2026 June 25/ 01:32: 59pm

धुलिखेल/सरकारले चौथो पटक थपेको लकडाउन पूर्ण रुपमा कार्यान्वयन गर्न जिल्ला स्थित सुरक्षानिकाय, स्थानीय सरकार र सबै संघ सस्थाहरु कृयाशिल भएका छन् । महामारीको त्रास सँगै थपिएको लकडाउन अवधीमा जनजीवन सामान्य बनाउन अत्यावश्यक सेवाहरुलाई संचालन गरी अन्यमा कडाई गरिएको छ । 
२०७६ चैत्र ११ गतेबाट शुरु भएको लकडाउन चौथो पटक बैशाख १५ गतेसम्मका लागि थपिएको छ । सीमानाका बैशाख १८ गतेसम्म बन्द गरेको सरकारले अन्तर्राष्ट्रिय उडानहरु पनि सोहि अवधीसम्मकालागिबन्द गरेको छ । छिमेकी देश भारत र चीनमाकोरोना संक्रमणको दर हेरेर नेपालमा लकडाउनको अवधीलम्बिन सक्ने छ । नेपालमा संक्रमण दर परिक्षणसँग बढेको छ । विदेशबाट नेपालआएकाब्यक्तिहरुमा देखिएको संक्रमण उनिहरु मार्फत अन्यमापनि देखिएको छ । त्यहिकारण पनि लकडाउन अवधीलम्बिदै गएको हो ।जिल्लास्थित कमाण्ड पोष्टले नागरिकहरुको सुरक्षाकालागि हरेक दिनजिल्लामाभएकागतिविधिहरुकाबारेमाजानकारी गराउँदै आएको छ । नागरिकहरुलाई सचेतनाजगाउँदै घर भित्र बस्न, भिडभाड नगर्न आब्हानगर्दै आएको छ । अटेर गर्नेहरुलाई कारवाहीगर्ने र सडकमा हिड्नेहरुलाई उल्लंघनको आरोपमाकारवाही अगाडि बढाईएको छ । 
जिल्लामा अत्यावश्यक तथा आपूर्ति सेवा सञ्चालनमा रहेको, अन्य क्षेत्रमा लकडाउन प्रभावकारी रुपमाकार्यान्वयनभएको छ । धुलिखेल न.पा. वडा नं. ७ घर भई हाल काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका सनसिटी अपार्टमेन्टमा बस्ने एक जना व्यक्तिको कोरोना भाइरस आरडिटी परिक्षण विधीबाट परिक्षण गर्दा संक्रमण देखिएन । उनको स्वाबको परिक्षणमा पनि संक्रमण देखिएन । प्रहरीले परिक्षण रिपोर्ट नआउँदासम्म उनलाई घरमै निगरानीमा राखिएको थियो । लक डाउनलाई थप कडाई गर्न अनावश्यक रुपमा हिंडडुल गर्ने व्यक्तिहरु र अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा पूर्ण रुपमानिषेध गर्ने कोभिड १९ जिल्ला कमाण्ड पोष्टले निर्णय गरेको छ । सोहि अनुसार कार्यान्वयन गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवि पौड्यालले जानकारी दिनु भयो । 
स्वास्थ्य कार्यालय, काभ्रेबाट जिल्लाका बिभिन्न स्थानीय तहहरुमा पठाईएका आरडिटीबाट चैत्र ३० गते देखि परिक्षण शुरु भएको थियो । २ सय ५१ जनाको परिक्षण गर्नु पर्नेमा बुधबार साँझसम्म २ सय ६३ भन्दा धेरैको परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये दुई जनामा संक्रमण देखिएकाले थप परिक्षणका लागि धुलिखेल अस्पताल पठाईएको थियो । उनिहरु दुबैमा संक्रमण देखिएन । जिल्ला कमाण्ड पोष्टका पदाधिकारीहरुले जिल्लाको विभिन्न स्थानमा लकडाउनको प्रभावकारिता सम्बन्धमा अनुगमन तथा निरीक्षण गरिरहेका छन् । मालबाहक सवारी साधनहरुलाई निर्बाध रुपमा आवागनको व्यवस्था मिलाई आपूर्ति व्यवस्थालाई सहजबनाइएको र ढुवानी पश्चात फर्कने खाली सवारी साधनले कुनै पनि किसिमका पैदलयात्री तथा यात्रुलाई बोक्न नपाउने गरी व्यवस्था मिलाइएको छ । शुक्रराज ट्रपिकल अस्पताल टेकुबाट स्वाब परिक्षणका लागिधुलिखेल अस्पताल पठाईएका स्वाब मध्ये हालसम्म ४ सय २३ वटा स्वाबको परिक्षणमा सबैमा कोरोना नभएको पुष्टी भएको छ । फागुन ३० गते देखि हाल सम्म विदेशबाट जिल्लामा फर्किएका नेपाली नागरिकहरुको संख्या २५१ रहेको, निजहरु होम क्वारेन्टाइनमा रहेका र निजहरुमध्ये कोरोना जस्तो लक्षण देखिएकाहरुको स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुखको समन्वयमा धुलिखेल अस्पतालमा आइतबार र बुधबार परिक्षण कार्य भइरहेको छ । हिजो बुधबार जिल्लाका ५ जनाको स्वाब परिक्षण गरिएको थियो । परिक्षण गरिएकाहरु मध्ये सबैमा संक्रमण देखिएन । 
जिल्लाको धुलिखेल अस्पतालमा ८ बेड र बनेपा स्थित शिर मेमोरियल अस्पतालमा ५ बेड गरी जम्मा १३ बेडको आइसोलेसन कक्ष रहेको छ । धुलिखेल नगरपालिका वडा नम्वर ७ स्थित संजीवनी माध्यमिक विद्यालयमा ६५ शैयाको क्वारेन्टाइन बेड, बनेपा न.पा.६ स्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा ५० शैयाको क्वारेन्टाइन बेड, पनौती न.पा.मा १० शैयाको क्वारेन्टाइन बेड, नमोबुद्ध न.पा. मा १८ शैयाको क्वारेन्टाइन बेड, पाँचखाल न.पामा ११ शैयाको क्वारेन्टाइन बेड, रोशीगा.पा. मा १० शैयाको क्वारेन्टाइन बेड, महाभारत गा.पा. मा ३५ शैयाको क्वारेन्टाइन बेड, मण्डनदेउपुर न.पा. मा १५ शैयाको क्वारेन्टाइन बेड, चौरीदेउरालीगा.पा. मा १५ शैयाको क्वारेन्टाइन बेड, भुम्लु गा.पा. मा ३० शैयाको क्वारेन्टाइन बेड, वेथानचोक गाउँपालिका १० शैयाको क्वारेन्टाइन बेड, तेमालगाउँपालिका ४ शैयाको क्वारेन्टाइन बेड र खानीखोला गाउँपालिका १५ शैयाको क्वारेन्टाइन बेड गरी २ सय ८८ शैयाको क्वारेन्टाइन बेडतयारी हालतमा रहेका छन् । महामारी रोक्न सक्रिय सबै पक्षले पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।