2026 June 25/ 01:32: 56pm

    महाभारत/महाभारत गाउँपालिका वडा नम्वर ७ र सिन्धुली जिल्ला मरिन गाउँपालिका वडा नम्वर १ अधेरी खोलाबाट कोखाजोर खोलामा माछा मार्न गएको एउटा समुहले बाटोमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको छ । 
    प्रहरीले गस्ति गरिरहेको अवस्थामा स्थानीयहरु माछा मारिरहेका थिए । प्रहरी गस्ति गरिरहेको अवस्थामा स्थानीयहरुले भरुवा बन्दुक वेवारिसे अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले लकडाउनको समयमा गाउँ बस्तिहरुमा भईरहेका गतिविधिहरुको निगरानी बढाएको छ । स्वास्थ्य शाखाहरुले समेत लकडाउन पूर्ण रुपमा कार्यान्वयन र नागरिकहरुको सुरक्षाका लागि ध्यान दिईरहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख एसपी रविकुमार पौड्यालले उक्त स्थानमा दुई थान भरुवा बन्दुक फेला परेको जानकारी दिदै अनुसन्धान गरिरहेको बताएका छन् । लकडाउनका कारण खोलानाला सफा हुँदा माछाहरु फस्टाउन थालेका छन् । त्यहि मौका छोपी स्थानीयहरु खोलामा माछा मार्न गएका हुन् । प्रहरीले हतियारका बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ ।