सडक, बनेपा पनौती सडक, ग्वार्काे लुभु लाकुरीभञ्ज्याङ्ग कुशादेवी पनौती दाहालटार सडक, नाला काशिभञ्ज्याङ्ग सडक, ब्याडढुङ्गा लामिछानेगाउँ कलमसी सडक, धुलिखेल ढल निर्माण तथा प्रशोधन, बनेपा ढल निर्माण तथा प्रशोधन, साँगा ढल निर्माण तथा प्रशोधन, पाँचखाल भमरकोट लिफ्ट खानेपानी, साँगा खानेपानी, हिले जलजले दोश्रो खानेपानी, मण्डन देउपुरमा रहेको कालिकास्थान र कुन्ताबेशी खानेपानी आयोजना, वेथान्चोक बृहत्त खानेपानी, धुलिखेल ७,८,९ खानेपानी, बालुवापाटी खानेपानी, श्रीचौर खानेपानी बेथान्चोक, खानीगाउँ पनौती १, रविओपी खानेपानी, पलाञ्चोक भगवती खानेपानी, भूमिडाँडा बृहत्त खानेपानी, बल्थली खानेपानी, होक्से खानेपानी आयोजना क्रमागतमा छन् ।
सुनकोशी नदिमा चेहेरे सापिङ्ग जोड्ने पुल, नगरकोट गैह्वििसौना हिगुवापाटी सडक, पाँचखाल पलाञ्चोक भगवती सडक, बनेपा रविओपी पाँचखाल सडक, नगरकोट ग्रैह्वििसौना ढाडखोला सडक, च्यामासिङ्ग नाला बनेपा सडक क्रमागतमा छन् । मण्डनदेउपुर सोलार लिफ्ट सिचाई आयोजना, तेश्रो कुलो लिफ्ट सिंचाई आयोजना पाँचखाल ७, रातडिही बेसी लिफ्ट सिचाई आयोजना, राहुलडाँडा लिफ्ट सिचाई आयोजना बनेपा १३ मा सम्भाब्यता अध्ययन गरिदैछ । यि नयाँ कार्यक्रम हुन् । मण्डनदेउपुरमा तीनवटा र धुलिखेलमा २ वटा सिचाई योजनाका लागि १० करोड ९ लाख रुपैया विनियोजन भएको छ । नयाँ प्रविधिमा आधारित सिंचाई आयोजनामा बजेट समावेश गरिएको हो । दोलालघाट, फलाँटे कोलाती ढाडखर्क पोखरीचौरी गुराँसे सडक कालोपत्रे गर्न ३३ करोड विनियोजन भएको छ । काभ्रेका १३ वटा स्थानीय तहहरुमा कृषि कार्यक्रम संचालन गर्ने गरी ९ करोड ३१ लाख रुपैया विनियोजन भएको छ । काभ्रे भ्याली स्मार्ट सिटी पूर्वाधार निर्माणका लागि ५ करोड ९० लाख विनियोजन भएको छ ।
विनियोजन भएका योजनाहरु मध्ये बनेपा नगरपालिकामा २६, धुलिखेल नगरपालिकामा १५, पाँचखाल नगरपालिकामा २०, मण्डनदेउपुर नगरपालिका २० वटा, बेथान्चोक गाउँपालिकामा ५ वटा, नमोबुद्ध र भुम्लु गाउँपालिकामा पनि विभिन्न योजनामा बजेट विनियोजन गरिएको छ । गोल्छाचोक देखि बासुकी जाने सडकका लागि १ करोड ५० लाख, उग्रचण्डी नाला पूर्वाधार विकासका लागि १ करोड, नासिका साँगा पूर्वाधार सडकमा १ करोड, शिखरपुर तामाघाट सडक पाँचखालमा २ करोड, पाँचखाल ७ मा नाला सहितको सडक स्तरोन्नतीका लागि १ करोड ५० लाख, धुलिखेल नगरपालिकाको मुख्य सहरी सडक तथा नाला स्तरोन्नतीका लागि १ करोड, मण्डनदेउपुर खानेपानी आयोजनाका लागि ९ करोड, सामुदायिक ग्रामीण विद्युत्तिकरणका लागि १० करोड, ग्रामिण नविकरणीय उर्जा कार्यक्रमका १ करोड ११ लाख, विकास पूर्वाधारमा जल उत्पन्न प्रकोप न्यूनिकरण गर्ने विपी राजमार्गमा २ करोड, मण्डनदेउपुर १२ मा ठुल्डी लिफ्ट सिंचाई योजना र ज्वानेटार लिप्ट सिंचाई योजनाका लागि ४ करोड बजेट विनियोजन भएको छ । पाँचखाल एकिकृत बृहत्त सिंचाई आयोजनाका लागि ३ करोड, टटले ढोडबेसी सिचाई योजनाका लागि १ करोड ६५ लाख, फुलचोकी पनौती नमोबुद्ध एडभेञ्चर साईक्लिङ्ग रुटका लागि २ करोड २० लाख, लाकुरी भञ्ज्याङ्ग फुल्चोकी गुर्दुमडाँडा महाभारत ट्रेल २ करोड २० लाख विनियोजन भएको छ । मण्डनदेउपुरको ९ र १० जोड्ने टोड्केखोला पुल, रोशीखोला शंखु बल्थली जोड्ने पुल १ करोड २५ लाख, , रोशीखोला सलिमटार नाकेडाँडा सडक १ करोड २५ लाख विनियोजन भएको छ ।
