2026 June 25/ 01:32: 57pm

दुई युवामा कोरोना संक्रमण देखिएन 
    काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाकामा एक एक जनामा द्रुत गतिको परिक्षणमा कोरोना संक्रमणको लक्षण देखिएको थियो । थप परिक्षणका लागि धुलिखेल अस्पतालमा ल्याईएको थियो । धुलिखेल अस्पतालमा गरिएको पिसिआर परिक्षणबाट उनिहरुमा संक्रमण नदेखिएको हो । 
    बेथान्थोक गाउँपालिका वडा नम्वर ५ का २८ बर्षीय युवालाई आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको थियोे । उनी चैत्र ९ गते भारतबाट नेपाल फर्किएका थिए । पहिलो परिक्षणमा उनलाई संक्रमण देखिए पनि दोश्रो परिक्षणमा नदेखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो । द्रुत परिक्षणमा भएको किटले उहाँमा संक्रमण देखाएको हो । बेथान्चोक गाउँपालिकामा २२ जना चैत्र १ गते पछि फर्किएका ब्यक्तिहरु थिए । अधिकांशको परिक्षण गरिएको छ । त्यस्तै मण्डनदेउपुर नगरपालिमा वडा नम्वर ३ नयाँगाउँका २३ बर्षिय युवामा द्रुतगतिको आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो । चैत्र ७ गते दुबईबाट उनि फर्किएका थिए । उनलाई १७ दिन क्वारेन्टाईनमा राखेर घर पठाईएको थियो । उनलाई पनि थप परिक्षणका लागि धुलिखेल अस्पताल ल्याईएको थियो । उनको स्वाब परिक्षणमा संक्रमण नेखिएको हो । काठमाडौंको अपार्टमेन्टमा रहेका एक ब्यक्तिको परिक्षणमा पनि संक्रमण देखिएन ।
    स्थानीय सरकारले चैत्र १ देखि विभिन्न देशबाट काभ्रेपलाञ्चोक जिल्लाका विभिन्नपालिकाहरुमा भित्रिएका २ सय ५१ जना ब्यक्तिहरुको परिक्षण गर्नेछ । जसमध्ये हिजो बुधबारसम्म २ सय ६३ को परिक्षण सकेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिव डा. नरेन्द्रकुमार झाले बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्लामा कुवेत, साईप्रस, जापान, इराक, दुबई, कोरिया, भारत, साउदी अरव, मलेसिया, बहराईन, जोर्डन, न्युजील्याण्ड, बंगलादेश, चीन, माल्टा, मकाउ, माल्दिभ्स, युयई, ओमान, फ्रान्स, अष्ट्रेलिया, अमेरिका, जर्मन, उरुग्वे, थाईल्याण्ड, कतार, कब्बोडिया लगायतका मुलुकहरुबाट जिल्लाबासीहरु जन्मघर फर्किएका छन् । फर्किएका मध्ये भारतको विहार, नयाँदिल्ली, बेङ्गलोर लगायतका स्थानबाट फर्किएका थिए । दैनीक स्वास्थ्यकर्मीहरुले सम्पर्क गरेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिईरहेका थिए । 
पनौती नगरपालिकाका १२ वटामा १ सय १ जना फागुन १ देखि चैत्र १० सम्मको अवधीमा घर फर्किएका छन् । पनौती पछि मण्डनदेउपुर नगरपालिकामा ३८ जना, पाँचखालमा ३५, बनेपामा ३४, रोशी गाउँपालिकामा २२, बेथान्चोक गाउँपालिकामा २२ जना फर्किएका छन् । तेमाल गाउँपालिकामा १८, नमोबुद्ध नगरपालिकाम १८, महाभारतमा १४, खानीखोलामा ११, चौरीदेउरालीमा १० र भुम्लु गाउँपालिकामा ३ जना मात्रै विभिन्न देशबाट फर्किएको तथ्याङ्क छ । भुम्लुमा मेलम्ची तथा अन्य जिल्लाका नागरिकहरु पनि बैदेशिक रोजगारबाट फर्किएको तथ्याङ्क छ ।