२५ वटा योजना ५० लाख भन्दा माथीका छन् । ५० लाख भन्दा कमका केहि योजना पनि छन् । समपुरक अनुदानमा ५ वटा योजना परेका छन् भने विशेष अनुदानमा ४ वटा योजना छन् । भैसेपाटी महेन्द्रज्योती बाँसडोल सडकमा ४ करोड, भुम्लुमा ५० किलो रामपुर चण्डेनी सडकका लागि ५६ लाख, धुलिखेल नगरपालिकामा सौर्य बत्ति जडानका लागि १ करोड १२ लाख, समाजकल्याण अनेकोट सडक पाँचखाल १ करोड २० लाख, पुण्यमाता करिडोरका लागि पनौती नगरपालिकामा २ करोड ५० लाख समपुरक अनुदानमा बजेट विनियोजन गरिएको छ । बञ्चरे लिफ्ट खानेपानी आयोजना बनेपा १ मा १ करोड, जनागाल बृहत्त पम्पिङ्ग खानेपानी आयोजना बनेपा १० मा १ करोड ५० लाख, डेडिदेवी खानेपानी आयोजना मण्डनदेउपुर ८ मा १ करोड, अनेकोट खानेपानी आयोजना पाँचखालका लागि १ करोड ५० लाख विशेष अनुदानमा रकम विनियोजन गरिएको छ
जिल्लाका लागि सडक पूर्वाधार विकास कार्यक्रम अन्र्तगत बोहोरेदोभान खहरेखोला गोठपानी कात्तिकेदेराली मादनकुँडारी सडक, बोहोरेदोभान ठुलोपर्सेल चित्रेटार माम्ती सडक, भकुण्डेबेसी अमर निवास सडक, पाँचखाल पलाञ्चोक भगवती सडक, पनौती नमोबुद्ध शंखेश्वरी सडक, ढाँडखर्क भञ्ज्याङ्ग देउराली मादनकुँडारी सडक, काभ्रे नमोबुद्ध दाप्चा काँक्रे, मध्यपहाडी लोकमार्ग आरुबोट कुँडारी मादन कात्तिकेदउराली निर्माण, भकुण्डेबेशी आरुटार कासिटार सडक पर्ने सजियाँबाद कल्भट निर्माण, राजाखोला बनखु, घसर्तछाप, गोकुले, जगथली, तालढुंगा मिल्चे सडक निर्माणका लागि बजेट विनियोजन भएको छ । १६ वटा पुल निर्माणका लागि रकम विनियोजन भएको छ । विपी राजमार्गको सिन्धुली खुर्काेट धुलिखेल खण्डका लागि १८ करोड रकम विनियोजन भएको छ । गोदावरी कुण्ड काभ्रे मानेचौर जोड्ने सुरुङ्गमार्ग, शंखु नमोबुद्ध दाप्चा सडकका लागि ३ करोेड रकम विनियोजन भएको छ । कृषिमा खानीखोला, चौरीदेउराली, तेमाल, नमोबुद्ध, पनौती, महाभारत र रोशी गाउँपालिकामा बजेट विनियोजन भएको छ । ब्यवसायीक कृषि कार्यक्रममा २ वटा, पर्यटन विकास कार्यक्रममा १८ वटा, स्वास्थ्य क्षेत्र, सौर्य उर्जा प्रविधि सुधारिएको चुल्हो बायोग्याँस जडान, ४२ वटा सिचाईका कार्यक्रम, श्रम तथा रोजगार, रोशी गाउँपालिकामा वित्तिय साक्षरता स्रोत केन्द्र संचालन, शहरी विकासमा योजनाहरु विनियोजन भएका छन् । कोखाजोर जलाशययुक्त जलविद्युत्त आयोजना काभ्रे र सिन्धुलीमा १११ मेगावाटका लागि ३ करोड ३५ लाख ३० हजार रकम विनियोजन भएको छ भने मादनकुँडारी मकैबारी आयोजना ३३ केभिएका लागि १ करोड, पाँचखाल उपत्यका जलश्रोत आयोजनाका लागि ५० करोड। सामुदायिक तथा ग्रामिण विद्युत्तिकरण अन्य तथा अधुरो ग्रामिण विद्युत्तिकरण काभ्रेका लागि १ अरब विनियोजन गरिएको छ ।









